Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

दमकमा सहकारी सस्थाले यसरी घर निर्माण गरे, प्रती घरको मूल्य ४३ लाखदेखि ५१ लाख रुपैयाँसम्म

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
चैत्र १२, २०७९
52 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
दमकमा सहकारी सस्थाले यसरी घर निर्माण गरे, प्रती घरको मूल्य ४३ लाखदेखि ५१ लाख रुपैयाँसम्म
1 मिनेट पढ्ने
अपडेट: चैत्र १२, २०७९
Advertisement

सहरी क्षेत्रका कतिपय सहकारीले बचतकर्ताको रकम फिर्ता नगरेको, सञ्चालक नै फरार रहेकोजस्ता समस्या देखिएका बेला झापाको एउटा सहकारी संस्थाले शेयरधनीका लागि बस्ती निर्माण गरेको छ । दमक नगरपालिका- ४ मा मेची बहुद्देश्यीय सहकारी संस्थाले ५७ वटा दुई तले घरको नमुना बस्ती निर्माण गरेको हो । बस्तीको पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार उद्घाटन गरे ।

सहकारीले चार वर्षअघि ‘मेची सहकारी आवास’ निर्माणको तयारी गरेको थियो । कोरोना महामारीका कारण दुई वर्ष ढिलो गरी २०७८ मा सुरु गरेको निर्माण हालै सम्पन्न भएपछि ५७ वटा घर शेयरधनी सदस्यहरुलाई हस्तान्तरण गरेको सहकारीका कार्यकारी प्रमुख खोमप्रसाद बगालेले बताए । सहकारीले घर निर्माणको प्रस्ताव गर्दा ८० शेयरधनीले किन्ने इच्छा गरेपछि पहिले नाम लेखाएका ५६ जनालाई घर दिएको उनले बताए । ५७ मध्ये एउटा घर भने सहकारीको प्रयोजनका लागि राखिएको छ ।

‘सहकारीले सुरुमा सदस्यहरुका लागि आह्वान गर्‍यो, ८० जनाले घर किन्ने इच्छा व्यक्त गर्नुभयो,’ बगालेले भने,’ फस्ट कम फस्ट सर्भिसका आधारमा हामीले ५६ परिवारलाई घर उपलब्ध गरायौं ।’ सहकारीले निर्माण गरेका घर कम्पाउण्ड वालसहित एउटै डिजाइनका छन् । दुई तले घरको मूल्य ४३ लाखदेखि ५१ लाख रुपैयाँसम्मका छन् । जग्गाको क्षेत्रफल थोरै र धेरै भएका आधारमा मूल्य कम र बढी छ । शेयर सदस्यले ऋण लिएर घर किन्न सक्ने व्यवस्था पनि छ । ५६ मध्ये २७ परिवारले सहकारीबाट १२ प्रतिशत ब्याजदरमा २० वर्षे ऋण लिएर घर किनेका छन् ।
‘१२ प्रतिशतबाट ब्याजदर कहिल्यै बढ्दैन,’ बगालेले भने, ‘बजारको ब्याजदर घट्यो भने घट्छ ।’ उनका अनुसार घर खरिद गर्ने सदस्यले सुरुमा कुल लागतको १५ प्रतिशत लगानी गरेपछि सहकारीबाट ऋण पाएका छन् । सहकारीले एक बिघा १८ कठ्ठा जग्गा खरिद गरेर घर निर्माण गर्दा २२ करोड ८३ लाख रुपैयाँ खर्च गरेको थियो । १२ लाख रुपैयाँ कट्ठाका दरले जग्गा खरिद गरेको सहकारीले दुई तले घर निर्माण गर्न प्रतिघर औसतमा ३३ लाख २५ हजार रुपैयाँ खर्च गरेको उनको भनाइ छ ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6073 लेख
व्यू
आजको मिति
28
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2450 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1088 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 894 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 842 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 765 views

नयाँ समाचार

इन्द्रसरोवर गाउँपालिका ५ मा उज्यालो नेपाल पार्टीको संगठन…
3 hours पहिले
“सुन्ने होइन, गर्ने समयः आफ्नै घरबाट सुरु होस्…
14 hours पहिले
कोहलीको ९ हजार रनको कीर्तिमानसँगै आरसीबीको शानदार जित,…
14 hours पहिले
हेटौंडाको सिद्धार्थ माविमा १३ महिनादेखि समिति विहीनता: लापरबाहीको…
14 hours पहिले
हेटौडा–४ का वडाध्यक्ष नवीन सिग्देलको आक्रोश: “करबाट विकास…
1 day पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

इन्द्रसरोवर गाउँपालिका ५ मा उज्यालो नेपाल पार्टीको संगठन विस्तार, ३९ सदस्यीय समिति गठन

3 hours पहिले 37 views

“सुन्ने होइन, गर्ने समयः आफ्नै घरबाट सुरु होस् जवाफदेहिता” — सामाजिक अभियन्ता विशालराज महतको खबरदारी

14 hours पहिले 37 views

कोहलीको ९ हजार रनको कीर्तिमानसँगै आरसीबीको शानदार जित, दिल्ली ९ विकेटले पराजित

14 hours पहिले 41 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya