Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

हेटौंडा अस्पताल प्रकरणमा जनआवाज दबाउनेलाई मत नदिन विशाल राज महतको अपिल

सशान्त तामाङ
रिपोर्टर: सशान्त तामाङ
फाल्गुन १७, २०८२
147 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
हेटौंडा अस्पताल प्रकरणमा जनआवाज दबाउनेलाई मत नदिन विशाल राज महतको अपिल
0 मिनेट पढ्ने
अपडेट: फाल्गुन १७, २०८२
Advertisement

हेटौँडा, फागुन १७ गते । हेटौंडा अस्पतालमा देखिएको बेथिति, लापरबाही तथा व्यवस्थागत कमजोरी विरुद्ध उठेको जनआन्दोलनको सन्दर्भमा अध्यक्ष तथा सामाजिक अभियन्ता विशाल राज महतले मतदातालाई सचेत भएर निर्णय गर्न आग्रह गरेको छ।

सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएको स्टाटसमा महतले हेटौंडा अस्पताल सुधारका लागि आफूहरू चुप नबसी हस्ताक्षर अभियान, शान्तिपूर्ण आन्दोलन र कानुनी प्रक्रियासम्म पुगेको उल्लेख गरेको छ। उनका अनुसार यो आन्दोलन कुनै व्यक्ति विशेषको स्वार्थका लागि नभई आम नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्ने उद्देश्यले गरिएको थियो।

उक्त अभियानमा मकवानपुरका अधिकांश राजनीतिक दलहरूको समर्थन रहेको उल्लेख गर्दै महतले नेपाल कम्युनिस्ट पार्टी (विप्लव) र नेपाल कम्युनिस्ट पार्टी (माले) को विशेष साथ रहेको बताएको छ। साथै नेपाली कांग्रेस, समाजवादी लगायत दलहरू आन्दोलनको पक्षमा उभिएको तर नेकपा एमाले बाहेक अन्य दलहरूको सहभागिता रहेको उनको दाबी छ।

अधिवक्ता केशव गौतमले आज पनि सर्वोच्च अदालतसम्म पुगेर यो विषयमा कानुनी लडाइँ जारी राखेको उल्लेख गर्दै महतले जनताको पक्षमा उठेको आवाजलाई दबाउन खोज्ने प्रवृत्ति प्रति आपत्ति जनाएको छ। विशेष गरी सर्वदलीय बैठकमा आन्दोलनकारीलाई हिरासतमा राख्नुपर्ने धारणा राखिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुर–१ का उम्मेदवार माथि उनले प्रश्न उठाएको छ।

“जनता अन्याय विरुद्ध सडकमा हुँदा मौन बस्नेहरू आज चुनावको बेला घरदैलो गर्दै अस्पताल सुधार्ने आश्वासन बाँड्दै हिँडिरहेका छन्,” महतको भनाइ छ। उनले भावनामा होइन, विवेकमा आधारित निर्णय गर्न मतदातालाई आग्रह गर्दै जनताको पीडामा साथ नदिने संस्कार बोकेकाहरूबाट परिवर्तनको अपेक्षा गर्न नसकिने स्पष्ट पारेको छ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

सशान्त तामाङ

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6098 लेख
व्यू
आजको मिति
03
May 2026
Sunday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2459 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1092 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 900 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 847 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 769 views

नयाँ समाचार

सुकुम्बासी बस्तीमा ‘डोजर आतंक’ विरुद्ध एमाले बागमतीको कडा…
19 hours पहिले
राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी, स्वास्थ्य, विश्वविद्यालय र सार्वजनिक…
19 hours पहिले
तारकेश्वर–१० मा शंकास्पद तरल पदार्थ छरिँदा स्थानीय त्रसित,…
2 days पहिले
सर्लाही अदालतद्वारा राम बहादुर बोम्जनलाई सफाइ, थुनामुक्त
2 days पहिले
शिवम् सिमेन्टविरुद्ध आन्दोलनको घोषणा: “जनताको स्वास्थ्यसँग खेलवाड अब…
2 days पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

सुकुम्बासी बस्तीमा ‘डोजर आतंक’ विरुद्ध एमाले बागमतीको कडा आपत्ति, वैकल्पिक आवासको तत्काल माग

19 hours पहिले 73 views

राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी, स्वास्थ्य, विश्वविद्यालय र सार्वजनिक पदाधिकारी सम्बन्धी कानुन संशोधन

19 hours पहिले 46 views

तारकेश्वर–१० मा शंकास्पद तरल पदार्थ छरिँदा स्थानीय त्रसित, स्वास्थ्य समस्या देखिन थाल्यो

2 days पहिले 62 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya