Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

कञ्चनरुपमा छात्रवृत्ति घोटाला उजागर हुनेबित्तिकै पत्रकारमाथि हमला : स्थानीय शासनमा दण्डहीनता र मिलेमतोको भयावह तस्वीर

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
मंसिर १४, २०८२
253 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
कञ्चनरुपमा छात्रवृत्ति घोटाला उजागर हुनेबित्तिकै पत्रकारमाथि हमला : स्थानीय शासनमा दण्डहीनता र मिलेमतोको भयावह तस्वीर
1 मिनेट पढ्ने
अपडेट: मंसिर १४, २०८२
Advertisement

कञ्चनरुप (सप्तरी), मंसिर १४ गते । कञ्चनरुप नगरपालिका–११ गोरपारस्थित मदरसा ‘मुमताजुल उलुम’ मा छात्रवृत्ति तथा दिवाखाजा रकम दोहोरो निकासा गर्ने अनियमितता बाहिरिएपछि स्थानीय शासनको गम्भीर विकृति सतहमा आएको छ। विद्यालय व्यवस्थापन सूचना प्रणाली (IMIS) को रेकर्डमै एउटै कक्षाका विद्यार्थीलाई विभिन्न विद्यालयमा देखाएर रकम दोहोरो दाबी भएको खुलासा भएपछि नगरपालिका प्रशासनमा मौलाएको स्रोत दुरुपयोगको संस्कृति फेरि एकपटक उजागर परेको हो।

तर अनियमितता झन् स्पष्ट बन्दै जाँदा, उल्टै घोटाला छोप्न पत्रकारमाथि हातपात, धम्की र दमन थालिएको छ— जसले कञ्चनरुप नगरपालिकाको शासकीय चरित्रमाथि गम्भीर प्रश्न खडा गरेको छ।

पत्रकारमाथि हातपात : अनियमितता दबाउन नगरभित्रै हिंसा !

छात्रवृत्ति घोटालामाथि अनुसन्धान गरिरहेका सप्तकोशी सञ्चार प्रालिका पत्रकार कैलाश माझीमाथि मेयर ललन प्रसाद गुप्ताका सवारी चालक कमल लामाले नगरपालिकाको प्राङ्गणमै हातपात गरेको स्थानीय प्रत्यक्षदर्शीहरूले पुष्टि गरेका छन्।
घटना नियन्त्रण गर्नुपर्ने नगर प्रहरीका मनिष चौधरीले समेत पत्रकारमाथि एकतर्फी दबाब सिर्जना गरेको आरोप लागेको छ— जसले प्रहरी प्रशासनकै निष्पक्षतामाथि प्रश्न उठाउँछ।

यता प्रमुख कार्यकारी अधिकृत अनुपस्थित रहेकाले जिम्मेवारी सम्हालिरहेका निमित्त अधिकृत नवराज खड्कामाथि पनि संवेदनशील आरोप लागेका छन्— पत्रकारले खिचेको भिडियो डिलिट गराउन दवाब दिएको, प्रमाण नष्ट गर्न खोजेको भन्ने दाबीले कार्यालय भित्रैबाट अनियमितता ढाकछोपको प्रयास भइरहेको संकेत दिन्छ।

कार्यालय घेराबन्दीदेखि धम्की–दबाबसम्म !

चालक कमल लामाको निर्देशनमा नगरपालिका मुख्य गेट नै बन्द गरिनु, पत्रकारलाई अलग्गै थिचेर राख्ने प्रयास, र नगर प्रहरीको मौन भूमिका— यी सबै घटनाक्रमले स्थानीय निकायभित्र दमनकारी मानसिकता मजबुत रहेको देखाउँछ।

इलाका प्रहरी कार्यालयको टोली आएपछि मात्र स्थिति केही सामान्य बनेको थियो।

छात्रवृत्ति दोहोरो निकासाको जालो : योजनाबद्ध दुरुपयोगको संकेत

IMIS प्रणालीमा—

एउटै छात्रलाई दुई विद्यालयमा देखाउने,

मदरसाको नाममा छात्रवृत्ति, दिवाखाजा र अन्य सुविधाहरू दोहोरो दाबी गर्ने,

रेकर्ड हेरफेर गर्ने !

जस्ता गतिविधि केवल “गल्ती” भएर हुने काम होइन।
यो योजनाबद्ध भ्रष्टाचारको क्रम हो, जसले राज्यका लाखौँ रुपैयाँ लक्षित बालबालिकासम्म पुग्न नदिने गम्भीर समस्या झल्काउँछ।

स्थानीय तहभित्रको मिलेमतो झनै स्पष्ट !

यसअघि पनि बजेट दुरुपयोग, मनोमानी निर्णय र पारदर्शिताको अभाव सम्बन्धी प्रश्न उठ्दै आएका कञ्चनरुपमा पछिल्लो प्रकरणले प्रशासन, राजनीतिक नेतृत्व र केही कर्मचारीबीच गहिरो मिलेमतो रहेको आशंका बलियो बनाएको छ।

अनियमितता उजागर गर्दा—

पत्रकारमाथि कुटपिट,

धम्की र मानसिक दवाब,

प्रमाण नष्ट गर्ने आदेश,

कार्यालयभित्रै घेराबन्दी

जस्ता घटनाले ‘भ्रष्टाचार–मैत्री वातावरण’ स्थानीय शासनमा कति गहिरो छ भन्ने देखाइदिन्छ।

छानबिन नहुँदा दण्डहीनता संस्थागत बन्दै !

घटनाले राष्ट्रिय स्तरकै निकायहरूको भूमिकामाथि पनि प्रश्न उठाएको छ।
अब जिल्ला प्रशासन, जिल्ला प्रहरी, शिक्षा विकास तथा समन्वय इकाईदेखि गृह मन्त्रालयसम्मले स्वतन्त्र छानबिन नगरेसम्म स्थानीय तहमा मौलाइरहेको दण्डहीनता झन् बलियो बन्दै जाने जोखिम छ।

निष्कर्ष :

घटना केवल आन्तरिक विवाद होइन— स्थानीय शासनको बिग्रिएको अनुहार:-

कञ्चनरुपमा भएको घटना कुनै सहजरूपमा ‘झडप’ भनेर छुट्याउन मिल्ने विषय होइन।
यो स्रोत दुरुपयोग, प्रशासनिक मिलेमतो, भ्रष्ट अभ्यास र प्रेसमाथिको दमन— यी सबैलाई एकै पटक उजागर गर्ने ‘लिट्मस टेस्ट’ हो।

छात्रवृत्ति रकम लक्षित बालबालिका पहुँचभन्दा भ्रष्ट कर्मचारीको टेबुलमा हराउँदै जाँदा,
त्यही घोटाला उठान गर्ने पत्रकारमाथि आक्रमण हुनु—
स्थानीय शासनभित्रै “भ्रष्टाचारको सुरक्षा कवच” कति सक्रिय छ भन्ने वास्तविकता सबैसमक्ष खुलेर आएको छ।

कञ्चनरुप अब छानबिनको मोडमै छैन—

यो न्याय, पारदर्शिता र जिम्मेवारीको कठोर परीक्षाको घडीमा छ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6040 लेख
व्यू
आजको मिति
21
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2439 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1078 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 884 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 827 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 755 views

नयाँ समाचार

महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली…
16 hours पहिले
“मिडिया ट्रायल र प्रायोजित हल्लाबाट डरिँदैनौं” – गृहमन्त्री…
16 hours पहिले
“२ करोडभन्दा बढी सम्पत्ति खुलाएकाले लुकाउने प्रश्नै उठ्दैन”…
16 hours पहिले
दलित महिला सशक्तिकरण विधेयकमा जोड: हेटौंडाकी मेयर मिना…
18 hours पहिले
गृहमन्त्री माथि उठेका आरोपमा निष्पक्ष छानबिनको माग: जेन…
23 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली गर्न अन्तिम चेतावनी, अटेर गरे कानुनी कारबाही हुने

16 hours पहिले 90 views

“मिडिया ट्रायल र प्रायोजित हल्लाबाट डरिँदैनौं” – गृहमन्त्री सुधन गुरुङ

16 hours पहिले 46 views

“२ करोडभन्दा बढी सम्पत्ति खुलाएकाले लुकाउने प्रश्नै उठ्दैन” – गृहमन्त्री सुधन गुरुङको स्पष्टीकरण

16 hours पहिले 39 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya