Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

आजको राशिफल चैत्र २६ गतेको हेर्नुहोस् !

सशान्त तामाङ
रिपोर्टर: सशान्त तामाङ
चैत्र २६, २०७९
129 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
आजको राशिफल चैत्र २६ गतेको हेर्नुहोस् !
1 मिनेट पढ्ने
अपडेट: चैत्र २६, २०७९
Advertisement

२०७९ चैत २६ गते, आइतवार, ९ अप्रिल २०२३। वैशाख कृष्णपक्ष तृतीया तिथि, ९ः३१ बजेदेखि चतुर्थी। विशाखा नक्षत्र, १४ः०४ बजेदेखि अनुराधा। चन्द्रराशि– तुला, ८ः०८ बजेदेखि वृश्चिक।

१) मेष:- (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आस मारेको फल पुन: प्राप्त हुन सक्छ। गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ। अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ। सहयोगीहरूले काममा तत्परता देखाउन सक्छन्। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ। स्वास्थ्यमा पनि कमजोरी अनुभूति हुनेछ। कठिन चुनौती सामना गर्नुपर्ला।

२) वृष:-(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ। व्यवसायभन्दा सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला।

३) मिथुन:-(का, कि, कु, घ, ङ, छ, के, को, ह) – व्यापार तथा आर्थिक कारोबारमा राम्रै फाइदाको योग छ। अधिकार संरक्षण गर्न जुट्नुपर्ने समय छ। केही प्रतिस्पर्धा हुन सक्छ। तापनि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। प्रतिस्पर्धीलाई सजिलै उछिन्ने मौका छ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। शत्रु र रोगबाट छुटकारा पाइएला। मुद्दा–मामिलामा पनि विजयी भइनेछ।

४) कर्कट:-(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। दिगो फाइदा हुने काम सम्पादन हुनेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र पनि फराकिलो बन्नेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ। शुभचिन्तकहरूले साथ दिनाले राम्रै उपलब्धि पाइनेछ। आफ्नो प्रतिभाको कदर हुनेछ।

५) सिंह:-(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – मान्यजनसँग असमझदारी बढ्न सक्छ। विगतका निर्णयले काममा चुनौती आउने देखिन्छ। अरूको सुझाव अप्रिय लाग्नेछ। आफूबाट गलत निर्णय हुनेछ। धोकामा परिएला। महत्त्वाकांक्षी योजना गोप्य राख्दा फाइदा हुनेछ। काममा परिवारजनको सहयोग र मातृशक्तिको राय–सुझावबाट लाभ उठाउन सकिनेछ। पशुधन र जमिनबाट पनि सामान्य लाभ मिल्नेछ।

६) कन्या:-(टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – सहयोगीहरूले साथ दिनेछन् र आयआर्जनका काममा सोचेजस्तै सफलता मिल्नेछ। आम्दानी बढ्नेछ। पराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। कृषिकर्ममा भने केही चुनौती सामना गर्नपर्ला। तापनि, नयाँ काममा हात हाल्ने समय छ। प्रतिस्पर्धी र शत्रुपक्षलाई परास्त गर्न सकिनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ।

७) तुला:-(र, रि, रु, रे, रो, ता, ति, तु, ते) – आर्थिक क्रियाकलापमा सोचेको फाइदा नउठ्न सक्छ। बाध्यताका काममा बढी खर्च हुनेछ। अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ। प्रशंसकहरूले पनि आलोचना गर्न सक्छन्। मान–सम्मानमा आघात पर्ने देखिन्छ। काममा विघ्नबाधा आउलान्। तापनि, निरन्तर प्रयत्न गर्दा पुरानो व्यवसायमा भने फाइदै हुनेछ।

८) वृश्चिक:-(तो, ना, नि, नु, ने, नो, या, यि, यु) – रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरूले उत्साह जगाउनेछन्। पहिलेका कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।

९) धनु:-(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। आफ्नै कमजोरीले विवादमा परिएला, सचेत रहनुहोस् । मुद्दा–मामिला, वादविवाद र प्रतिस्पर्धामा पनि कमजोर सावित भइएला। आफन्तबाट समेत टाढिनुपर्ने समय छ। वैदेशिक क्षेत्रबाट सोचेजति लाभ नहुन सक्छ। टाढाको यात्रा व्यवस्थापनका लागि लगानी गर्नुपर्ला।

१०) मकर:-(भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ भने आर्थिक साझेदारीबाट पनि लाभ मिल्नेछ।

११) कुम्भ:-(गु, गे, गो, सा, सि, सु, से, सो, द) – महत्त्वपूर्ण कामको सन्दर्भमा शक्तिशाली व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। सरकारी काममा पनि तत्काल फाइदा उठाउन सकिनेछ। नोकरी र राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा होला। राम्रै आयआर्जन हुने काम सुरु होला। विभिन्न अवसरले पछ्याउने समय छ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। मानसम्मान पनि बढ्नेछ।

१२) मीन:-(दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – मेहनत गर्दा भाग्योन्नतिको समय छ। समुदायको हितमा केही राम्रै काम गर्न सकिनेछ। धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। सामाजिक उत्तरदायित्व हातपार्न सकिनेछ। रोकिएको कामले पनि निकास पाउनेछ।सहयोगीहरूको साथ पाइनेछ। शक्तिको धाक देखाउनेहरू स्वत: निहुरिनेछन्। तारिफयोग्य काम गर्दै पदीय जिम्मेवारी प्राप्त गर्न सकिनेछ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

सशान्त तामाङ

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6121 लेख
व्यू
आजको मिति
06
May 2026
Wednesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2460 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1092 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 904 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 848 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 770 views

नयाँ समाचार

सुकुम्बासी व्यवस्थापन अभियानप्रति श्रम संस्कृति पार्टीको आपत्ति, “संविधानविपरीत…
30 minutes पहिले
शिवम् सिमेन्ट उद्योगविरुद्ध स्थानीय आक्रोश: जनस्वास्थ्यमा खेलवाड गरेको…
55 minutes पहिले
कैलास गाउँपालिकाद्वारा हावाहुरी–चट्याङबाट भएको क्षतिको विवरण ३ दिनभित्र…
15 hours पहिले
निर्माण कार्य तीव्र बनाउन मन्त्रालयको कडाइ : प्रगति,…
15 hours पहिले
चितवनका राजनीतिक दलहरूको संयुक्त आवाज: “सुकुम्बासी बस्तीमा डोजर…
16 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

सुकुम्बासी व्यवस्थापन अभियानप्रति श्रम संस्कृति पार्टीको आपत्ति, “संविधानविपरीत कदम तत्काल रोक्नुपर्ने”

30 minutes पहिले 48 views

शिवम् सिमेन्ट उद्योगविरुद्ध स्थानीय आक्रोश: जनस्वास्थ्यमा खेलवाड गरेको आरोप, सार्वजनिक सुनुवाइको घोषणा

55 minutes पहिले 35 views

कैलास गाउँपालिकाद्वारा हावाहुरी–चट्याङबाट भएको क्षतिको विवरण ३ दिनभित्र पेश गर्न आग्रह

15 hours पहिले 51 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya