Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

एम्बुलेन्सलाई शववाहन बनाउने विषयमा अलमल : कानुनी प्रावधान नहुँदा प्रक्रिया रोकियो

सशान्त तामाङ
रिपोर्टर: सशान्त तामाङ
फाल्गुन २६, २०८२
62 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
एम्बुलेन्सलाई शववाहन बनाउने विषयमा अलमल : कानुनी प्रावधान नहुँदा प्रक्रिया रोकियो
0 मिनेट पढ्ने
अपडेट: फाल्गुन २६, २०८२
Advertisement

हेटौंडा, फागुन २६ गते । मकवानपुरमा पुरानो एम्बुलेन्सलाई शववाहनका रूपमा प्रयोग गर्ने विषयमा कानुनी स्पष्टता नहुँदा प्रक्रिया अलमलमा परेको छ।

हिजो जनस्वास्थ्य कार्यालय मकवानपुरमा एम्बुलेन्स सञ्चालन सम्बन्धी विषयमा गरिएको छलफलका क्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालनमा रहेको हेटौंडा अस्पतालमा शववाहन अभाव रहेको जानकारी प्राप्त भएको हो।

एम्बुलेन्स सेवा निर्देशिका २०८२ अनुसार १० वर्षभन्दा बढी सञ्चालन भएका “ग” वर्गका एम्बुलेन्स सञ्चालन गर्न नमिल्ने व्यवस्था रहेकाले हर्नामाडी स्वास्थ्य चौकीको एम्बुलेन्सलाई शववाहनका रूपमा प्रयोग गर्ने प्रस्ताव अघि बढाइएको थियो। सो एम्बुलेन्सलाई २०८२ माघ ४ गतेको निर्णयअनुसार शववाहनका रूपमा हस्तान्तरण गर्न सिफारिस गरिएको थियो। साथै २०८२ माघ १३ गते हेटौंडा उपमहानगरपालिकाले पनि सोही प्रयोजनका लागि सिफारिस गरेको बताइएको छ।

तर एम्बुलेन्स सेवा निर्देशिकामा एम्बुलेन्सलाई शववाहनमा रुपान्तरण गर्ने स्पष्ट प्रावधान उल्लेख नभएकाले प्रक्रिया अघि बढाउन समस्या भएको जनाइएको छ।

सेवा सहयोग र आवाजमा हामीका अध्यक्ष तथा सामाजिक अभियान्ता विशालराज महतले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको जानकारी अनुसार जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी लक्ष्मण घिमिरे र जनस्वास्थ्य प्रशासक किरण श्रेष्ठले आवश्यक कानुनी व्यवस्था भएमा उक्त प्रस्तावलाई माथिल्लो निकायमा पठाउन आफूहरू तयार रहेको बताएका छन्।

सम्बन्धित निकायले आवश्यक कानुनी स्पष्टता दिएमा हेटौंडा अस्पतालमा देखिएको शववाहन अभावको समस्या समाधान हुने अपेक्षा गरिएको छ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

सशान्त तामाङ

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6081 लेख
व्यू
आजको मिति
29
April 2026
Wednesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2450 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1088 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 894 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 842 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 765 views

नयाँ समाचार

राप्ती–५ मा भूमिहीन तथा सुकुम्बासीको जग्गा यकिन गर्न…
4 minutes पहिले
ओमानसँग नेपालको भारी हार, DLS का आधारमा १०२…
26 minutes पहिले
स्मार्ट लाइसेन्स छपाइ तीव्र, १२ लाख तयार, थप…
38 minutes पहिले
विपद् पूर्वतयारीमा नेपाली सेना सक्रिय, सुकुम्बासी विवरण संकलनबारे…
7 hours पहिले
सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी दबाबमूलक अभियान…
7 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

राप्ती–५ मा भूमिहीन तथा सुकुम्बासीको जग्गा यकिन गर्न १५ दिने सूचना जारी

4 minutes पहिले 1 views

ओमानसँग नेपालको भारी हार, DLS का आधारमा १०२ रनले पराजित

26 minutes पहिले 37 views

स्मार्ट लाइसेन्स छपाइ तीव्र, १२ लाख तयार, थप १७ लाख छाप्ने तयारी

38 minutes पहिले 43 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya