Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

हेटौडा यातायात कार्यालयमा पारदर्शिता माग्दै ‘सेवा सहयोग र आवाजमा हामी’ को ध्यानाकर्षण

सशान्त तामाङ
रिपोर्टर: सशान्त तामाङ
चैत्र १९, २०८२
77 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
हेटौडा यातायात कार्यालयमा पारदर्शिता माग्दै ‘सेवा सहयोग र आवाजमा हामी’ को ध्यानाकर्षण
0 मिनेट पढ्ने
अपडेट: चैत्र १९, २०८२
Advertisement

हेटौडा, चैत १९ गते । सेवा सहयोग र आवाजमा हामीले यातायात व्यवस्था कार्यालय हेटौडामा भइरहेको सेवाप्रवाहप्रति गम्भीर ध्यानाकर्षण गराउँदै पारदर्शिता र सेवाग्राहीमैत्री व्यवस्थाको माग गरेको छ।

संस्थाका अध्यक्ष विशाल राज महतले कार्यालय प्रमुखलाई बुझाएको ध्यानाकर्षण पत्रमा ड्राइभिङ लाइसेन्सको ट्रायल परीक्षण प्रक्रियामा देखिएका विभिन्न समस्याहरू औंल्याइएको छ। पत्रमा ट्रायल स्थलमा जडान गरिएका सिसी क्यामेराको फुटेज कर्मचारीले मात्र हेर्न पाउने र सेवाग्राहीले आफ्नो पास–फेल नतिजा हेर्न शुल्क तिर्नुपर्ने प्रावधानले पारदर्शितामा प्रश्न उठाएको उल्लेख गरिएको छ।

सेवा सहयोग र आवाजमा हामीले यस्तो व्यवस्था रहँदा अनियमितता र मनपरी हुने सम्भावना बढ्ने भन्दै सिसी क्यामेराको लाइभ दृश्य सेवाग्राहीले प्रत्यक्ष हेर्न पाउने व्यवस्था गर्न माग गरेको छ। सार्वजनिक रूपमा मोनिटर राखी सबैले सहज रूपमा हेर्न सक्ने वातावरण बनाइनुपर्ने उनीहरूको भनाइ छ। यसलाई नेपालको संविधान २०७२ को धारा २७ तथा सूचनाको हक सम्बन्धी ऐन २०६४ अनुसार नागरिकको मौलिक हकसँग जोडिएको विषय भएको पनि संस्थाले उल्लेख गरेको छ।

त्यसैगरी, ट्रायल परीक्षणमा आफ्नै सवारी साधन प्रयोग गर्न नदिने प्रावधानलाई पनि संस्थाले अव्यावहारिक भन्दै हटाउन माग गरेको छ। आफ्नै साधनमा अभ्यास गरेका सेवाग्राहीले त्यही साधन प्रयोग गर्दा परीक्षण अझ यथार्थपरक हुने तर्क गरिएको छ।

निवेदन प्रक्रिया सम्बन्धमा पनि समस्या औंल्याउँदै संस्थाले निवेदन आफैं लेख्न चाहने सेवाग्राहीका लागि टिकट अनिवार्य गरिनु झन्झटपूर्ण भएको बताएको छ। यसका लागि यातायात कार्यालयमै टिकट काउन्टरको व्यवस्था गर्नुपर्ने माग गरिएको छ, जसले सेवाग्राहीलाई सहजता प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।

संस्थाले आफ्ना मागहरूमा ट्रायल स्थलमा सार्वजनिक मोनिटर जडान, सिसी क्यामेरा फुटेज हेर्न शुल्क खारेज, पारदर्शी नीति लागू, आफ्नै सवारी साधन प्रयोगको अनुमति तथा टिकट घरको व्यवस्था तुरुन्त कार्यान्वयन गर्न आग्रह गरेको छ।

यदि यी मागहरू सम्बोधन नभए थप संघर्षका कार्यक्रम अघि बढाउने चेतावनी समेत संस्थाले दिएको छ। सम्बन्धित निकायको सकारात्मक पहलको अपेक्षा गरिएको छ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

सशान्त तामाङ

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6061 लेख
व्यू
आजको मिति
26
April 2026
Sunday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2449 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1084 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 893 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 838 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 763 views

नयाँ समाचार

बागमती प्रदेशमा हाजिरी विवरण ३ दिनभित्र बुझाउन कडाइ,…
2 days पहिले
एक्काइस दृष्टिविहीन बने मुद्रित पुस्तक पढ्न सक्षम
2 days पहिले
सार्वजनिक खरिद प्रणाली ह्याक प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डे…
2 days पहिले
खोला किनारका बस्ती सुरक्षित स्थानान्तरण गरिने: प्रधानमन्त्री बालेन्द्र…
2 days पहिले
हेटौँडामा जनजाति संग्रहालय सञ्चालनको तयारी अन्तिम चरणमा, असार…
3 days पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

बागमती प्रदेशमा हाजिरी विवरण ३ दिनभित्र बुझाउन कडाइ, विद्युतीय प्रणाली अनिवार्य

2 days पहिले 49 views

एक्काइस दृष्टिविहीन बने मुद्रित पुस्तक पढ्न सक्षम

2 days पहिले 110 views

सार्वजनिक खरिद प्रणाली ह्याक प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ

2 days पहिले 46 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya