Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

अनुमति नपाउँदा हेटौंडा–१८ को स्वास्थ्य चौकीको एम्बुलेन्स थन्कियो, बिरामीले सेवा पाउन सकेनन्

सशान्त तामाङ
रिपोर्टर: सशान्त तामाङ
फाल्गुन २४, २०८२
100 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
अनुमति नपाउँदा हेटौंडा–१८ को स्वास्थ्य चौकीको एम्बुलेन्स थन्कियो, बिरामीले सेवा पाउन सकेनन्
0 मिनेट पढ्ने
अपडेट: फाल्गुन २४, २०८२
Advertisement

हेटौँडा, फागुन २४ गते । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ स्थित स्वास्थ्य चौकीमा रहेको एम्बुलेन्स आवश्यक अनुमति नपाउँदा लामो समयदेखि सञ्चालनमा आउन नसकेको पाइएको छ। बिरामीलाई अस्पताल लैजान अत्यावश्यक साधन भए पनि प्रशासनिक प्रक्रियामा फाइल अल्झिँदा एम्बुलेन्स प्रयोगविहीन अवस्थामा रहेको स्थानीयले बताएका छन्।

स्थानीयका अनुसार एम्बुलेन्स सञ्चालनका लागि आवश्यक कागजी प्रक्रिया जनस्वास्थ्य कार्यालयसम्म पुगेको भए पनि अन्तिम स्वीकृतिको फाइल महिनौँदेखि सम्बन्धित निकायको टेबलमै थन्किएको छ। यसका कारण एम्बुलेन्स प्रयोगमा आउन नसकेको र बिरामीहरू समयमै अस्पताल पुर्‍याउन समस्या भइरहेको गुनासो गरिएको छ।

स्वास्थ्य चौकीमा एम्बुलेन्स तयार अवस्थामा भए पनि प्रशासनिक अनुमति नपाउँदा सञ्चालन हुन नसक्दा स्थानीय बासिन्दा आक्रोशित भएका छन्। बिरामीको ज्यान जोगाउन प्रयोग हुनुपर्ने एम्बुलेन्स प्रशासनिक प्रक्रियामा अल्झिँदा सेवा प्रभावित भएको उनीहरूको भनाइ छ।

यस विषयमा चासो व्यक्त गर्दै सामाजिक अभियन्ता तथा सेवा सहयोग र आवाजका अध्यक्ष विशालराज महतले सामाजिक सञ्जाल फेसबुकमार्फत ध्यानाकर्षण गराएका छन्। उनले एम्बुलेन्स सञ्चालनका लागि सबै प्रक्रिया पूरा भएको बताइए पनि फाइल महिनौँदेखि अगाडि नबढेको भन्दै प्रश्न उठाएका छन्।

उनले एम्बुलेन्स सडकमा गुडेर बिरामीको सेवा गर्नुपर्ने अवस्थामा प्रशासनिक चक्करमै थन्किएको भन्दै सम्बन्धित निकायलाई शीघ्र समस्या समाधान गर्न आग्रह गरेका छन्। साथै वास्तविक अवस्था बुझ्न नागरिकस्तरबाट पत्रकारहरूसहित सम्बन्धित निकायमा पुग्ने तयारीसमेत गरिएको उनले बताएका छन्।

स्थानीयवासीले भने एम्बुलेन्स सञ्चालनमा ल्याएर स्वास्थ्य सेवा सहज बनाउन सम्बन्धित निकायले तत्काल आवश्यक निर्णय लिनुपर्ने माग गरेका छन्।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

सशान्त तामाङ

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6138 लेख
व्यू
आजको मिति
10
May 2026
Sunday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2467 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1100 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 907 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 852 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 772 views

नयाँ समाचार

“हेटौंडामा ट्रायम्फको आधिकारिक सोरुम सञ्चालनमा, ‘महँगो मात्रै होइन,…
18 hours पहिले
नवीन सिग्देलको माग : “भूमिहीन सुकुम्बासीबारे तत्काल साझा…
19 hours पहिले
जनताको घर भत्काएर विस्थापित गर्न हुँदैन : सांसद…
20 hours पहिले
गोले तामाङ वंश उत्थान समाज मकवानपुरको नयाँ नेतृत्व…
20 hours पहिले
चित्लाङ एफसी लाई आठौँ बागमती गोल्डकपको उपाधि, फाइनलमा…
20 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

“हेटौंडामा ट्रायम्फको आधिकारिक सोरुम सञ्चालनमा, ‘महँगो मात्रै होइन, दीर्घकालीन रूपमा किफायती बाइक’ : सञ्चालक”

18 hours पहिले 72 views

नवीन सिग्देलको माग : “भूमिहीन सुकुम्बासीबारे तत्काल साझा धारणा सार्वजनिक गरियोस्”

19 hours पहिले 67 views

जनताको घर भत्काएर विस्थापित गर्न हुँदैन : सांसद हर्कराज राई (साम्पाङ)

20 hours पहिले 56 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya