Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

प्रतिबद्धता बिना भोट हुँदैन : मकवानपुरमा सचेत मतदाता निर्माणका लागि जनजागरण अभियान घोषणा

सशान्त तामाङ
रिपोर्टर: सशान्त तामाङ
पुस २८, २०८२
162 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
प्रतिबद्धता बिना भोट हुँदैन : मकवानपुरमा सचेत मतदाता निर्माणका लागि जनजागरण अभियान घोषणा
0 मिनेट पढ्ने
अपडेट: पुस २८, २०८२
Advertisement

हेटौँडा, पुस २८ गते । व्यापक भ्रष्टाचार, अनियमितता र जिम्मेवारीविहीन नेतृत्वका कारण जनजीवन झनै दयनीय बन्दै गएको तितो यथार्थलाई ध्यानमा राख्दै सेवा, सहयोग र आवाज संस्थाले मकवानपुरभरि सचेत मतदाता निर्माणका लागि जनजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

संस्थाका अध्यक्ष तथा सामाजिक अभियन्ता विशाल राज महतले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको धारणा अनुसार अब मकवानपुरवासीले झुटा आश्वासन र आकर्षक नाराभन्दा माथि उठेर तथ्य, पात्रको इमानदारी, कर्म र जनसेवामा गरेको योगदानको आधारमा प्रतिनिधि छनोट गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।

उनले पटक–पटक फरक–फरक दललाई जिताएर पठाउँदा पनि जनजीवन र देशको अवस्था सुधार हुन नसक्नुको मुख्य कारण उत्तरदायी नेतृत्वको अभाव रहेको उल्लेख गरेका छन्। पुराना दल मात्र होइन, नयाँ वैकल्पिक भनिएका पार्टीहरूमा समेत अवसरवादी प्रवृत्ति हाबी हुँदै गएको, सामाजिक कामको अनुभव र राजनीतिक चेतना नभएका तथा केवल सेलिब्रेटी छविका आधारमा उम्मेदवार चयन गर्ने क्रम बढ्दो रहेको उनको भनाइ छ।

यस्तो अवस्थामा भावनामा होइन, तथ्य र पात्रको गहिरो मूल्याङ्कन गरेर मतदान गर्ने संस्कार विकास गर्नु अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै अध्यक्ष महतले गाउँ–टोलदेखि सहरसम्म पुगेर सचेतना कार्यक्रम, संवाद, छलफल र मतदाता शिक्षामार्फत नागरिकलाई जागरुक बनाइने जानकारी दिएका छन्।

पार्टीभन्दा माथि उठेर इमानदार, जवाफदेही र दिगो काम गर्ने नेतृत्व छान्ने संस्कार स्थापना गर्नु नै अभियानको मुख्य लक्ष्य रहेको उनले बताएका छन्। “अब हामीलाई झुक्किने छुट छैन, सचेत मतदाता नै राम्रो नेतृत्वको मूल आधार हो,” उनको भनाइ छ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

सशान्त तामाङ

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6138 लेख
व्यू
आजको मिति
11
May 2026
Monday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2467 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1101 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 907 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 852 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 772 views

नयाँ समाचार

“हेटौंडामा ट्रायम्फको आधिकारिक सोरुम सञ्चालनमा, ‘महँगो मात्रै होइन,…
1 day पहिले
नवीन सिग्देलको माग : “भूमिहीन सुकुम्बासीबारे तत्काल साझा…
1 day पहिले
जनताको घर भत्काएर विस्थापित गर्न हुँदैन : सांसद…
1 day पहिले
गोले तामाङ वंश उत्थान समाज मकवानपुरको नयाँ नेतृत्व…
1 day पहिले
चित्लाङ एफसी लाई आठौँ बागमती गोल्डकपको उपाधि, फाइनलमा…
1 day पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

“हेटौंडामा ट्रायम्फको आधिकारिक सोरुम सञ्चालनमा, ‘महँगो मात्रै होइन, दीर्घकालीन रूपमा किफायती बाइक’ : सञ्चालक”

1 day पहिले 73 views

नवीन सिग्देलको माग : “भूमिहीन सुकुम्बासीबारे तत्काल साझा धारणा सार्वजनिक गरियोस्”

1 day पहिले 69 views

जनताको घर भत्काएर विस्थापित गर्न हुँदैन : सांसद हर्कराज राई (साम्पाङ)

1 day पहिले 57 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya