Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

​ललितपुरमा ‘सबल विश्व दृष्टिकोण’ तालिम सम्पन्न: सहिष्णुता र सद्भाव अभिवृद्धिमा जोड दिने उद्देश्य

अनिश चौधरी
रिपोर्टर: अनिश चौधरी
साउन २८, २०८२
169 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
​ललितपुरमा ‘सबल विश्व दृष्टिकोण’ तालिम सम्पन्न: सहिष्णुता र सद्भाव अभिवृद्धिमा जोड दिने उद्देश्य
1 मिनेट पढ्ने
अपडेट: साउन २८, २०८२
Advertisement

​ललितपुर। विश्वदृष्टिकोण र आपसी सहिष्णुता बढाउने उद्देश्यका साथ ललितपुरको पुलचोकस्थित सांग्रिला ब्लु होटलमा आयोजना गरिएको ‘सबल विश्व दृष्टिकोण’ तालिम सफलतापूर्वक सम्पन्न भएको छ। साउन २५ गतेदेखि सुरु भएको चार दिने प्रशिक्षण कार्यक्रम साउन २८ गते सम्पन्न भएको हो। निरन नेपाल, असल छिमेकी नेपाल, र वर्ल्ड भिजनको सहकार्यमा तालिम सञ्चालन गरिएको थियो।

​’प्रशिक्षक प्रशिक्षण’ मूल नाराका साथ सञ्चालित यस कार्यक्रमको मुख्य उद्देश्य समाजमा व्याप्त विकृति र कुरीति हटाउँदै विभिन्न धर्म समुदायका मानिसहरूबीच सद्भाव र सहिष्णुता कायम गर्नु रहेको छ। हाल यो कार्यक्रम बालाजु र कीर्तिपुर नगरपालिकामा केन्द्रित भएर सञ्चालन गरिएको छ।

तालिममा विभिन्न अपाङ्गता भएका व्यक्ति, धर्मगुरु तथा विभिन्न धर्मका अनुयायीहरूको सक्रिय सहभागिता रहेको थियो। साउन २५ गते निरन नेपालका प्रतिनिधि इशुजङ कार्कीको कार्यक्रमको महत्त्वबारे प्रकाश पारिएको स्वागत मन्तव्य पश्चात कार्यक्रम अगाडि बढेको थियो। यसैगरी, वर्ल्ड भिजनका प्रतिनिधि तेजेन्द्र मगरले समेत समाजका कुरीतिहरू हटाउन सबल विश्व दृष्टिकोणको आवश्यकता रहेको कुरा प्रस्ट्याउँदै मन्तव्य राख्नुभएको थियो।

​तालिममा ‘म हुनुको औचित्य’, दया र करुणा, सकारात्मक सोच, र स्थानीय स्रोतसाधनको प्रयोगजस्ता महत्त्वपूर्ण विषयमा छलफल भएको थियो। यसै क्रममा कार्यक्रममा सहभागी हिन्दु, बौद्ध, ईसाई, इस्लाम, जैन, बहाइ लगायत धर्मका धर्मगुरुहरूले ‘ईश्वर एउटै हुन्, मान्ने तरिका मात्र फरक हो’ भन्ने सन्देश दिई सबैलाई प्रेरित गरेका थिए। कार्यक्रमको पहिलो तीन दिन दकिला स्याङतान, तिलक चाम्लिङ, डा. नम्रता पाण्डे लगायतका प्रशिक्षकहरूले प्रशिक्षण दिनुभएको थियो।

​अन्तिम दिन, तालिममा सहभागी १८ जना प्रशिक्षार्थीले आफैँ प्रशिक्षण दिने अवसर पाएका थिए। उनीहरूलाई प्रमाणपत्र वितरण गर्दै निरन नेपालका अध्यक्ष भेनेरेबल पिया दसी महर्जनले कार्यक्रमको समापन गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन तथा सहजीकरण भने निरन नेपालकी कार्यक्रम संयोजक शेख नहिँदा बानोले गर्नुभएको थियो।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

अनिश चौधरी

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6121 लेख
व्यू
आजको मिति
06
May 2026
Wednesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2460 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1092 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 904 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 848 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 770 views

नयाँ समाचार

सुकुम्बासी व्यवस्थापन अभियानप्रति श्रम संस्कृति पार्टीको आपत्ति, “संविधानविपरीत…
12 minutes पहिले
शिवम् सिमेन्ट उद्योगविरुद्ध स्थानीय आक्रोश: जनस्वास्थ्यमा खेलवाड गरेको…
37 minutes पहिले
कैलास गाउँपालिकाद्वारा हावाहुरी–चट्याङबाट भएको क्षतिको विवरण ३ दिनभित्र…
15 hours पहिले
निर्माण कार्य तीव्र बनाउन मन्त्रालयको कडाइ : प्रगति,…
15 hours पहिले
चितवनका राजनीतिक दलहरूको संयुक्त आवाज: “सुकुम्बासी बस्तीमा डोजर…
15 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

सुकुम्बासी व्यवस्थापन अभियानप्रति श्रम संस्कृति पार्टीको आपत्ति, “संविधानविपरीत कदम तत्काल रोक्नुपर्ने”

12 minutes पहिले 47 views

शिवम् सिमेन्ट उद्योगविरुद्ध स्थानीय आक्रोश: जनस्वास्थ्यमा खेलवाड गरेको आरोप, सार्वजनिक सुनुवाइको घोषणा

37 minutes पहिले 35 views

कैलास गाउँपालिकाद्वारा हावाहुरी–चट्याङबाट भएको क्षतिको विवरण ३ दिनभित्र पेश गर्न आग्रह

15 hours पहिले 51 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya