Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

इन्डियन आइडलका उपविजेता अमित पललाई नेपाली गीत गाउने रहर

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
चैत्र २५, २०७९
99 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
इन्डियन आइडलका उपविजेता अमित पललाई नेपाली गीत गाउने रहर
1 मिनेट पढ्ने
अपडेट: चैत्र २५, २०७९
Advertisement

काठमाडौं – सन् २००७ मा गायनमा आधारित ‘रियालिटी शो’ ‘इन्डियन आइडल’ का दर्शक नेपालमा समेत बढेका थिए । किनकी उक्त ‘शो’ मा नेपाली मूलका गायक प्रशान्त तामाङ सहभागी हुनुहुन्थ्यो । त्यसअगाडि त्यस किसिमको सहभागिता नभएकाले गायक तामाङका कारण कार्यक्रम नेपालमा लोकप्रिय भइरहेको थियो । नेपालीले विश्वभरबाट भोट गरेर गायक तामाङलाई विजेता बनाउन सफल भए । त्यही शोको उपविजेता हुनुहुन्थ्यो अमित पल ।

गायनमा अब्बल पलले गायक तामाङसँगै विश्वका विभिन्न देशमा कन्सर्ट गर्नुभयो । ‘इन्डियन आइडल’ को अन्तिम तीनमा परेका सबैले एकसाथ कार्यक्रम गरेपछि सामीप्यता बढ्यो । गायक पललाई नेपाली चलचित्र ‘दीपशिखा’ बाट गायनको प्रस्ताव आएपछि गीत गाउनुभयो । उहाँ नेपालमा काठमाडौँसँगै पोखरा, चितवनलगायतका स्थानमा आयोजित कार्यक्रममा सहभागिता जनाउनुभयो ।“मैले बाल्यकालमा धेरै नेपाली गीत सुनेको छु । ‘कान्छी रे कान्छी रे’, ‘रातो रानी फूले झैँ साँझमा’ लगायतका गीत सुनेर खाना खान्थेँ । कन्सर्टमा घुमेपछि अझै नेपालीलाई बुझ्ने मौका पाएँ”, गायक पलले भन्नुभयो, “नेपाली गीत प्रस्ताव हुँदा गाएँ । साङ्गीतिक कार्यक्रम प्रस्ताव हुँदा नेपाल आएँ । नेपाल र नेपालीबाट पाएको मायालाई व्यक्त गर्ने शब्द मसँग छैन ।”

गायक पल केही दिनअघिदेखि नेपालमा हुनुहुन्छ । प्राय साङ्गीतिक कार्यक्रमको लागि नेपाल आउने गायक पल यसपटक गायन र नृत्यको एक ठूलो रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’मा सहभागी प्रतियोगीलाई हौसला दिन यहाँ आउनुभएको हो । उहाँसँगै ‘सारेगमपा सिङ्गिङ सुपरस्टार’ का प्रतियोगी गायक कर्मा शेर्पा पनि काठमाडाँैमा हुनुहुन्छ । इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा हाल काठमाडौँमा भइरहेको शोले विश्वभरका नेपालीलाई एउटै मालामा उन्न सफल भएको गायक पलले बताउनुभयो । “ठूलो धनराशि त छ नै साथै अवसर पनि छ । विजेताले विश्व भ्रमण गर्न पाउनुहुनेछ ।

पाश्र्व गायनको अवसर छ । यसले प्रतिभालाई अगाडि बढाउन मदत गर्छ”, गायक पलले भन्नुभयो, “हाम्रो समयमा यस्ता सुविधा थिएनन् ।त्यसैले हामीले बुझ्दा बुझ्दै समय गयो । तर यो शो हेर्दा नेपाली गायनमा धेरै प्रतिभा उदाउने देखेको छु । यसका आयोजकहरु वास्तवमै धन्यवादका पात्र हुन् ।” ‘मेरो भ्वाइस युनिभर्स’ को केही अडिसन र प्रतियोगीसँगको साक्षात्कारपछि उहाँले निर्णायकलाई छान्न मुस्किल हुने देख्नुहुन्छ । उहाँले भन्नुभयो, “प्रतिभा निकै छन् । उनीहरूमा कसलाई राख्ने र निकाल्ने निर्णय लिन सहज छैन किनकी गायन उस्तै छ ।” आफू झैँ गायन वा नृत्यमा भविष्य देख्नेका लागि निर्माण भएको मञ्चकै कारण गायक पल हौसला प्रदान गर्न नेपाल आउनुभएको हो ।

उहाँले गायन र नृत्यमा छानिने पचास÷पचासलाई मञ्चअनुसार तयार गर्न सुझावसमेत दिनुभएको छ । “स्टेजमा गाउनेले नाच्न सक्नुपर्छ । नाच्नेले अभिनय गर्न सक्नुपर्छ । उहाँहरू गायक र नृत्य कलाकार मात्र नभई पर्फमर हुनुपर्छ”, गायक पलले भन्नुभयो । गायक शेर्पाले यस्ता शोमार्फत अवसर पर्खिरहेकाले गन्तव्य पाउने बताउनुभयो । “मैले निकै सङ्घर्ष गरेर सारेगमपा सिङ्गिङ सुपरस्टारसम्म पुगेको थिएँ । मैले पाइरहेको असफलतालाई खुड्किलो बनाएर सफलतासम्मको यात्रा तय गरेको हुँ ।

त्यसैले नेपाल आएर सहभागी प्रतियोगीलाई हौसला दिइरहेको छु”, गायक शेर्पाले भन्नुभयो, “निरन्तरता दिनेलाई यो मञ्चले पहिचान दिनेमा विश्वत छु । छिटै उहाँहरू सपनाको उडान भर्नु हुनेछ ।” नेपाल आएर काठमाडौँ घुमघामसँगै सङ्गीतकर्मीसँग भेटघाटसमेत बढेको छ गायक पलको । केही समय सङ्गीतभन्दा पनि व्यापारमा बढी सक्रिय गायक पलले नेपाली गीतको तयारी गरिरहनुभएको छ । उहाँ नेपालमै गीत तयार गर्ने तयारीमा समेत हुनुहुन्छ । “मैले नेपाली भाषा पनि सिक्दैछु, बोल्दैछु ।

म यही गीत गाउने र भिडियो बनाउने तयारीमा छु । मैले सोचेजस्तो भयो भने नेपालीलाई छिटै उपहारस्वरूप नेपाली गीत दिनेछु”, गायक पलले भन्नुभयो, “मलाई अहिले पनि नेपाली गीत गाउने रहर छ । यहाँबाट प्राप्त मायालाई कदर गर्दै गाउने गीत एउटा मात्र नभई सङ्ग्रह नै हुनेछ । तर अहिले एउटाको मात्र तयारी छ ।”अझै केही दिन नेपालमै रहने गायक पल पशुपतिनाथ र बौद्ध पुग्नुभयो । नेपालमा उहाँलाई थकाली खाना एकदमै मन पर्छ । नेपाली खाना र संस्कृतिसँग अझै नजिक आउन गायक शेर्पाले मद्दत गरिरहनुभएको छ ।

गायक पल र शेर्पा आशावादी हुनुभएको शो ‘मेरो भ्वाइस युनिभर्स’ को यतिखेर ‘साइटलेस’ अडिसन चलिरहेको छ । पचासबढी देशबाट छानिएका एकसय ४० मध्येबाट पचास प्रतियोगी छान्न हाल अडिसन काठमाडौँमा जारी छ । यसपछि ‘मेरो डान्स युनिभर्स’ मा सहभागी प्रतिस्पर्धीबाट पनि पचास सोही प्रक्रियामार्फत छानिने छन् । नृत्यतर्फ एक सय २० नेपाली प्रतिभा फिल्ड अडिसनबाट छनोटमा परेका थिए । ‘मेरो भ्वाइस युनिभर्स’ को निर्णायकमा गायक दीप श्रेष्ठ, सङ्गी

तकार सुरेश अधिकारी, पुष्पन प्रधान, गायिका अञ्जु पन्त र सुजाता वर्मा हुनुहुन्छ । यसैगरी नृत्यतर्फ निर्णायकमा अभिनेत्री मिथिला शर्मा, नृत्यकार शङ्कर विसी, अभिनेता दिलीप रायमाझी, अभिनेत्री केकी अधिकारी र प्रियङ्का कार्की, नरमान राई हुनुहुन्छ । त्यस्तै कार्यक्रमका प्रस्तोतामा अभिनेत्री रिमा विश्वकर्मा, कलाकार सन्दीप क्षेत्री, सञ्चारकर्मी नरेश भट्टराई र सुनिता गुरुङ हुनुहुन्छ । नेपालमा आयोजना गरिएको यो शो अहिलेसम्मकै सबैभन्दा धेरै पुरस्कार राशिको हो । गायन र नृत्य प्रतियोगितामा छानिएकामध्ये प्रथम हुनेले जनही रु एक करोड, दोस्रो हुनेले रु ३० लाख र तृतीय हुनेले रु २० लाख पुरस्कार प्राप्त गर्नेछन् ।

नेपाली मूलका भुटानी अमेरिकी युवा व्यवसायीले नेपाली भाषा, कला र संस्कृतिको संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना गरेको फाउण्डेसनले विश्वमा बसोबास गरिरहेका नेपालीबीच सांस्कृतिक एकता कायम गर्न उक्त गायन र नृत्य प्रतियोगिताको आयोजना गरेको जनाइएको छ ।सो फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले संसारमा छरिएर रहेका नेपालीलाई आफ्नो पुर्खाको देशसँग नेपाली भाषा र कलाका माध्यमबाट पुस्तौँपुस्तासम्म जोड्नका लागि नेपालमै सो प्रतियोगिताको आयोजना गरिएको जानकारी दिनुभयो । रासस

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6040 लेख
व्यू
आजको मिति
21
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2439 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1078 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 884 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 827 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 755 views

नयाँ समाचार

महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली…
16 hours पहिले
“मिडिया ट्रायल र प्रायोजित हल्लाबाट डरिँदैनौं” – गृहमन्त्री…
16 hours पहिले
“२ करोडभन्दा बढी सम्पत्ति खुलाएकाले लुकाउने प्रश्नै उठ्दैन”…
16 hours पहिले
दलित महिला सशक्तिकरण विधेयकमा जोड: हेटौंडाकी मेयर मिना…
17 hours पहिले
गृहमन्त्री माथि उठेका आरोपमा निष्पक्ष छानबिनको माग: जेन…
23 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली गर्न अन्तिम चेतावनी, अटेर गरे कानुनी कारबाही हुने

16 hours पहिले 90 views

“मिडिया ट्रायल र प्रायोजित हल्लाबाट डरिँदैनौं” – गृहमन्त्री सुधन गुरुङ

16 hours पहिले 46 views

“२ करोडभन्दा बढी सम्पत्ति खुलाएकाले लुकाउने प्रश्नै उठ्दैन” – गृहमन्त्री सुधन गुरुङको स्पष्टीकरण

16 hours पहिले 39 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya