Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

धुलो–धुवाँ नियन्त्रण नगरे आन्दोलन: शिवम सिमेन्टविरुद्ध स्थानीय आक्रोश, समिति गठन नभएको भन्दै आन्दोलनको चेतावनी

सशान्त तामाङ
रिपोर्टर: सशान्त तामाङ
फाल्गुन २९, २०८२
111 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
धुलो–धुवाँ नियन्त्रण नगरे आन्दोलन: शिवम सिमेन्टविरुद्ध स्थानीय आक्रोश, समिति गठन नभएको भन्दै आन्दोलनको चेतावनी
1 मिनेट पढ्ने
अपडेट: फाल्गुन २९, २०८२
Advertisement

हेटौंडा, फागुन २९ गते । शिवम सिमेन्ट उद्योगबाट हुने धुलो–धुवाँ नियन्त्रणको माग गर्दै स्थानीय बासिन्दाले पुनः आन्दोलनको चेतावनी दिएका छन्। सेवा सहयोग र आवाजका अध्यक्ष तथा सामाजिक अभियान्ता विशालराज महतले सामाजिक सञ्जाल फेसबुक मार्फत उद्योग र जन-प्रतिनिधिप्रति असन्तुष्टि जनाउँदै अब आन्दोलनको तयारीमा रहेको बताएका हुन्।

महतका अनुसार पटक–पटक खबरदारी गरिएपछि शिवम सिमेन्टका प्रतिनिधिसँग दुई पटकसम्म स्पष्ट छलफल भएको थियो। सो छलफलमा उद्योगका प्रतिनिधि, स्थानीय पीडित बासिन्दा, जनप्रतिनिधि तथा पत्रकारहरूको उपस्थितिमा धुलो–धुवाँ नियन्त्रणका विषयमा समाधान खोज्ने सहमति भएको थियो।

तर उद्योगका तर्फबाट निरन्तर आलटाल मात्र भएको आरोप महतले लगाएका छन्। उद्योगले प्रभावकारी कदम नचालेपछि स्थानीय बासिन्दाको उपस्थितिमा आन्दोलनको घोषणा गरिएको उनले उल्लेख गरेका छन्।

त्यसपछि बागमती प्रदेशका मुख्यमन्त्रीको ध्यानाकर्षण भएपछि उनकै रोहवरमा पुनः छलफल भएको थियो। सो बैठकमा स्थानीय सरकार तथा वडा कार्यालयको रोहवरमा ७ सदस्यीय समिति गठन गरी वार्ता, अनुगमन तथा आवश्यक सल्लाह दिने सहमति भएको थियो।

तर विडम्बना, हालसम्म उक्त समिति गठन भएको जानकारी स्थानीयलाई प्राप्त नभएको महतको भनाइ छ। उनले वडा अध्यक्ष उद्धव सत्याललाई पटक–पटक फोन गरेर समिति गठन गर्न आग्रह गरे पनि हालसम्म कुनै सम्पर्क वा पहल नभएको बताएका छन्।

स्थानीयको मत लिएर निर्वाचित जनप्रतिनिधि यस विषयमा मौन बसेको भन्दै महतले आश्चर्य व्यक्त गरेका छन्। उनले “हुन्छ भन्ने तर काम नगर्ने प्रवृत्तिले स्थानीयको विश्वासमाथि खेलवाड गरेको” आरोप लगाएका छन्।

महतका अनुसार यति लामो समयसम्म एउटा समिति समेत गठन हुन नसक्नु गम्भीर विषय भएको बताउँदै अब स्थानीय चुप लागेर नबस्ने र आन्दोलनको तयारीमा रहेको जनाएका छन्।

“शिवमको शक्ति बलियो कि हाम्रो आवाज, यसको उत्तर अब समयले दिनेछ,” उनले सामाजिक सञ्जालमार्फत चेतावनी दिएका छन्।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

सशान्त तामाङ

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6081 लेख
व्यू
आजको मिति
29
April 2026
Wednesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2450 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1088 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 894 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 842 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 765 views

नयाँ समाचार

राप्ती–५ मा भूमिहीन तथा सुकुम्बासीको जग्गा यकिन गर्न…
3 minutes पहिले
ओमानसँग नेपालको भारी हार, DLS का आधारमा १०२…
25 minutes पहिले
स्मार्ट लाइसेन्स छपाइ तीव्र, १२ लाख तयार, थप…
37 minutes पहिले
विपद् पूर्वतयारीमा नेपाली सेना सक्रिय, सुकुम्बासी विवरण संकलनबारे…
7 hours पहिले
सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी दबाबमूलक अभियान…
7 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

राप्ती–५ मा भूमिहीन तथा सुकुम्बासीको जग्गा यकिन गर्न १५ दिने सूचना जारी

3 minutes पहिले 1 views

ओमानसँग नेपालको भारी हार, DLS का आधारमा १०२ रनले पराजित

25 minutes पहिले 37 views

स्मार्ट लाइसेन्स छपाइ तीव्र, १२ लाख तयार, थप १७ लाख छाप्ने तयारी

37 minutes पहिले 43 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya