Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

बाघझोरा खहरेमा पुल निर्माणका लागि १० करोड बजेट सुनिश्चित, मकवानपुरबासीलाई दीर्घकालीन राहत

सशान्त तामाङ
रिपोर्टर: सशान्त तामाङ
पुस २९, २०८२
85 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
बाघझोरा खहरेमा पुल निर्माणका लागि १० करोड बजेट सुनिश्चित, मकवानपुरबासीलाई दीर्घकालीन राहत
0 मिनेट पढ्ने
अपडेट: पुस २९, २०८२
Advertisement

हेटौंडा, पुस २९ गते । मकवानपुर जिल्लावासीलाई खुसीको खबर प्राप्त भएको छ। त्रिभूवन राजमार्गअन्तर्गत भैसे–हेटौंडा सडक खण्डमा पर्ने बाघझोरा खहरे खोलामा पुल निर्माणका लागि प्रारम्भिक रूपमा १० करोड रुपैयाँ बजेटको स्रोत सुनिश्चित भएको छ।

नेकपा एमालेका नेता तथा पूर्व प्रतिनिधिसभा सदस्य महेश बर्तौलाले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै, बाघझोरा खहरेका कारण हरेक वर्ष हजारौं यात्रुले भोग्दै आएको सास्तीलाई अन्त्य गर्न दीर्घकालीन समाधान खोजिएको बताएका छन्। उनका अनुसार, ओभरपास वा अण्डरपासमध्ये कुन विकल्प उपयुक्त हुने भन्ने विषयमा प्राविधिक अध्ययनसहित निर्माण प्रक्रिया अघि बढाइनेछ।

बर्तौलाका अनुसार, आफू प्रतिनिधिसभा सदस्य रहँदा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग आवश्यक बजेट व्यवस्थापनका लागि विशेष पहल गरिएको थियो। प्रतिनिधिसभा विघटनपछि पनि निरन्तर समन्वय र सहजीकरणका कारण पुल निर्माणका लागि बजेट सुनिश्चित हुन सफल भएको उनको भनाइ छ।

संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत केही हप्ताभित्र प्राविधिक अध्ययन सम्पन्न गरी ठेक्का प्रक्रिया अगाडि बढाइने तयारी भइरहेको जानकारी उनले दिएका छन्।

बाघझोरा खहरेमा पुल निर्माण सम्पन्न भएपछि थोरै वर्षामै खहरे बाढीका कारण घण्टौंसम्म सडक अवरुद्ध हुने समस्या अन्त्य हुने विश्वास व्यक्त गरिएको छ। साथै त्रिभूवन राजमार्ग हुँदै देशका विभिन्न भागमा यात्रा गर्ने यात्रुहरूलाई समेत सहजता मिल्ने अपेक्षा गरिएको छ।

पूर्व सांसद बर्तौलाले यस कार्यमा सकारात्मक सहयोग पुर्‍याउने सम्पूर्ण मकवानपुरबासीप्रति हार्दिक आभार व्यक्त गरेका छन्।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

सशान्त तामाङ

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6138 लेख
व्यू
आजको मिति
10
May 2026
Sunday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2467 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1100 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 907 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 852 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 772 views

नयाँ समाचार

“हेटौंडामा ट्रायम्फको आधिकारिक सोरुम सञ्चालनमा, ‘महँगो मात्रै होइन,…
1 day पहिले
नवीन सिग्देलको माग : “भूमिहीन सुकुम्बासीबारे तत्काल साझा…
1 day पहिले
जनताको घर भत्काएर विस्थापित गर्न हुँदैन : सांसद…
1 day पहिले
गोले तामाङ वंश उत्थान समाज मकवानपुरको नयाँ नेतृत्व…
1 day पहिले
चित्लाङ एफसी लाई आठौँ बागमती गोल्डकपको उपाधि, फाइनलमा…
1 day पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

“हेटौंडामा ट्रायम्फको आधिकारिक सोरुम सञ्चालनमा, ‘महँगो मात्रै होइन, दीर्घकालीन रूपमा किफायती बाइक’ : सञ्चालक”

1 day पहिले 72 views

नवीन सिग्देलको माग : “भूमिहीन सुकुम्बासीबारे तत्काल साझा धारणा सार्वजनिक गरियोस्”

1 day पहिले 68 views

जनताको घर भत्काएर विस्थापित गर्न हुँदैन : सांसद हर्कराज राई (साम्पाङ)

1 day पहिले 57 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya