Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

काठमाडौँमा ‘महाजात्रा’

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
मंसिर १९, २०८०
86 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
काठमाडौँमा ‘महाजात्रा’
0 मिनेट पढ्ने
अपडेट: मंसिर १९, २०८०
Advertisement

काठमाडौं। मह सञ्चारमा झन्डै डेढ दशक काम गरेपछि फिल्म ‘जात्रा’मार्फत निर्देशनमा डेब्यु गरेका प्रदीप भट्टराईले ‘शत्रु गते’,‘जात्रै जात्रा’ र ‘महापुरुष’ निर्देशन गरेर आफूलाई प्रमाणित गरे । अर्थात् निर्देशककै नामले नेपालमा कमै दर्शक हलसम्म पुग्ने गरेका छन् । ती मध्येका एक हुन् निर्देशक भट्टराई ।

नेपालमा सिक्वेल फिल्मले प्राय दर्शक तथा समीक्षकबाट तारिफ नपाईरहेको अवस्थामा निर्देशक भट्टराईकै लेखन रहेको ‘जात्रै जात्रा’ ले सिक्वेल फिल्म पनि राम्रो बन्छ भन्ने प्रमाणित ग¥यो । उनी अहिले जात्राको तेस्रो शृङ्खला ‘महाजात्रा’ को छायाङकनमा छन् । काठमाडौँमा मह स्टुडियोसँगै विभिन्न स्थानमा यसको छायाङ्कन भईरहेको छ । ’जात्रा’ शृङ्खलाकै कलाकारहरू विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, राजाराम पौडेल लगायतले अभिनय गरिरहेका छन् ।

केही समय अगाडि घास काट्ने क्रममा भीरबाट लडेर घाईते भएका अभिनेता प्रकाश घिमिरेले यसै साता सेट ज्वाइन गर्ने निर्देशक भट्टराईले बताए ।  शृङ्खलाकै निरन्तरता भएकाले दर्शकको अपेक्षा बढ्नेमा उनी जानकार छन् । उनले २९ औँ दिनमा छायाङ्कन भईरहदा तय गरिएको सेड्युल अनुसार नै काम भईरहेको बताए ।

‘छायाङ्कन रमाइलो भईरहेको छ । तेस्रो पटक शृङ्खलामा काम गरिरहेका छौँ । महाजात्रा भएकाले कथा,प्रस्तुतीकरणमा झनै मेहनत गरेका छौं । हामी दर्शकको वर्ड अफ माउथ अघिल्ला शृङ्खला भन्दा यसपटक झनै बलियो होस् भनेर काम गरिरहेका छौँ’, निर्देशक भट्टराईले भने ।

छायाङ्कनमा व्यस्त फिल्मका कलाकार रवीन्द्र झाले राम्रो र रमाइलो फिल्म बन्ने बताए । ‘मुन्ना’ मार्फत उनले यसपटक आम मानिसको समस्यालाई उजागर गर्ने बताए ।  ‘महाजात्रासम्म आइपुग्दा झनै परिपक्क भएका छौं । छायाङ्कनको क्रममा भेटिने दर्शकले फिल्म बारे जिज्ञासा राख्नुका साथै पछिल्ला दुई शृङ्खलाको विषयमा कुरा गर्नु हुन्छ । यसकारण पनि दर्शकको माया पाउनेमा विश्वस्त छौं’, अभिनेता झाले भने ।

कार्यकारी निर्मातासँगै अभिनेता रहेका रवीन्द्रसिंह बानियाँले काठमाडौँसँगै तराईको केही भागमा छायाङ्कन हुने बताए । ‘दर्शक खुशी हुनुभएकै कारण एकपछि अर्को फिल्मको बक्सअफिसमा व्यापार बढिरहेको छ । त्यसैले अघिल्ला शृङ्खला भन्दा प्राविधिक पक्षमा मात्र नभई विषयवस्तु र कथामा पनि बलियो बनाउन कुनै कसर बाँकी राखेका छैनौँ’, अभिनेता बानियाँले भने ।

जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रुपले प्रस्तुत गरिने फिल्ममा हासो र रोदनको मिश्रण छ । अर्गानिक र यथार्थलाई प्रस्तुत गरिएकै कारण यो शृङ्खला दर्शकको प्रिय बनेको छ । यसले नेपाली फिल्मले अन्तर्राष्ट्रिय बजारमार्फत पाउने सर्वाधिक रकम पाईसकेको छ । नेपालमा पनि यसले रेकर्ड ब्रेक व्यापार गर्ने अनुमान वितरकले गरिरहेका छन् । फिल्मको ‘वर्ड अफ माउथ’ ले पनि यसलाई नयाँ नयाँ रेकर्ड बनाउन सहयोग गर्ने विश्वास फिल्मकर्मीको छ ।

कथा लेखनकै क्रममा ‘महाजात्रा’ को बनेको ब्राण्डको कारण भारत बाहेकको विदेश प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टका लागि छत्र थापाले खरिद गरिसकेका छन् । उनले अधिकाँस देशहरूमा नेपालमा घोषणा गरिएको मितिमा प्रदर्शन गर्ने तयारी भएको बताए । फिल्म आगामी चैत ९ गते नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ ।

फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहनेछ ।

फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् । यसमा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल सङ्गीतकार, शमशेर लामा शृङ्गार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर, अनिल खड्का मुख्य सहायक निर्देशक रहेका छन् ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6052 लेख
व्यू
आजको मिति
23
April 2026
Thursday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2444 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1079 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 887 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 831 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 758 views

नयाँ समाचार

अपाङ्गता भएका महिलाको सशक्तीकरणका लागि २० दिने झोला…
16 hours पहिले
राइड सेयरिङ चालकद्वारा अपशब्दसहितका भिडियो पोष्ट नगर्न प्रहरीको…
16 hours पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा
24 hours पहिले
विद्यार्थीलाई सार्वजनिक सवारीमा ४५ प्रतिशत छुट सुविधा उपलब्ध…
1 day पहिले
सुनसरीमा नेपालकै पहिलो सर्पदंश औषधि उत्पादन उद्योग सञ्चालनमा
1 day पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

अपाङ्गता भएका महिलाको सशक्तीकरणका लागि २० दिने झोला तथा ब्याग बनाउने तालिम सम्पन्न

16 hours पहिले 44 views

राइड सेयरिङ चालकद्वारा अपशब्दसहितका भिडियो पोष्ट नगर्न प्रहरीको चेतावनी

16 hours पहिले 41 views

गृहमन्त्री सुदन गुरुङद्वारा नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा

24 hours पहिले 39 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya