Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

अन्तर्राष्ट्रिय तनावको असर: नेपालमा पेट्रोलमा १५ र डिजेल–मट्टितेलमा १० रुपैयाँ वृद्धि

रेडियो भरोसा अनलाईन
रिपोर्टर: रेडियो भरोसा अनलाईन
चैत्र १, २०८२
80 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
अन्तर्राष्ट्रिय तनावको असर: नेपालमा पेट्रोलमा १५ र डिजेल–मट्टितेलमा १० रुपैयाँ वृद्धि
0 मिनेट पढ्ने
अपडेट: चैत्र १, २०८२
Advertisement

काठमाडौं, चैत्र १ गते । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको निरन्तर वृद्धि तथा पछिल्लो समय देखिएको अन्तर्राष्ट्रिय राजनीतिक तनावका कारण नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढाइएको छ। नेपाल आयल निगम लिमिटेड ले पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्य वृद्धि गरेको जनाएको छ। नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जानकारी दिएको छ।

निगमका अनुसार मूल्य समायोजनपछि तेस्रो वर्ग अन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५२ रुपैयाँ पुगेको छ। त्यस्तै दोस्रो वर्ग अन्तर्गत पर्ने दाङ र सुर्खेतमा पेट्रोलको मूल्य १७१ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १५१ रुपैयाँ निर्धारण गरिएको छ।

यस्तै पहिलो वर्ग अन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १६९ रुपैयाँ ५० पैसा तथा डिजेल–मट्टितेलको मूल्य प्रतिलिटर १४९ रुपैयाँ ५० पैसा कायम गरिएको निगमले जनाएको छ।

निगमका अनुसार मध्यपूर्व तथा पश्चिम एसियामा देखिएको तनाव र युद्धको वातावरणले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा अत्यधिक उतार–चढाव आएको छ। विशेषगरी अमेरिका–इजरायल–इरानबीच देखिएको तनावका कारण अन्तर्राष्ट्रिय बजार प्रभावित हुँदा त्यसको असर नेपालमा आयात हुने पेट्रोलियम पदार्थमा समेत परेको निगमको भनाइ छ।

नेपाल जस्तो पेट्रोलियम पदार्थको आफ्नै स्रोत नभएको मुलुकमा अन्तर्राष्ट्रिय बजारको मूल्य वृद्धिले आपूर्ति तथा मूल्य व्यवस्थापनमा थप दबाब सिर्जना गर्ने गरेको निगमले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढिरहँदा मूल्य समायोजन नगरेमा भारतीय आयल कर्पोरेसनलाई तिर्नुपर्ने भुक्तानीमा समस्या आउनुका साथै आपूर्ति व्यवस्थामा अवरोध आउने सम्भावना रहने निगमको भनाइ छ।

निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यस विषम परिस्थितिबीच नेपाल आयल निगम लिमिटेडले बाध्यतावश पेट्रोलियम पदार्थको मूल्य अपेक्षाभन्दा बढाउनुपरेको छ। यसबाट आम उपभोक्ता तथा सरोकारवालामा पर्ने असरप्रति निगम सचेत र संवेदनशील छ।”

निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेमा स्वदेशमा पनि मूल्य घटाउने प्रतिबद्धता दोहोर्याउँदै उपभोक्ता तथा सरोकारवालासँग सहयोगको अपेक्षा गरेको छ। साथै हालको मूल्य समायोजनपछि पनि निगमले मासिक रूपमा ठूलो आर्थिक भार व्यहोर्नु परेको जनाएको छ।

नेपाल आयल निगम लिमिटेडले जारी गरेको मूल्य वृद्धिको प्रेस विज्ञप्ति यस्तो छ हेर्नुहोस्। 

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाईन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6081 लेख
व्यू
आजको मिति
29
April 2026
Wednesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2450 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1088 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 894 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 842 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 765 views

नयाँ समाचार

राप्ती–५ मा भूमिहीन तथा सुकुम्बासीको जग्गा यकिन गर्न…
3 minutes पहिले
ओमानसँग नेपालको भारी हार, DLS का आधारमा १०२…
25 minutes पहिले
स्मार्ट लाइसेन्स छपाइ तीव्र, १२ लाख तयार, थप…
37 minutes पहिले
विपद् पूर्वतयारीमा नेपाली सेना सक्रिय, सुकुम्बासी विवरण संकलनबारे…
7 hours पहिले
सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी दबाबमूलक अभियान…
7 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

राप्ती–५ मा भूमिहीन तथा सुकुम्बासीको जग्गा यकिन गर्न १५ दिने सूचना जारी

3 minutes पहिले 1 views

ओमानसँग नेपालको भारी हार, DLS का आधारमा १०२ रनले पराजित

25 minutes पहिले 37 views

स्मार्ट लाइसेन्स छपाइ तीव्र, १२ लाख तयार, थप १७ लाख छाप्ने तयारी

37 minutes पहिले 43 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya