Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

यातायात ट्रायलमा अपारदर्शिता बढेको आरोप : ‘जनआवाज अभियान’द्वारा सुधारको माग

सशान्त तामाङ
रिपोर्टर: सशान्त तामाङ
चैत्र १०, २०८२
96 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
यातायात ट्रायलमा अपारदर्शिता बढेको आरोप : ‘जनआवाज अभियान’द्वारा सुधारको माग
1 मिनेट पढ्ने
अपडेट: चैत्र १०, २०८२
Advertisement

हेटौँडा, चैत १० गते । यातायात व्यवस्था कार्यालयहरूमा सञ्चालन हुने सवारी चालक अनुमति पत्र (लाइसेन्स) ट्रायल परीक्षणमा पारदर्शिताको अभाव भएको भन्दै व्यापक गुनासो उठ्न थालेको छ। सेवाग्राहीहरूले ट्रायल प्रक्रियामा सीसी क्यामरा फुटेज हेर्न शुल्क तिर्नुपर्ने, आफ्नै सवारी साधन प्रयोग गर्न नपाइने र परीक्षण प्रक्रियाबारे स्पष्ट जानकारी नदिइने जस्ता समस्याहरू रहेको बताएका छन्।

यिनै गुनासाहरूलाई उजागर गर्दै ‘जनआवाज अभियान’ले यातायात कार्यालयहरूको ध्यानाकर्षण गराउने जनाएको छ। अभियानका अध्यक्ष तथा सामाजिक अभियन्ता विशालराज महतले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै हालको व्यवस्था सेवाग्राहीको सूचनाको हक तथा मौलिक हक विपरीत भएको उल्लेख गरेका छन्।

उनका अनुसार नेपालको संविधान तथा सूचनाको हकसम्बन्धी ऐनले नागरिकलाई सार्वजनिक सेवासम्बन्धी जानकारी पाउने स्पष्ट अधिकार दिएको छ। तर, ट्रायल परीक्षणजस्तो संवेदनशील प्रक्रियामा पारदर्शिता नहुनु र जानकारी प्राप्त गर्न समेत शुल्क तिर्नुपर्ने अवस्था गम्भीर विषय भएको उनले बताएका छन्।

अभियानले सुधारका लागि केही प्रमुख मागहरू अघि सारेको छ। जसअनुसार ट्रायल स्थलमा लाइभ मोनिटरको व्यवस्था गर्नुपर्ने, सीसी क्यामरा फुटेज निःशुल्क उपलब्ध गराइनुपर्ने, सेवाग्राहीलाई आफ्नै सवारी साधन प्रयोग गर्न दिनुपर्ने तथा टिकट घर (Token System) को स्पष्ट व्यवस्था गर्नुपर्ने माग गरिएको छ।

‘जनआवाज अभियान’ले यस्ता समस्याहरूलाई समाधान गर्न सम्बन्धित निकायले चाँडो पहल गर्नुपर्नेमा जोड दिएको छ। “जनताको पक्षमा, अन्यायको विरुद्धमा” भन्ने मूल नाराका साथ सञ्चालन भइरहेको यस अभियानले सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि निरन्तर खबरदारी गर्ने जनाएको छ।

हालका दिनहरूमा सार्वजनिक सेवामा देखिएको अपारदर्शिता र ढिलासुस्तीप्रति जनस्तरबाट आवाज उठ्न थालेको सन्दर्भमा यस्तो पहललाई सकारात्मक रूपमा हेरिएको छ। सम्बन्धित निकायले समयमै ध्यान दिएमा सेवाग्राहीको विश्वास पुनःस्थापित हुने अपेक्षा गरिएको छ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

सशान्त तामाङ

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6098 लेख
व्यू
आजको मिति
03
May 2026
Sunday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2458 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1091 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 899 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 846 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 768 views

नयाँ समाचार

सुकुम्बासी बस्तीमा ‘डोजर आतंक’ विरुद्ध एमाले बागमतीको कडा…
15 hours पहिले
राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी, स्वास्थ्य, विश्वविद्यालय र सार्वजनिक…
16 hours पहिले
तारकेश्वर–१० मा शंकास्पद तरल पदार्थ छरिँदा स्थानीय त्रसित,…
2 days पहिले
सर्लाही अदालतद्वारा राम बहादुर बोम्जनलाई सफाइ, थुनामुक्त
2 days पहिले
शिवम् सिमेन्टविरुद्ध आन्दोलनको घोषणा: “जनताको स्वास्थ्यसँग खेलवाड अब…
2 days पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

सुकुम्बासी बस्तीमा ‘डोजर आतंक’ विरुद्ध एमाले बागमतीको कडा आपत्ति, वैकल्पिक आवासको तत्काल माग

15 hours पहिले 69 views

राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी, स्वास्थ्य, विश्वविद्यालय र सार्वजनिक पदाधिकारी सम्बन्धी कानुन संशोधन

16 hours पहिले 43 views

तारकेश्वर–१० मा शंकास्पद तरल पदार्थ छरिँदा स्थानीय त्रसित, स्वास्थ्य समस्या देखिन थाल्यो

2 days पहिले 61 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya