Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

हेटौंडाको मेला महोत्सवमा पारदर्शिताको माग : एउटै संस्थालाई जिम्मा दिनु प्रश्नको विषय — विशालराज महत

सशान्त तामाङ
रिपोर्टर: सशान्त तामाङ
फाल्गुन २५, २०८२
91 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
हेटौंडाको मेला महोत्सवमा पारदर्शिताको माग : एउटै संस्थालाई जिम्मा दिनु प्रश्नको विषय — विशालराज महत
0 मिनेट पढ्ने
अपडेट: फाल्गुन २५, २०८२
Advertisement

हेटौँडा, फागुन २४ गते । हेटौंडामा विगतदेखि सञ्चालन हुँदै आएका मेला–महोत्सवप्रति पारदर्शिता र जवाफदेहिताको माग उठ्न थालेको छ। सेवा सहयोग र आवाज संस्थाका अध्यक्ष तथा सामाजिक अभियान्ता विशालराज महतले सामाजिक सञ्जाल फेसबुक मार्फत मेला सञ्चालन प्रक्रिया माथि गम्भीर प्रश्न उठाएका हुन्।

महतले आफ्नो फेसबुक स्टाटसमा हेटौंडामा वर्षौंदेखि मेला–महोत्सव हुँदै आए पनि त्यसबाट आम जनतालाई भन्दा केही व्यक्तिहरुको गोजी भर्ने काम मात्रै भइरहेको भन्ने व्यापक गुनासो रहेको उल्लेख गरेका छन्। उनले सम्बन्धित निकायले बारम्बार एउटै संस्थालाई मात्र मेला सञ्चालनको जिम्मेवारी दिनु आफैंमा प्रश्नको विषय भएको बताएका छन्।

उनले मेला सञ्चालनसँग सम्बन्धित टिकट दर, स्टल शुल्क तथा त्यसको मापदण्ड के हो भन्ने विषय स्पष्ट हुनुपर्ने बताएका छन्। यी विषयले प्रत्यक्ष रूपमा जनतालाई असर गर्ने भएकाले पारदर्शिता आवश्यक रहेको उनको भनाइ छ।

महतले खेलकुद गतिविधि गर्ने संस्थाले नै पटक–पटक व्यापार, कृषि र उद्योगसम्बन्धी मेला सञ्चालन गर्नु पर्ने अवस्था किन आएको भन्ने प्रश्न पनि उठाएका छन्। सम्बन्धित क्षेत्रका संस्थाहरू असफल भएका हुन् कि भन्ने जिज्ञासा समेत उनले व्यक्त गरेका छन्।

यो विषय गम्भीर भएकाले आफूहरूले पटक–पटक सचेत गराउँदै आएको उल्लेख गर्दै उनले आयोजक र सम्बन्धित निकायले पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्नुपर्ने बताएका छन्। अन्यथा यस विषयमा खबरदारी निरन्तर जारी रहने उनको चेतावनी छ।

हेटौंडामा मेला–महोत्सव सञ्चालनको विषयमा पछिल्लो समय नागरिक तहबाट पनि पारदर्शिता, स्पष्ट मापदण्ड र निष्पक्ष व्यवस्थापनको माग बढ्दै गएको छ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

सशान्त तामाङ

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6138 लेख
व्यू
आजको मिति
10
May 2026
Sunday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2467 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1100 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 907 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 852 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 772 views

नयाँ समाचार

“हेटौंडामा ट्रायम्फको आधिकारिक सोरुम सञ्चालनमा, ‘महँगो मात्रै होइन,…
18 hours पहिले
नवीन सिग्देलको माग : “भूमिहीन सुकुम्बासीबारे तत्काल साझा…
19 hours पहिले
जनताको घर भत्काएर विस्थापित गर्न हुँदैन : सांसद…
20 hours पहिले
गोले तामाङ वंश उत्थान समाज मकवानपुरको नयाँ नेतृत्व…
20 hours पहिले
चित्लाङ एफसी लाई आठौँ बागमती गोल्डकपको उपाधि, फाइनलमा…
20 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

“हेटौंडामा ट्रायम्फको आधिकारिक सोरुम सञ्चालनमा, ‘महँगो मात्रै होइन, दीर्घकालीन रूपमा किफायती बाइक’ : सञ्चालक”

18 hours पहिले 72 views

नवीन सिग्देलको माग : “भूमिहीन सुकुम्बासीबारे तत्काल साझा धारणा सार्वजनिक गरियोस्”

19 hours पहिले 67 views

जनताको घर भत्काएर विस्थापित गर्न हुँदैन : सांसद हर्कराज राई (साम्पाङ)

20 hours पहिले 56 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya