Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

मानिसको मुड कुन बेला सहि हुन्छ कुन बेला हुन सक्दैन,हेर्नुस् !

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
चैत्र १७, २०७९
89 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
मानिसको मुड कुन बेला सहि हुन्छ कुन बेला हुन सक्दैन,हेर्नुस् !
0 मिनेट पढ्ने
अपडेट: चैत्र १७, २०७९
Advertisement

हरेक मानिस २४ घण्टामा फरक फरक समयमा उर्जाशील बन्दछ । कसैलाई बिहानको समयमा काम गर्न मन पर्छ भने कोही राति अबेर काम गर्दछन् । तर मध्यान्ह यस्तो समय हो जसमा धेरैजसो मानिसहरु आफूलाई थाकेको तथा उदास महसुस गर्छन् । वैज्ञानिकहरुका अनुसार दिनको कुनै पनि एक समयमा मानिसको शरीरमा उर्जामा गिरावट आउनुले विभिन्न संकेत गरेको हुन्छ । यो बाइपोलार डिसअर्डरको संकेत पनि हुनसक्छ वा शरीरमा ग्लुकोजको कमिका कारणले पनि त्यस्तो हुनसक्छ ।

अष्ट्रेलियाको मेलवर्नस्थित स्विनबर्न युनिभर्सिटी अफ टेक्नोलोजीका शोधकर्ताहरुले शरीरमा उर्जाको तह घट्नु र मस्तिष्कबीच सिधा सम्बन्ध पत्ता लगाएका छन् । टाइम अफ डे डिफरेन्सेस इन न्यूरल फंक्सनिङ शीर्षकको उक्त शोध जर्नल अफ न्युरोसाइन्समा प्रकाशित भएको छ । सन् २०१७ को सेप्टेम्बरमा प्रकाशित उक्त शोध अनुसार मस्तिष्कको न्यूरल मार्ग सदैव प्रशंशाको खोजीमा हुन्छ । कसैले हाम्रो कुनै कामको तारिफ गरेसँगै न्यूरल पाथवे सक्रिय हुन्छ र मस्तिष्कलाई बुस्ट गर्दछ । त्यसमा सेरोटोनिन हर्मोन बन्दछ, जसलाई ह्याप्पी हर्मोन पनि भनिन्छ । यसले विभिन्न खालका विद्युतीय तथा रासायनिक संकेत दिन्छ जसले मस्तिष्कलाई लामो समयसम्मका लागि सक्रिय राख्दछ ।

वैज्ञानिकहरुले यसलाई रिवार्ड सर्किट भन्दछन् । प्रायः मध्यान्हको समयमा यो सर्किट कमजोर हुन थाल्छ । बिहानैबाट काम गरिरहेका मानिसहरु थाक्न थाल्दछन् र दिउँसोमा खाना खाएसँगै सुस्ताउने गर्छन् । कहिलेकाहीँ मानिसहरु दिउँसो अबेरसम्म भोकै रहन्छन् र एक अर्काको प्रशंशा गरिरहेका हुँदैनन् । धेरैपटक मिटिङहरुमा हाकिम भड्किएका वा थाकेका देखिन्छन् । र, समग्रमा यसरी दिनभरको कामको बोझ मध्यान्हतिरै एकत्रित भएको हुन्छ ।

सर्केडियन रिदम पनि दिउँसोमा उदासी हुनुको एक कारण हो । यो एक प्रकारको जैविक घडी हो जसले हाम्रो पूरै २४ घण्टामा निगरानी राख्दछ । यसमा हाम्रो जागा हुने तथा सुत्देखि खानपिन लगायतका गतिविधि सामेल हुन्छन् । यदि हामीले केही दिनसम्म रातमा पूरै निद्रा नलिएमा सर्केडियन रिदम बिग्रिन्छ र त्यसको असर मध्यान्हमा झनै धेरै देखिन्छ ।

तर दिउँसोको समयमा यदि हामीलाई कुनै प्रशंशा वा पुरस्कार प्राप्त भयो भने चाहीँ हाम्रो उदासीपन केही कम हुने अध्ययनको निष्कर्ष छ । त्यस्तो रिवार्ड कसैबाट प्राप्त भएको तारिफ हुनसक्छ वा कुनै स्वादिलो खाना पनि हुनसक्छ ।
२४ घण्टाभित्रै पनि मानिसको मुडमा कैयन् पटक उतारचढाव आएको हुन्छ । यस्तो ढाँचा लामो समय वा पूरै हप्तादिन भर पनि देखिन सक्दछ ।

नर्वेजियन युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीले यस विषयमा धेरै अध्ययन गरेको छ । विश्वविद्यालयको मनोविज्ञान विभागले करिब साढे २ करोड ट्वीटर मेसेजको प्याटर्नको अध्ययन गरेको थियो जो साधारण ट्वीटर प्रयोगकर्ता थिए । त्यसक्रममा मानिसहरुले कुनै पनि दिनको अलग अलग समयमा फरक फरक खालका व्यवहार गर्ने गरेको देखिएको छ । कुनै समयमा मानिसलाई बढि रिस उठ्न भने कुनै समयमा मानिस बढि समझदार बन्दछ ।

शोधकर्ताहरुका अनुसार बेलुकी ४ देखि रातको १२ बजेसम्म मानिसहरु निकै उत्तम मुडमा रहेका हुन्छन् । उनीहरु एक अर्काको प्रशंशा गर्छन् । तर बिहान अबेर भने मानिसहरु मुड बिग्रिएको हुन्छ । बिहान अबेर हुँदै गएसँगै मानिसलाई काम सिध्याउने चटारो हुने कारणले गर्दा हडबडीमा हुने र सोही कारणले मानिसको मूड बिग्रिने भएको हुनसक्छ । शोधकर्ताका अनुसार शुक्रबार भने बिहानैदेखि औसत मानिसहरु धेरै प्रसन्न देखिन्छन् र अरुलाई सहयोग गर्न तयार हुन्छन् ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6040 लेख
व्यू
आजको मिति
21
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2439 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1078 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 884 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 827 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 755 views

नयाँ समाचार

महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली…
16 hours पहिले
“मिडिया ट्रायल र प्रायोजित हल्लाबाट डरिँदैनौं” – गृहमन्त्री…
16 hours पहिले
“२ करोडभन्दा बढी सम्पत्ति खुलाएकाले लुकाउने प्रश्नै उठ्दैन”…
16 hours पहिले
दलित महिला सशक्तिकरण विधेयकमा जोड: हेटौंडाकी मेयर मिना…
18 hours पहिले
गृहमन्त्री माथि उठेका आरोपमा निष्पक्ष छानबिनको माग: जेन…
24 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली गर्न अन्तिम चेतावनी, अटेर गरे कानुनी कारबाही हुने

16 hours पहिले 90 views

“मिडिया ट्रायल र प्रायोजित हल्लाबाट डरिँदैनौं” – गृहमन्त्री सुधन गुरुङ

16 hours पहिले 46 views

“२ करोडभन्दा बढी सम्पत्ति खुलाएकाले लुकाउने प्रश्नै उठ्दैन” – गृहमन्त्री सुधन गुरुङको स्पष्टीकरण

16 hours पहिले 39 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya