Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

सम्मानको माला र कारबाहीको काँडा : हेटौंडामा बिशाल महतलाई एउटै समाजका दुई अनुहार

सशान्त तामाङ
रिपोर्टर: सशान्त तामाङ
बैशाख १, २०८३
60 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
सम्मानको माला र कारबाहीको काँडा : हेटौंडामा बिशाल महतलाई एउटै समाजका दुई अनुहार
0 मिनेट पढ्ने
अपडेट: बैशाख १, २०८३
Advertisement

हेटौंडा,बैशाख १ गते । एउटै व्यक्तिलाई एउटै समाजले फरक–फरक तराजुमा जोखेको दृश्य यतिबेला हेटौंडामा देखिएको छ। सामाजिक अभियन्ताका रूपमा चिनिएका बिशाल राज महतलाई एकातिर सम्मान गरिएको छ भने अर्कोतिर कारबाहीको सिफारिस गरिएको छ।

हेटौंडा उपमहानगरपालिका वडा नं. ५ को भवन उद्घाटन कार्यक्रममा महतलाई विशेष सम्मान गरिएको थियो। अनियमितता, बेथिति र भ्रष्टाचारविरुद्ध निरन्तर आवाज उठाउँदै आएका, बिरामीको सहारा बन्ने, विद्यार्थीको अभिभावक जस्तो भूमिका निर्वाह गर्ने र जनताको पक्षमा खबरदारी गर्ने कार्यको कदरस्वरूप उनलाई माला र खादा ओढाएर सम्मान गरिएको हो।

तर सम्मानको माहोल सेलाउन नपाउँदै अर्को पाटोबाट उनको विरोध सुरु भएको छ। पछिल्लो समय हेटौंडा–काठमाडौं भिमफेदी सुरुङ मार्गमा जनताको लगानी डुबेको भन्दै “फिर्ता गर” अभियान चलाउँदै आएका महतलाई राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरले संगठित सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको छ।

यस घटनाले अहिले स्थानीयस्तरमा गम्भीर बहस जन्माएको छ। जनताको पैसा फिर्ता माग्नु र बेथिति विरुद्ध बोल्नु अपराध हो कि राजनीतिक अनुशासन उल्लङ्घन भन्ने प्रश्न उठ्न थालेको छ।

अझ रोचक कुरा के छ भने, एकातिर सम्मानित महतलाई सम्भावित भावी मेयरका रूपमा हेरिँदै आएको छ भने अर्कोतिर आफ्नै राजनीतिक वृत्तबाट कारबाहीको सिफारिस हुनु विरोधाभासपूर्ण देखिएको छ।

स्थानीय स्रोतका अनुसार आसन्न निर्वाचन नजिकिँदै जाँदा महतको सक्रियता केही राजनीतिक पात्रहरूका लागि असहज बन्दै गएको चर्चा छ। यही कारण उनलाई एकातिर उचाल्ने र अर्कोतिर दबाउने प्रयास भइरहेको आकलन गरिएको छ।

अन्ततः प्रश्न भने यथावत् छ—यो समाजले आवाज उठाउनेलाई सम्मान गर्ने हो कि चुप लाग्न सिकाउने? कि अब दुवै प्रक्रिया सँगसँगै चल्ने नयाँ अभ्यासको सुरुवात यही हो?

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

सशान्त तामाङ

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6008 लेख
व्यू
आजको मिति
14
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2428 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1068 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 876 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 818 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 746 views

नयाँ समाचार

सम्मानको माला र कारबाहीको काँडा : हेटौंडामा बिशाल…
5 hours पहिले
नारायणगढ–बुटवल सडक ढिलाइप्रति गृहमन्त्री गुरुङ असन्तुष्ट, १५ दिनभित्र…
6 hours पहिले
हेटौँडामा आधुनिक कृषिमा जोड: सयपत्री फूल खेतीतर्फ महिला…
2 days पहिले
हेटौँडामा अवैध घरेलु मदिरा भट्टीमा प्रहरी छापा, ९…
2 days पहिले
अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार भएको भन्दै रोशन पोखरेलको रिहाइको…
2 days पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

नारायणगढ–बुटवल सडक ढिलाइप्रति गृहमन्त्री गुरुङ असन्तुष्ट, १५ दिनभित्र काम सक्ने ठेकेदारको प्रतिबद्धता

6 hours पहिले 40 views

हेटौँडामा आधुनिक कृषिमा जोड: सयपत्री फूल खेतीतर्फ महिला कृषकको बढ्दो आकर्षण

2 days पहिले 99 views

हेटौँडामा अवैध घरेलु मदिरा भट्टीमा प्रहरी छापा, ९ हजार लिटर मदिरासहित ४ जना पक्राउ

2 days पहिले 69 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya