Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

मकवानपुरमा नेपाल राष्ट्रिय शिक्षक संगठनद्वारा तीज विशेष कार्यक्रम सम्पन्न, ७ महिला प्रधानाध्यापक सम्मानित

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
साउन ३०, २०८२
339 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
मकवानपुरमा नेपाल राष्ट्रिय शिक्षक संगठनद्वारा तीज विशेष कार्यक्रम सम्पन्न, ७ महिला प्रधानाध्यापक सम्मानित
0 मिनेट पढ्ने
अपडेट: साउन ३०, २०८२
Advertisement

हेटौंडा, साउन ३०। नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला महिला विभाग मकवानपुरको आयोजनामा हेटौंडा–२ स्थित कालिका पार्टी प्यालेसमा एक भव्य तीज विशेष कार्यक्रम, जिल्ला महिला भेला तथा खुला हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ। करिब ५०० जना व्यक्तिहरु सहभागी भएको उक्त कार्यक्रममा मकवानपुर जिल्लाका विभिन्न माध्यमिक विद्यालयमा कार्यरत महिला प्रधानाध्यापकहरूलाई उत्कृष्ट कार्य प्रदर्शनको मूल्याङ्कन गर्दै सम्मानसहित प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रमको उद्घाटन राष्ट्रिय गान र शहीदहरू प्रति श्रद्धाञ्जली स्वरूप मौन धारणबाट गरिएको थियो। प्रमुख अतिथिका रूपमा उपस्थित नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिका उपसचिव श्रीराम दाहालले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक शुभारम्भ गरेका थिए।

कार्यक्रममा कोषाध्यक्ष श्रीमती भावना सापकोटाले स्वागत मन्तव्य दिएकी थिइन् भने सञ्चालनको जिम्मेवारी सचिव सविता लामिछानेले सम्हालेकी थिइन्। कार्यक्रमको सभाध्यक्ष संयोजक चन्द्रादेवी लामा बल रहेका थिए।

कार्यक्रममा तीज पर्वको सांस्कृतिक महत्व झल्काउने मौलिक गीत–संगीत तथा मनोरञ्जनात्मक प्रस्तुतिहरू सहित बौद्धिक विकासमा योगदान पुर्याउने उद्देश्यले हाजिरजवाफ प्रतियोगिता समेत आयोजना गरिएको थियो।

उक्त कार्यक्रममा सम्मानित महिला प्रधानाध्यापकहरू:

१) उषा आचार्य – श्री महालक्ष्मी मावि, मकवानपुर–५

२) उमा तामाङ – कालिका मावि, इन्द्रसरोवर–४

३) सपना लामा – श्री पशुपतिनाथ मावि, मनहरी–४

४) कविता थिङ – श्री महेन्द्र किरण मावि, मनहरी–६

५) लालुमाया प्रजा – श्री राष्ट्रिय मावि, राक्सिराङ–६

६) शर्मिला पौडेल – श्री प्रजा जागृति मावि, राक्सिराङ–१

६) मालती उप्रेती – श्री अमर मावि, हेटौंडा–१

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका राष्ट्रिय समिति सदस्य निलिमा गोङवा, लेखा आयोग सदस्य नवराज अर्याल, विभिन्न विद्यालयका प्रिन्सिपल, निवृत्त शिक्षक, पत्रकार, तथा संगठनका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको समापन तीज विशेष दर भोज र सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रममार्फत गरिएको थियो।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6096 लेख
व्यू
आजको मिति
02
May 2026
Saturday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2454 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1090 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 897 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 844 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 766 views

नयाँ समाचार

तारकेश्वर–१० मा शंकास्पद तरल पदार्थ छरिँदा स्थानीय त्रसित,…
17 hours पहिले
सर्लाही अदालतद्वारा राम बहादुर बोम्जनलाई सफाइ, थुनामुक्त
18 hours पहिले
शिवम् सिमेन्टविरुद्ध आन्दोलनको घोषणा: “जनताको स्वास्थ्यसँग खेलवाड अब…
18 hours पहिले
प्रेस स्वतन्त्रता प्रवर्धनका लागि वैशाख २० मा माइतीघर…
19 hours पहिले
भीमेश्वरमा अपाङ्गमैत्री पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न, पहुँचयुक्त पर्यटकीय…
2 days पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

तारकेश्वर–१० मा शंकास्पद तरल पदार्थ छरिँदा स्थानीय त्रसित, स्वास्थ्य समस्या देखिन थाल्यो

17 hours पहिले 54 views

सर्लाही अदालतद्वारा राम बहादुर बोम्जनलाई सफाइ, थुनामुक्त

18 hours पहिले 48 views

शिवम् सिमेन्टविरुद्ध आन्दोलनको घोषणा: “जनताको स्वास्थ्यसँग खेलवाड अब सहिन्न” — विशालराज महत

18 hours पहिले 78 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya