Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

भावनात्मक तस्बिरभन्दा अगाडि बढेर जनस्वास्थ्य र बालअधिकारमा निर्णायक बन्न मेयरलाई सामाजिक अभियन्ता विशाल राज महतको आग्रह

सशान्त तामाङ
रिपोर्टर: सशान्त तामाङ
पुस २५, २०८२
96 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
भावनात्मक तस्बिरभन्दा अगाडि बढेर जनस्वास्थ्य र बालअधिकारमा निर्णायक बन्न मेयरलाई सामाजिक अभियन्ता विशाल राज महतको आग्रह
1 मिनेट पढ्ने
अपडेट: पुस २५, २०८२
Advertisement

हेटौडा, पुस २५ गते । हेटौंडा उपमहानगरपालिकाकी मेयरले मृत्युको मुखमा पुगेर बाँच्न सफल एक अनाथ शिशुलाई काखमा लिएको तस्बिर सामाजिक सञ्जालमा व्यापक रूपमा प्रशंसा भइरहेको बेला, सेवा सहयोग र आवाजमा हामीका अध्यक्ष तथा सामाजिक अभियन्ता विशाल राज महतले सो तस्बिरप्रति सम्मान जनाउँदै नेतृत्वको दायित्वबारे गम्भीर प्रश्न उठाएका छन्।

सामाजिक सञ्जालमा सार्वजनिक स्टाटसमार्फत उनले उक्त कार्यलाई मानवीय र प्रशंसनीय भनेका छन्। तस्बिरमा जनप्रतिनिधिको जिम्मेवारीसँगै एक आमाको ममतामय भावना झल्किएको भन्दै मेयर धन्यवादको पात्र भएको उल्लेख गरेका छन्। तर उनले नेतृत्व केवल भावनात्मक तस्बिर र क्षणिक संवेदनामा सीमित हुन नहुने स्पष्ट पारेका छन्।

अभियन्ता महतले हेटौंडा उपमहानगरका हजारौँ बालबालिका, गर्भवती महिला र आमजनताको अभिभावकत्व ग्रहण गर्नु नै मेयरको वास्तविक जिम्मेवारी भएको उल्लेख गर्दै डम्पिङ साइडमा हरेक वर्ष लाग्ने आगोबाट निस्कने विषालु ग्यासयुक्त धुवाँले जनस्वास्थ्यमा दीर्घकालीन असर पारिरहँदा समेत मौनता देखिनु दुःखद भएको बताएका छन्।

त्यसैगरी हेटौंडा–१७ स्थित सिवम् सिमेन्ट उद्योगबाट निस्कने PM2.5 र PM10 धुलोका कारण २५० भन्दा बढी बालबालिका र सिङ्गो गाउँ नै स्वास्थ्य जोखिममा परेको तथा विस्थापनको अवस्थामा पुगेको विषयमा समेत स्थानीय तहको सक्रियता नदेखिएकोप्रति उनले गुनासो गरेका छन्।

नगरभित्रका विद्यालयमा नाङ्गो खुट्टा, च्यातिएको लुगा, झोला बिना पढ्न बाध्य बालबालिका र अभावकै कारण विद्यालय छोड्नुपरेका विद्यार्थीप्रति संवेदनशीलता नदेखिनु नेतृत्वका लागि गम्भीर प्रश्न भएको महतको भनाइ छ।

जनताले आशा, भरोसा र विश्वासका साथ दिएको मतको कदर गर्दै जनताको पक्षमा उभिनु मेयरको दायित्व भएको उल्लेख गर्दै उनले ध्यानाकर्षण गराउँदा विरोधको अनुभूति हुनु र जवाफमा लाचारपन देखिनु दुर्भाग्यपूर्ण भएको बताएका छन्।

महिला मेयर पाएको अवसरलाई इतिहास बनाउन प्रयोग गर्नुपर्नेमा जोड दिँदै उनले महिला सक्षम, संवेदनशील र निर्णायक नेतृत्व दिन सक्छन् भन्ने प्रमाणित गर्ने समय यही भएको उल्लेख गरेका छन्। अन्त्यमा उनले “यो विरोध होइन, कर्तव्यबोधको अनुरोध हो” भन्दै समय अझै बाँकी रहेको र शुभकामना व्यक्त गरेका छन्।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

सशान्त तामाङ

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6138 लेख
व्यू
आजको मिति
11
May 2026
Monday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2467 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1101 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 907 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 852 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 772 views

नयाँ समाचार

“हेटौंडामा ट्रायम्फको आधिकारिक सोरुम सञ्चालनमा, ‘महँगो मात्रै होइन,…
1 day पहिले
नवीन सिग्देलको माग : “भूमिहीन सुकुम्बासीबारे तत्काल साझा…
1 day पहिले
जनताको घर भत्काएर विस्थापित गर्न हुँदैन : सांसद…
1 day पहिले
गोले तामाङ वंश उत्थान समाज मकवानपुरको नयाँ नेतृत्व…
1 day पहिले
चित्लाङ एफसी लाई आठौँ बागमती गोल्डकपको उपाधि, फाइनलमा…
1 day पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

“हेटौंडामा ट्रायम्फको आधिकारिक सोरुम सञ्चालनमा, ‘महँगो मात्रै होइन, दीर्घकालीन रूपमा किफायती बाइक’ : सञ्चालक”

1 day पहिले 73 views

नवीन सिग्देलको माग : “भूमिहीन सुकुम्बासीबारे तत्काल साझा धारणा सार्वजनिक गरियोस्”

1 day पहिले 69 views

जनताको घर भत्काएर विस्थापित गर्न हुँदैन : सांसद हर्कराज राई (साम्पाङ)

1 day पहिले 57 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya