Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

जनताको घर भत्काएर विस्थापित गर्न हुँदैन : सांसद हर्कराज राई (साम्पाङ)

रेडियो भरोसा अनलाईन
रिपोर्टर: रेडियो भरोसा अनलाईन
बैशाख २६, २०८३
36 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
जनताको घर भत्काएर विस्थापित गर्न हुँदैन : सांसद हर्कराज राई (साम्पाङ)
0 मिनेट पढ्ने
अपडेट: बैशाख २६, २०८३
Advertisement

हेटौंडा,बैशाख २६ गते । हर्कराज राईले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका नागरिकलाई घरबारविहीन बनाउने कार्य स्वीकार्य नहुने बताएका छन्।

शनिबार चितवन जाने क्रममा हेटौंडा आइपुगेका श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष एवं सुनसरी क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य राईले हेटौंडा–११ थानाभर्याङस्थित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समुदायसँगको छोटो छलफल कार्यक्रममा बोल्दै जनतालाई विस्थापित गर्नेभन्दा समस्या समाधानतर्फ राज्य केन्द्रित हुनुपर्ने बताएका हुन्।

उनले नेपालमा लामो समयदेखि रहेको अव्यवस्थित बसोबासी तथा सुकुम्बासी समस्यालाई समाधान गर्नुपर्नेमा आफू सदैव प्रतिबद्ध रहेको स्पष्ट पारे। प्रतिनिधिसभामा निर्वाचित भएपछि संसद् भवनको पहिलो बैठकमै आफूले सुकुम्बासी र अव्यवस्थित बसोबासीका मुद्दालाई मुख्य एजेण्डाका रूपमा उठाएको उनले बताए।

राईले सरकारले गरेका राम्रा तथा नराम्रा कामको निरन्तर मूल्यांकन गर्दै आएको उल्लेख गर्दै जनविरोधी गतिविधिविरुद्ध खबरदारी गर्न आफू कहिल्यै पछि नपरेको दाबी गरे। “सबै जनताले बाँच्न पाउनुपर्छ, यो संविधानले दिएको मौलिक अधिकार हो,” उनले भने, “घर बनाएर बस्न पाउनु नागरिकको अधिकारभित्र पर्छ। राज्यले आतंक सिर्जना गर्ने शैलीमा घर भत्काउने काम गर्नु हुँदैन।”

उनले मेचीदेखि महाकालीसम्मका नागरिकलाई एकजुट भएर जनताको घर भत्काएर घरबारविहीन बनाउने कदमविरुद्ध आवाज उठाउन आग्रह गरे। जनताको पक्षमा आफू सधैं उभिने उल्लेख गर्दै उनले संसद् र सडक दुवै ठाउँबाट नागरिकको बाँच्न पाउने अधिकारको पक्षमा आवाज बुलन्द गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा उनले जनताको दुःख, समस्या र अधिकारको पक्षमा निरन्तर साथ, सहयोग र समर्थन रहने विश्वाससमेत दिलाएका थिए।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाईन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6138 लेख
व्यू
आजको मिति
09
May 2026
Saturday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2465 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1099 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 906 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 850 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 771 views

नयाँ समाचार

“हेटौंडामा ट्रायम्फको आधिकारिक सोरुम सञ्चालनमा, ‘महँगो मात्रै होइन,…
5 minutes पहिले
नवीन सिग्देलको माग : “भूमिहीन सुकुम्बासीबारे तत्काल साझा…
1 hour पहिले
जनताको घर भत्काएर विस्थापित गर्न हुँदैन : सांसद…
1 hour पहिले
गोले तामाङ वंश उत्थान समाज मकवानपुरको नयाँ नेतृत्व…
2 hours पहिले
चित्लाङ एफसी लाई आठौँ बागमती गोल्डकपको उपाधि, फाइनलमा…
2 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

“हेटौंडामा ट्रायम्फको आधिकारिक सोरुम सञ्चालनमा, ‘महँगो मात्रै होइन, दीर्घकालीन रूपमा किफायती बाइक’ : सञ्चालक”

5 minutes पहिले 1 views

नवीन सिग्देलको माग : “भूमिहीन सुकुम्बासीबारे तत्काल साझा धारणा सार्वजनिक गरियोस्”

1 hour पहिले 41 views

गोले तामाङ वंश उत्थान समाज मकवानपुरको नयाँ नेतृत्व चयन, रोशन गोले अध्यक्षमा निर्वाचित

2 hours पहिले 36 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya