Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

हेटौँडा–४ का टोल विकास संस्थाको संयुक्त बैठक सम्पन्न, सडक सरसफाइदेखि क्षमता अभिवृद्धिसम्मका सात महत्वपूर्ण निर्णय

सशान्त तामाङ
रिपोर्टर: सशान्त तामाङ
फाल्गुन ३०, २०८२
88 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
हेटौँडा–४ का टोल विकास संस्थाको संयुक्त बैठक सम्पन्न, सडक सरसफाइदेखि क्षमता अभिवृद्धिसम्मका सात महत्वपूर्ण निर्णय
0 मिनेट पढ्ने
अपडेट: फाल्गुन ३०, २०८२
Advertisement

हेटौँडा, फागुन ३० गते । हेटौँडा उपमहानगरपालिका–४ मा रहेका टोल विकास संस्थाहरूको संयुक्त बैठक महत्वपूर्ण निर्णयसहित सम्पन्न भएको छ। शुक्रबार (फागुन ३०, २०८२) सम्पन्न बैठकले वडाभित्रको विकास, सरसफाइ, तालिम तथा टोल व्यवस्थापनलाई प्रभावकारी बनाउन विभिन्न सात निर्णय गरेको हो।

बैठकले वडाभित्र रहेका सबै सडकलाई सरसफाइ गर्दै कच्ची, खाल्डाखुल्टी, हिलो तथा धुलोमुक्त बनाउने गरी आर्थिक वर्ष २०८२ भित्र वडा कार्यालयको योजना कार्यान्वयन गर्न पहल गर्ने निर्णय गरेको छ।

यस्तै, आगामी चैत १२ गते वडा नम्बर ४ को आयोजनामा तथा टोल विकास संस्था नगर समन्वय समितिको व्यवस्थापनमा “भान्सा नै औषधालय” कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको छ। उक्त कार्यक्रममा वडा नम्बर ४ भित्रका सबै टोल विकास संस्थाहरूको सहभागिता रहने जनाइएको छ।

बैठकले वडा कार्यालयको समन्वयमा सञ्चालन हुन गइरहेको निःशुल्क मन्टेश्वरी तथा कुक तालिममा सूचनाको मापदण्ड अनुसार प्रशिक्षार्थी सहभागी गराउने निर्णय पनि गरेको छ।

त्यसैगरी आगामी वैशाख महिनामा टोल विकास संस्थाहरूको क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने, निर्माणाधीन रजत जयन्ती रोडको अधुरो काम अगाडि बढाउन सम्बन्धित निर्माण व्यवसायी तथा कार्यालयसँग पहल गर्ने लगायतका निर्णय गरिएको छ।

टोल सरसफाइ तथा टोलमा देखिने स–साना समस्याहरू समाधानका लागि प्रत्येक टोल विकास संस्थाले आफ्ना कार्यक्षेत्रमा अध्ययन तथा पहल गर्ने र अवधि पुगेका तर साधारणसभा गर्न बाँकी रहेका टोल विकास संस्थाहरूले तत्काल साधारणसभा आयोजना गर्ने निर्णय समेत बैठकले गरेको छ।

हेटौँडा–४ मा हाल २६ वटा टोल विकास संस्था सक्रिय रहेका छन्।

बैठकमा वडा अध्यक्ष नवीन सिग्देल, वडा सदस्य गीता त्रिपाठी, सदस्य जग्गनाथ पाण्डे, टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव अधिकारी, महासचिव शिवहरी दाहाल, टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष राजेन्द्रकुमार बस्ताकोटी, वडा कार्यालयका सचिव रामप्रसाद गुरागाईं तथा वडाभित्रका टोल विकास संस्थाका अध्यक्ष तथा पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

सशान्त तामाङ

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6081 लेख
व्यू
आजको मिति
29
April 2026
Wednesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2450 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1088 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 894 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 842 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 765 views

नयाँ समाचार

राप्ती–५ मा भूमिहीन तथा सुकुम्बासीको जग्गा यकिन गर्न…
2 minutes पहिले
ओमानसँग नेपालको भारी हार, DLS का आधारमा १०२…
24 minutes पहिले
स्मार्ट लाइसेन्स छपाइ तीव्र, १२ लाख तयार, थप…
36 minutes पहिले
विपद् पूर्वतयारीमा नेपाली सेना सक्रिय, सुकुम्बासी विवरण संकलनबारे…
7 hours पहिले
सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी दबाबमूलक अभियान…
7 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

राप्ती–५ मा भूमिहीन तथा सुकुम्बासीको जग्गा यकिन गर्न १५ दिने सूचना जारी

2 minutes पहिले 1 views

ओमानसँग नेपालको भारी हार, DLS का आधारमा १०२ रनले पराजित

24 minutes पहिले 37 views

स्मार्ट लाइसेन्स छपाइ तीव्र, १२ लाख तयार, थप १७ लाख छाप्ने तयारी

36 minutes पहिले 43 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya