Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

मूलभूत रुपमा सरकार पूर्ण भएकाले अब देशको विकास निर्माणमा गति लिने:प्रधानमन्त्री दाहाल

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
चैत्र १७, २०७९
45 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
मूलभूत रुपमा सरकार पूर्ण भएकाले अब देशको विकास निर्माणमा गति लिने:प्रधानमन्त्री दाहाल
0 मिनेट पढ्ने
अपडेट: चैत्र १७, २०७९
Advertisement

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मूलभूत रुपमा सरकार पूर्ण भएकाले अब देशको विकास निर्माणमा गति लिने बताएका छन्। उनले देश अहिले आर्थिक रुपमा अफ्ठ्यारो स्थितिबाट गुज्रेको भएपनि श्रीलंका बन्ने स्थितिमा नरहेको दावी गरे। उनले आफूले तेस्रो कार्यकालका रुपमा प्रधानमन्त्री भएर लगभग १ सय दिन पूरा गरेको अनुभवका आधारमा हरेक क्षेत्रमा सुधार गर्न सकिने अनुभव पाएको बताए। शुक्रबार रिपोर्टस क्लब नेपालको २५ औं स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

हाँले अर्थतन्त्रको स्थितिमा गएको ३ महिनामा रेमिट्यान्सको स्थितिमा धेरै सुधार भएको बताए। उनले ३ महिनामा रेमिट्यान्स, राजश्व संकलनमा गुणात्मक सुधार भएको दाबी गरे। उनले पछिल्लो ३ महिनामा विदेशी मुद्रा सञ्चितिमा देश धेरै राम्रो स्थितिमा आइसकेको बताए।

उनले भने, ‘अहिले नयाँ नयाँ राजनीतिक समीकरण बनिरहेको छ। आजमात्रै सरकारलाई पूर्णता दिने क्रममा मूलभूत रुपमा सरकार पूर्ण भएको छ, अब यसले गति लिनुपर्छ। हो देश अहिले आर्थिक रुपमा अफ्ठ्यारो स्थितिबाट गुज्रेको छ। राजनीतिक स्थायित्वको कुरा छ‚ सुशासनको कुरा पनि छ। मेरो १०० दिन पुग्दा नपुग्दैको अनुभवले के भनेको छ भने निजी र सार्वजनिक क्षेत्रको प्रभावकारी र परिणामकारी सहकार्यको कुरा गरेको छु। सुशासन कायम गर्न लामो लामो लाइन बस्ने, राहदानी, लाइसेन्सलगायतको लाइन घटाउने काम भएको छ।

यो १०० दिनमा र सुधार गर्न सकिन्छ भन्ने विश्वास झनै बढेको छ। अर्थतन्त्रको स्थितिमा गएको ३ महिनामा रेमिट्यान्सको स्थितिमा धेरै सुधार भएको छ, राजश्व संकलनमा धेरै सुधार भएको छ, विदेशी मुद्रा सञ्चितिमा त हामी निकै राम्रो स्थितिमा आइसकेका छौँ।’प्रधानमन्त्री दाहालले देशको आर्थिक अवस्था बर्बाद हुन लाग्यो भन्ने ठाउँमा नरहेको दावी गरे।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6061 लेख
व्यू
आजको मिति
26
April 2026
Sunday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2449 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1084 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 893 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 838 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 763 views

नयाँ समाचार

बागमती प्रदेशमा हाजिरी विवरण ३ दिनभित्र बुझाउन कडाइ,…
2 days पहिले
एक्काइस दृष्टिविहीन बने मुद्रित पुस्तक पढ्न सक्षम
2 days पहिले
सार्वजनिक खरिद प्रणाली ह्याक प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डे…
2 days पहिले
खोला किनारका बस्ती सुरक्षित स्थानान्तरण गरिने: प्रधानमन्त्री बालेन्द्र…
2 days पहिले
हेटौँडामा जनजाति संग्रहालय सञ्चालनको तयारी अन्तिम चरणमा, असार…
3 days पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

बागमती प्रदेशमा हाजिरी विवरण ३ दिनभित्र बुझाउन कडाइ, विद्युतीय प्रणाली अनिवार्य

2 days पहिले 49 views

एक्काइस दृष्टिविहीन बने मुद्रित पुस्तक पढ्न सक्षम

2 days पहिले 110 views

सार्वजनिक खरिद प्रणाली ह्याक प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ

2 days पहिले 46 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya