Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

नेपालको राजनीति : आशा र निराशाको चक्रमा अल्झिएको यात्रा, नयाँ युगको प्रतीक्षामा जनता

सशान्त तामाङ
रिपोर्टर: सशान्त तामाङ
माघ ५, २०८२
96 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
नेपालको राजनीति : आशा र निराशाको चक्रमा अल्झिएको यात्रा, नयाँ युगको प्रतीक्षामा जनता
0 मिनेट पढ्ने
अपडेट: माघ ५, २०८२
Advertisement

हेटौंडा, माघ ५ गते । नेपालको राजनीतिक इतिहास निरन्तर परिवर्तन, संघर्ष र आशाको चक्रमा घुमिरहेको देखिन्छ। सेवा, सहयोग र आवाजमा हामीका अध्यक्ष तथा सामाजिक अभियान्ता विशाल राज महतले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको धारणा अनुसार, नेपालले हरेक राजनीतिक परिवर्तनसँगै नयाँ आशा बोकेको भए पनि व्यवहारमा निराशा दोहोरिँदै आएको छ।

जंगबहादुर राणाबाट सुरु भएको श्री ३ को शासनदेखि १०४ वर्षे राणाशासन, त्यसपछि २००७ सालको प्रजातन्त्रको उदय, २०१७ सालको पञ्चायती व्यवस्था, २०४६ सालको बहुदल, २०५२ सालको जनयुद्ध हुँदै २०६२/६३ को जनआन्दोलन र गणतन्त्रसम्म आइपुग्दा सत्ता परिवर्तन भए तर जनताको जीवनस्तरमा अपेक्षित परिवर्तन हुन नसकेको महतको भनाइ छ।

२०७२ सालमा जारी संविधानले संघीयता, समावेशिता र लोकतन्त्रको बलियो आधार दिएको भए पनि संघीय संरचनाको खर्चिलो स्वरूप, भ्रष्टाचार र अव्यवस्थित विकासका कारण जनतामा असन्तुष्टि बढ्दै गएको उनले उल्लेख गरेका छन्।

संविधानपछि स्वतन्त्र उम्मेदवारहरूको उदय, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को विजय र राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता नयाँ दलहरूको आगमनले पुराना दलप्रतिको निर्भरता घट्दै नयाँ विकल्पको खोजी सुरु भएको संकेत देखिएको छ। यसलाई ‘स्वतन्त्र लहर’ को रूपमा चित्रण गर्दै महतले जनतामा अझै पनि परिवर्तनप्रतिको आशा जीवित रहेको बताएका छन्।

उनका अनुसार पात्रहरू फेरिए पनि प्रणाली नबदलिँदा समस्या दोहोरिइरहेका छन्। स्वास्थ्य, शिक्षा र रोजगारीजस्ता आधारभूत आवश्यकतामा जनता अझै अल्झिएको अवस्था छ। तर पनि निराशाका बीच आशावादी बन्नु बाहेक विकल्प नभएको उल्लेख गर्दै उनले नयाँ युगले साँच्चिकै परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्।

“जनता आज पनि नयाँ बिहानीको प्रतीक्षामा छन्। आशाको किरण देखिनासाथ बादल फाट्नेछन् र सुखी नेपाली, समृद्ध नेपालको युग सुरु हुनेछ,” महतले आफ्नो स्टाटसमार्फत आशावादी सन्देश दिएका छन्।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

सशान्त तामाङ

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6138 लेख
व्यू
आजको मिति
10
May 2026
Sunday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2467 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1100 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 907 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 852 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 772 views

नयाँ समाचार

“हेटौंडामा ट्रायम्फको आधिकारिक सोरुम सञ्चालनमा, ‘महँगो मात्रै होइन,…
1 day पहिले
नवीन सिग्देलको माग : “भूमिहीन सुकुम्बासीबारे तत्काल साझा…
1 day पहिले
जनताको घर भत्काएर विस्थापित गर्न हुँदैन : सांसद…
1 day पहिले
गोले तामाङ वंश उत्थान समाज मकवानपुरको नयाँ नेतृत्व…
1 day पहिले
चित्लाङ एफसी लाई आठौँ बागमती गोल्डकपको उपाधि, फाइनलमा…
1 day पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

“हेटौंडामा ट्रायम्फको आधिकारिक सोरुम सञ्चालनमा, ‘महँगो मात्रै होइन, दीर्घकालीन रूपमा किफायती बाइक’ : सञ्चालक”

1 day पहिले 72 views

नवीन सिग्देलको माग : “भूमिहीन सुकुम्बासीबारे तत्काल साझा धारणा सार्वजनिक गरियोस्”

1 day पहिले 68 views

जनताको घर भत्काएर विस्थापित गर्न हुँदैन : सांसद हर्कराज राई (साम्पाङ)

1 day पहिले 57 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya