Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

परीक्षाको मुखमा मेला किन? खेलकुद विकास समितिको सम्झौता र ‘सेटिङ’माथि विशाल राज महतको गम्भीर प्रश्न

सशान्त तामाङ
रिपोर्टर: सशान्त तामाङ
फाल्गुन १७, २०८२
101 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
परीक्षाको मुखमा मेला किन? खेलकुद विकास समितिको सम्झौता र ‘सेटिङ’माथि विशाल राज महतको गम्भीर प्रश्न
0 मिनेट पढ्ने
अपडेट: फाल्गुन १७, २०८२
Advertisement

हेटौँडा, फागुन १७ गते । चैतको पहिलो सातादेखि सुरु हुने वार्षिक परीक्षाको संवेदनशील समयमा विद्यार्थीको ध्यान पढाइबाट मोडिने गरी मेला आयोजना गर्नु उपयुक्त कि होइन भन्ने विषयमा गम्भीर प्रश्न उठ्दै आएका छन्। यही सन्दर्भमा खेलकुद विकास समितिले ९० लाख रुपैयाँमा सिद्ध बाबा एक्जिभेसन कम्पनीसँग मेला सञ्चालनको सम्झौता गरेको विषय सार्वजनिक भएपछि आलोचना चुलिएको छ।

सम्बन्धित कम्पनीका सञ्चालक भारत निवासी अजय चौधरी रहेको बताइँदै आएको छ। कृषि र उद्योग–व्यापारसम्बन्धी आफ्नै आधिकारिक निकाय हुँदाहुँदै खेलकुद विकास समितिले बारम्बार व्यापारिक तथा कृषि मेला आयोजना गर्नु खेलकुद सम्बन्धी ऐन, कार्यविधि र समितिको मूल उद्देश्य विपरीत भएको भन्दै प्रश्न उठाइएको छ।

सामाजिक अभियान्ता तथा नागरिक आवाज समूहका अध्यक्ष विशाल राज महतले आफ्ना सामाजिक सञ्जालमा र्फत सार्वजनिक गरेको धारणा अनुसार, अन्य संस्थाहरूले समेत मेला सञ्चालनका लागि हेटौंडा उपमहानगरपालिकामा अनुमति माग्दा नपाएको अवस्थामा एउटै समितिलाई विशेष छुट दिइनु शंकास्पद देखिन्छ। “यदि जो–कोहीले मेला गर्न पाउने हो भने नियमनको अर्थ के रह्यो? र यदि नपाउने हो भने एउटै समितिलाई किन विशेष छुट?” भन्ने प्रश्न उनले उठाएका छन्।

उनले विगतमा सञ्चालन भएका मेलामा जुवा खेल, मनलाग्दी स्टल शुल्क, कार्यविधि विपरीत शुल्क असुली, मादक पदार्थ तथा लागुऔषधको प्रयोगजस्ता गम्भीर समस्या देखिएको उल्लेख गर्दै यसले नेपाली युवालाई उत्पादनशील श्रमबाट टाढा लैजाने जोखिम बढाएको बताए। “केही व्यक्ति काम नगरी खान पल्किने र नेपथ्यमा बसेर लाभ लिने माध्यम मेला बन्दै गएको छ,” उनको भनाइ छ।

यस विषयमा उद्योग वाणिज्य संघ, कृषि निकाय, स्थानीय तह र खेलकुद परिषद् किन मौन छन् भन्ने प्रश्नसमेत उठाइएको छ। महतले आवश्यकता परे सूचना अधिकार ऐन बमोजिम मेला सञ्चालनसँग सम्बन्धित सम्पूर्ण आम्दानी–खर्च विवरण—टिकट छपाइ र बिक्री, स्टल तथा खेल–मनोरञ्जन शुल्क, कलाकार कार्यक्रमको आम्दानी, अतिथि सत्कार, मिडिया खर्च, स्वयंसेवकको नाममा देखाइएको खर्च तथा खेल आयोजनाका नाममा गरिएको खर्च—सार्वजनिक गराउन औपचारिक माग गरिने स्पष्ट पारेका छन्।

उनले आवश्यक परे सम्बन्धित निकायमा उजुरी, लेखा परीक्षण माग तथा कानुनी उपचारको प्रक्रिया अघि बढाइने चेतावनी पनि दिएका छन्। “यो बलमिचाइ होइन, सार्वजनिक चासोको विषय हो। स्पष्ट धारणा र सकारात्मक सोचको विकास नै हाम्रो उद्देश्य हो,” महतले बताएका छन्।

मेला सञ्चालनसम्बन्धी विभिन्न समयमा गरिएका पत्राचार, उजुरी तथा गृह मन्त्रालय र उद्योग वाणिज्य संघसँग सम्बन्धित पत्रहरू समेत उपलब्ध रहेको उनको दाबी छ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

सशान्त तामाङ

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6098 लेख
व्यू
आजको मिति
03
May 2026
Sunday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2459 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1092 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 900 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 847 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 769 views

नयाँ समाचार

सुकुम्बासी बस्तीमा ‘डोजर आतंक’ विरुद्ध एमाले बागमतीको कडा…
19 hours पहिले
राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी, स्वास्थ्य, विश्वविद्यालय र सार्वजनिक…
19 hours पहिले
तारकेश्वर–१० मा शंकास्पद तरल पदार्थ छरिँदा स्थानीय त्रसित,…
2 days पहिले
सर्लाही अदालतद्वारा राम बहादुर बोम्जनलाई सफाइ, थुनामुक्त
2 days पहिले
शिवम् सिमेन्टविरुद्ध आन्दोलनको घोषणा: “जनताको स्वास्थ्यसँग खेलवाड अब…
2 days पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

सुकुम्बासी बस्तीमा ‘डोजर आतंक’ विरुद्ध एमाले बागमतीको कडा आपत्ति, वैकल्पिक आवासको तत्काल माग

19 hours पहिले 73 views

राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी, स्वास्थ्य, विश्वविद्यालय र सार्वजनिक पदाधिकारी सम्बन्धी कानुन संशोधन

19 hours पहिले 46 views

तारकेश्वर–१० मा शंकास्पद तरल पदार्थ छरिँदा स्थानीय त्रसित, स्वास्थ्य समस्या देखिन थाल्यो

2 days पहिले 62 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya