Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

सर्वोदयको आयोजनामा दृष्टिविहीन व्यक्तिहरूका लागि १० दिने डिजिटल तालिम सुरु

अनिश चौधरी
रिपोर्टर: अनिश चौधरी
चैत्र २६, २०८२
69 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
सर्वोदयको आयोजनामा दृष्टिविहीन व्यक्तिहरूका लागि १० दिने डिजिटल तालिम सुरु
1 मिनेट पढ्ने
अपडेट: चैत्र २६, २०८२
Advertisement

काठमाडौँ,चैत २६ गते । दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूलाई प्रविधिमा दक्ष बनाउँदै रोजगारीका अवसरहरू वृद्धि गर्ने उद्देश्यले महालक्ष्मी विकास बैंकको सहयोगमा समावेशी अक्षर र अनुसन्धान (सर्वोदय) ले १० दिने ‘डिजिटल सामग्री उत्पादन, प्रकाशन तथा प्रसारण’ तालिम सुरु गरेको छ।

जुम एप्लिकेसनमार्फत सञ्चालित कार्यक्रमको पहिलो दिन संस्थाका सूचना प्रविधि विभागका सदस्य आशिर्वाद भट्टराईले सहभागीहरूलाई स्वागत गर्दै प्राविधिक सत्रको व्यवस्थापनबारे जानकारी दिए। वि.सं. २०७६ साल देखि अभियानका रूपमा सक्रिय रहँदै २०८० जेठ १४ गते नवलपरासी सुस्तापूर्वमा औपचारिक रूपमा दर्ता भएको यस संस्थाले सुरुवाती चरणमा शिक्षक सेवा आयोग र लोकसेवा आयोगमा सहभागी दृष्टिविहीन प्रशिक्षार्थीहरूका निम्ति लेखन सहयोगी खोज्दै आएकोमा अहिले आफ्नो कार्यक्षेत्र विस्तार गर्दै कम्प्युटर तालिम, लोकसेवा तयारी कक्षाहरू र वित्तीय समावेशीकरणका विविध कार्यक्रमहरू सञ्चालन गरिरहेको कुरा संस्थाका कोषाध्यक्ष सौगात वाग्लेले कार्यक्रम मार्फत जानकारी गराए।

​काठमाडौँ र नवलपरासीलाई मुख्य कार्यक्षेत्र बनाएको सर्वोदयले पछिल्लो समय प्रविधि र आत्मनिर्भरतालाई जोडेर २३ जना दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूको सहभागितामा यो विशेष तालिम आयोजना गरेको हो। कार्यक्रम मार्फत सहभागीहरूले गुगल डक्स, माइक्रोसफ्ट एक्सेल र आधुनिक आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) को प्रयोगबारे प्रयोगात्मक जानकारी प्राप्त गर्नेछन्। यसका साथै अडियो एडिटिङ, युट्युब एकाउन्ट निर्माण तथा फेसबुक र टिकटक जस्ता सोसल मिडियामा पहुँचयुक्त कन्टेन्ट क्रिएसन गरी सही ह्याशट्यागका साथ पोस्टिङ्ग गर्ने सीपसमेत प्रदान गरिने विषयमा कोषाध्यक्ष वाग्लेले थप जानकारी दिए।

​दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूलाई डिजिटल मञ्चमा आत्मनिर्भर बनाउने यो अभियानले उनीहरूको सिर्जनात्मक क्षमतालाई व्यावसायिक रूप दिन र रोजगारीका नयाँ ढोकाहरू खोल्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

अनिश चौधरी

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

5994 लेख
व्यू
आजको मिति
10
April 2026
Friday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2422 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1066 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 873 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 814 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 743 views

नयाँ समाचार

हेटौंडामा आधुनिक फलफूल खेतीको विस्तार: मेवा र ड्रागन…
15 hours पहिले
सर्वोदयको आयोजनामा दृष्टिविहीन व्यक्तिहरूका लागि १० दिने डिजिटल…
15 hours पहिले
सम्पत्ति शुद्धिकरण अनुसन्धानबारे शेरबहादुर देउवाको प्रतिक्रिया: ‘भ्रामक प्रचारबाट…
2 days पहिले
हेटौँडाको हुप्राचौर ‘नमुना खुल्ला चौर’ बन्ने तयारीमा, ३…
2 days पहिले
शैक्षिक संस्थामा दुर्व्यवहारविरुद्ध ‘शून्य सहनशीलता’ नीति: सस्मित पोखरेलद्वारा…
2 days पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

हेटौंडामा आधुनिक फलफूल खेतीको विस्तार: मेवा र ड्रागन फ्रुटबाट आर्थिक उन्नतिको नयाँ आधार

15 hours पहिले 60 views

सम्पत्ति शुद्धिकरण अनुसन्धानबारे शेरबहादुर देउवाको प्रतिक्रिया: ‘भ्रामक प्रचारबाट भ्रमित नहुन आग्रह’

2 days पहिले 44 views

हेटौँडाको हुप्राचौर ‘नमुना खुल्ला चौर’ बन्ने तयारीमा, ३ करोड बजेटसहित मास्टर प्लान अन्तिम चरणमा

2 days पहिले 38 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya