Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

समानुपातिकतर्फ मतगणना सम्पन्न : ६ दलले पाए प्रतिनिधिसभामा सिट

रेडियो भरोसा अनलाईन
रिपोर्टर: रेडियो भरोसा अनलाईन
फाल्गुन २८, २०८२
97 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
समानुपातिकतर्फ मतगणना सम्पन्न : ६ दलले पाए प्रतिनिधिसभामा सिट
0 मिनेट पढ्ने
अपडेट: फाल्गुन २८, २०८२
Advertisement

काठमाडौँ, फागुन २८ गते । निर्वाचन आयोग नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको सम्पूर्ण मतगणना सम्पन्न भएको जनाएको छ। आयोगका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका सबै १६५ निर्वाचन क्षेत्रमा अन्तिम मतपरिणाम सार्वजनिक गरी विजयी उम्मेदवारहरूलाई प्रमाणपत्र प्रदान गरिसकिएको छ।

सम्वत् २०८२ साल फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता रहेकामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ १ करोड ११ लाख ६८ हजार ३२ मत खसेको थियो। तीमध्ये १ करोड ५ लाख ५९ हजार १७ अर्थात् ९४ दशमलव ५५ प्रतिशत मत सदर भएको आयोगले जनाएको छ।

त्यसैगरी समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड १२ लाख ८० हजार ६ सय १७ मत खसेको थियो। त्यसमध्ये १ करोड ८ लाख ३५ हजार २५ अर्थात् ९६ दशमलव ०५ प्रतिशत मत सदर भएको आयोगको विवरणमा उल्लेख छ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६० अनुसार समानुपातिकतर्फको मतगणना सम्पन्न गरी प्राप्त कुल सदर मतका आधारमा सिट बाँडफाँट गरिएको आयोगले जनाएको छ। प्रचलित निर्वाचन कानुन अनुसार ३ प्रतिशत थ्रेसहोल्ड पार गर्ने ६ राजनीतिक दलले समानुपातिकतर्फ सिट प्राप्त गरेका छन्।

आयोगका अनुसार दलहरूले प्राप्त गरेको सिट संख्या यसप्रकार छः

राष्ट्रिय स्वतन्त्र पार्टी – ५७ सिट

नेपाली कांग्रेस – २० सिट

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) – १६ सिट

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) – ९ सिट

श्रम संस्कृति पार्टी – ४ सिट

राष्ट्रिय प्रजातन्त्र पार्टी – ४ सिट

आयोगले प्राप्त सिट सङ्ख्याअनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली २०७४ तथा समानुपातिक निर्वाचन निर्देशिका २०८२ अनुसार ३ दिनभित्र निर्वाचित हुने उम्मेदवारहरूको नाम छनोट गरी आयोगमा पेश गर्न सम्बन्धित राजनीतिक दलहरूलाई पत्राचार गरिसकेको जनाएको छ।

आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराई ले जारी गरेको प्रेस विज्ञप्तिमा समानुपातिकतर्फको प्रक्रिया कानुनअनुसार अघि बढाइएको उल्लेख गरिएको छ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाईन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6081 लेख
व्यू
आजको मिति
29
April 2026
Wednesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2450 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1088 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 894 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 842 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 765 views

नयाँ समाचार

राप्ती–५ मा भूमिहीन तथा सुकुम्बासीको जग्गा यकिन गर्न…
3 minutes पहिले
ओमानसँग नेपालको भारी हार, DLS का आधारमा १०२…
26 minutes पहिले
स्मार्ट लाइसेन्स छपाइ तीव्र, १२ लाख तयार, थप…
37 minutes पहिले
विपद् पूर्वतयारीमा नेपाली सेना सक्रिय, सुकुम्बासी विवरण संकलनबारे…
7 hours पहिले
सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी दबाबमूलक अभियान…
7 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

राप्ती–५ मा भूमिहीन तथा सुकुम्बासीको जग्गा यकिन गर्न १५ दिने सूचना जारी

3 minutes पहिले 1 views

ओमानसँग नेपालको भारी हार, DLS का आधारमा १०२ रनले पराजित

26 minutes पहिले 37 views

स्मार्ट लाइसेन्स छपाइ तीव्र, १२ लाख तयार, थप १७ लाख छाप्ने तयारी

37 minutes पहिले 43 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya