Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

हेटौंडा–१३ ठूलोथली गुम्बाडाँडामा दुईदिने सोनाम ल्होछार विशेष सांस्कृतिक महोत्सव हुँदै

सशान्त तामाङ
रिपोर्टर: सशान्त तामाङ
माघ ९, २०८२
145 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
हेटौंडा–१३ ठूलोथली गुम्बाडाँडामा दुईदिने सोनाम ल्होछार विशेष सांस्कृतिक महोत्सव हुँदै
0 मिनेट पढ्ने
अपडेट: माघ ९, २०८२
Advertisement

हेटौंडा, माघ ९ गते । मञ्जुश्री सम्वत २८६२ ता ल्हो अर्थात् घोडा वर्गलाई स्वागत गर्दै तामाङ समुदायको महान पर्व सोनाम ल्होछारको अवसरमा आठौँ बृहद सांस्कृतिक कार्यक्रम तथा दोस्रो पदमपोखरी ल्होछार महोत्सव २०८२ यस वर्ष पनि निरन्तर रूपमा आयोजना हुने भएको छ। कार्यक्रम हेटौंडा उपमहानगरपालिका–१३ स्थित ठूलोथली गुम्बाडाँडामा माघ २२ र २३ गते दुई दिनसम्म सञ्चालन हुनेछ।

सो कार्यक्रमको सन्दर्भमा आज हेटौंडा–१० स्थित एभरेस्ट होटलमा आयोजक सोनाम ल्होछार विशेष सांस्कृतिक कार्यक्रम समिति, ठूलोथली गुम्बाडाँडाले पत्रकार सम्मेलन आयोजना गरी कार्यक्रमबारे विस्तृत जानकारी गराएको हो। विगतमा एकदिने रूपमा आयोजना हुँदै आएको ल्होछार पर्व यस वर्ष भने नयाँपनका साथ दुई दिनसम्म महोत्सवकै रूपमा सञ्चालन गरिने आयोजक समितिले जनाएको छ।

पत्रकार सम्मेलनमा बोल्दै समितिका संयोजक मदन कुमार बलले मञ्जुश्री सम्वत २८६२ ता ल्हो (घोडा वर्ग) को स्वागत गर्दै आफ्नै मौलिक पहिचान, संस्कृति र चाडपर्वको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। “यो कार्यक्रम हामीले विगतदेखि निरन्तर सञ्चालन गर्दै आएका छौँ। साथीभाइको आग्रह र समुदायको चाहनाअनुसार यस वर्ष पनि आठौँ पटक यही स्थानमा ल्होछार महोत्सव आयोजना गरिएको हो,” उनले भने।

कार्यक्रम सञ्चालनका लागि १२ देखि १३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको संयोजक बलले जानकारी दिए। आर्थिक सहयोगका सन्दर्भमा हेटौंडा उपमहानगरपालिका–१३ वडा कार्यालयबाट सहयोग प्राप्त भएको उल्लेख गर्दै हेटौंडा उपमहानगरपालिकाबाट अपेक्षित दुई–तीन लाख रुपैयाँबारे छलफल भए पनि अन्तिम निर्णय नभएको बताए। यस्तै, पर्यटन मन्त्रालयबाट १ लाख रुपैयाँ सहयोग प्राप्त भएको उनले जानकारी गराए। साथै, आफ्नै साथीभाइ, शुभेच्छुक र समुदायको आर्थिक तथा नैतिक साथबाट कार्यक्रम सञ्चालन गरिने बताइएको छ।

यसैगरी पत्रकार सम्मेलनमा बोल्दै पूर्व अध्यक्ष तथा आयोजक समितिकी सदस्य संगीता बल वाइबाले आयोजक टिमको निरन्तरता र सामूहिक प्रयासबारे प्रकाश पारिन्। उनले विगतमा यही आयोजक समितिबाट तीनवटा ल्होछार कार्यक्रम अध्यक्षको हैसियतमा सञ्चालन गरेको बताउँदै यस वर्ष केवल भूमिका परिवर्तन भएको उल्लेख गरिन्। “यस वर्ष पात्र फेरिएको हो, टिम उही हो। सबै सदस्यहरू आ–आफ्नो भूमिकामा रहेर टिमवर्कका साथ काम गरिरहेका छौँ,” उनले भनिन्। उनका अनुसार यो वर्षको कार्यक्रम ल्होछार महोत्सवको आठौँ चरण हो र यसपटक समय थप गरी दुई दिनसम्म आयोजना गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै हेटौंडा उपमहानगरपालिका–१३ का वडाध्यक्ष पेम्बा लामाले कुनै पनि कार्यक्रम सञ्चालन गर्नु सहज नहुने उल्लेख गर्दै आर्थिक स्रोतको अभावका कारण आयोजक टोलीले भोग्दै आएको चुनौतीबारे प्रकाश पारे। उनले भने, “आर्थिक अवस्था राम्रो भए कार्यक्रम भव्य हुन्छ, नभए सामान्य। तर पनि आफ्नै इष्टमित्र, साथीभाइ र समुदायको साथ–सहयोगले कार्यक्रमलाई सफल बनाउनु नै मुख्य अभ्यास हो।”

वडाध्यक्ष लामाले सोनाम ल्होछारलाई आफ्नो गाउँठाउँ, पहिचान र संस्कृतिलाई उजागर गर्ने महत्वपूर्ण अवसरको रूपमा लिँदै फरक–फरक स्थानमा कार्यक्रम आयोजना गर्नु उपयुक्त नहुने धारणा व्यक्त गरे। त्यसैले एउटै उपयुक्त स्थानमा सभ्य र व्यवस्थित ढंगले कार्यक्रम सञ्चालन गर्न आफूले आयोजक टोलीलाई सुझाव दिएको पनि उनले बताए। आगामी दिनमा सबै वडाहरूको सहकार्यमा काठमाडौँको टुँडिखेलजस्तै ठूलो क्षेत्रफलमा बृहत् रूपमा सोनाम ल्होछार महोत्सव आयोजना गर्न सकिए अझ प्रभावकारी हुने उनको धारणा रहेको छ। यस्ता कार्यक्रमहरूले भविष्यका नयाँ पुस्तालाई सकारात्मक सन्देश दिने अपेक्षा पनि उनले व्यक्त गरे।

दुईदिने कार्यतालिकाअनुसार महोत्सवमा तामाङ समुदायको भेषभूषा, खानपान, कला, संस्कृति तथा स्थानीय कृषि उपजका स्टलहरू राखिनेछन्। मनोरञ्जनको तर्फबाट राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरूको सहभागितामा सेलो सांगीतिक कार्यक्रम आयोजना गरिने आयोजक समितिले जनाएको छ।

कार्यक्रममा सुमिना लो, सुरेश लामा, रितु तामाङ, संजीव घिसिङ, मदन घलान, धिरेन लोपचन, बिरु घलान, अनिसा लामा तथा चर्चित र्‍यापर इमान लामा लगायतका कलाकारहरूको प्रस्तुति रहनेछ।

महोत्सव बिहान ११ बजेदेखि सुरु हुनेछ। कार्यक्रमको प्रमुख अतिथिका रूपमा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामा तथा उद्घाटन समारोहका विशेष अतिथिका रूपमा वडाध्यक्ष पेम्बा लामा सहभागी हुनेछन्। विशेष सहयोगीमा सनमान गोले र विशेष वक्ताका रूपमा काजीमान थिङ रहने आयोजक समितिले जानकारी गराएको छ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

सशान्त तामाङ

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6138 लेख
व्यू
आजको मिति
10
May 2026
Sunday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2467 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1100 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 907 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 852 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 772 views

नयाँ समाचार

“हेटौंडामा ट्रायम्फको आधिकारिक सोरुम सञ्चालनमा, ‘महँगो मात्रै होइन,…
1 day पहिले
नवीन सिग्देलको माग : “भूमिहीन सुकुम्बासीबारे तत्काल साझा…
1 day पहिले
जनताको घर भत्काएर विस्थापित गर्न हुँदैन : सांसद…
1 day पहिले
गोले तामाङ वंश उत्थान समाज मकवानपुरको नयाँ नेतृत्व…
1 day पहिले
चित्लाङ एफसी लाई आठौँ बागमती गोल्डकपको उपाधि, फाइनलमा…
1 day पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

“हेटौंडामा ट्रायम्फको आधिकारिक सोरुम सञ्चालनमा, ‘महँगो मात्रै होइन, दीर्घकालीन रूपमा किफायती बाइक’ : सञ्चालक”

1 day पहिले 72 views

नवीन सिग्देलको माग : “भूमिहीन सुकुम्बासीबारे तत्काल साझा धारणा सार्वजनिक गरियोस्”

1 day पहिले 68 views

जनताको घर भत्काएर विस्थापित गर्न हुँदैन : सांसद हर्कराज राई (साम्पाङ)

1 day पहिले 57 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya