Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

मनहरी–२ मा नसर्ने रोगको समुदायस्तरिय स्क्रिनिङ्ग, ८५ जनाको स्वास्थ्य परीक्षण

सूर्य सी
रिपोर्टर: सूर्य सी
फाल्गुन २७, २०८२
30 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
मनहरी–२ मा नसर्ने रोगको समुदायस्तरिय स्क्रिनिङ्ग, ८५ जनाको स्वास्थ्य परीक्षण
0 मिनेट पढ्ने
अपडेट: फाल्गुन २७, २०८२
Advertisement

मनहरी, फागुन २७ गते । मकवानपुरको मनहरी गाउँपालिका–२ बुद्धचोकमा नसर्ने रोग पहिचानका लागि समुदाय स्तरमा स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिएको छ। मनहरी गाउँपालिका स्वास्थ्य शाखाद्वारा आयोजित स्वास्थ्य परीक्षण अभियान अन्तर्गत बुधबार उक्त क्षेत्रमा स्क्रिनिङ्ग कार्यक्रम गरिएको हो।

स्क्रिनिङ्ग सेवा मनहरी–२ तिन्तलेस्थित सहिद हिरा स्मृति आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अहेव पर्मिला दङ्गालको नेतृत्वमा सञ्चालन गरिएको स्वास्थ्य शाखाले जनाएको छ। कार्यक्रममा ३० वर्षभन्दा माथिका नागरिकहरूको स्वास्थ्य परीक्षण गरिएको थियो।

स्वास्थ्य परीक्षण अन्तर्गत मधुमेह, उच्च रक्तचाप, मिर्गौला सम्बन्धी समस्या, तौल तथा उचाइको अनुपात जाँच लगायतका परीक्षण गरिएको थियो।

बुधबार सम्पन्न अभियानमा झुल्यान, तिन्तले, घट्टेपाखा, दोभान, गोगनघारी, मेलटोल, भुन्द्रुङ्खोला र टाँडी क्षेत्रका करिब ८५ जना नागरिकले स्वास्थ्य परीक्षण गराएका थिए।

परीक्षणको नतिजा अनुसार केही व्यक्तिमा मधुमेह र उच्च रक्तचापको समस्या देखिएको छ भने केहीमा उचाइ र तौलको अनुपात नमिलेको पाइएको स्वास्थ्यकर्मीहरूले बताएका छन्। यद्यपि परीक्षणका क्रममा मिर्गौला सम्बन्धी रोगको संकेत भने फेला नपरेको जानकारी दिइएको छ।

समुदायस्तरमै रोग पहिचान गरी समयमै उपचारको पहुँच बढाउने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य शाखाले जनाएको छ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

सूर्य सी

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6017 लेख
व्यू
आजको मिति
16
April 2026
Thursday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2432 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1073 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 880 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 821 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 751 views

नयाँ समाचार

बालेन शाहको उदय र जेन–जेड राजनीति: आशा, चुनौती…
9 minutes पहिले
अब २४ घण्टामै सवारी चालक अनुमतिपत्र: नयाँ प्रणाली…
5 hours पहिले
दहेज मुक्त विवाहको स्पष्ट सन्देश दिन उपसभामुख रुवि…
7 hours पहिले
मेची–महाकाली साइकल यात्रामा सफलता पाउने टोलीलाई हेटौडामा सम्मान
21 hours पहिले
अब राहदानी घरमै: हेटौडामा हुलाकमार्फत ‘डोर–टु–डोर’ सेवा सुरु
22 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

बालेन शाहको उदय र जेन–जेड राजनीति: आशा, चुनौती र इतिहासको चेतावनी

9 minutes पहिले 25 views

अब २४ घण्टामै सवारी चालक अनुमतिपत्र: नयाँ प्रणाली कार्यान्वयन

5 hours पहिले 46 views

दहेज मुक्त विवाहको स्पष्ट सन्देश दिन उपसभामुख रुवि कुमारी ठाकुरको आग्रह

7 hours पहिले 52 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya