Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

नेपाल उद्योग वाणिज्य महासङ्घको एशोसिएटतर्फको उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
चैत्र ३०, २०७९
46 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
नेपाल उद्योग वाणिज्य महासङ्घको एशोसिएटतर्फको उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी
1 मिनेट पढ्ने
अपडेट: चैत्र ३०, २०७९
Advertisement

काठमाण्डाै – नेपाल उद्योग वाणिज्य महासङ्घको एशोसिएटतर्फको उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी हुनुभएको छ । उहाँ रामचन्द्र सङ्घाई प्यानलबाट विजयी हुनुभएकाे हाे। श्रेष्ठले प्रतिस्पर्धी भरतराज आचार्यलाई ६५ मतले पराजित गर्नुभयो । कुल १ हजार ६ सय ५० मत खसेकोमा श्रेष्ठले ८ सय ४६ र आचार्यले ७ सय ८१ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ ।

उहाँले महिला नेपाल उद्योग वाणिज्य महासङ्घको नेतृत्वमा आइपुग्नु आफैँमा खुशीको कुरा भएको बताउनु भयो । उहाँले जित्न कठिन भए पनि जित्छु भन्ने आत्मविश्वास आफूमा रहेको र सधैँ सत्यको जित हुने दाबी गर्नुभयो । उहाँले आफूलाई आउँदाे दिनमा काम गर्न कुनै कठिनाइ नरहेको र टिमलाई समेटेर व्यवसायीहरुको समस्याको समाधान गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले भन्नुभयो, ‘महिलाले नेतृत्व लिन पाउँदा धेरै नै खुशी लागेको छ । जित्न कठिन थियो, तर आत्मविश्वास थियो । किनभने सत्यले जित्छ । म टिम लिएर काम गर्छु, टिमलाई समेटेर काम गर्छु, व्यवसायीहरुको समस्याको समाधान गर्ने प्रतिबद्धता छ । चुनाव सकिएपछि हामी एक हुन्छौँ । काम गर्न कुनै समस्या हुँदैन । मलाई विश्वास गरेजस्तै हजुहरुको पनि विश्वास पूरा गर्नेछु ।’

महासङ्घ एसोसिएट उपाध्यक्ष श्रेष्ठले चुनावको बेलामा मात्रै प्यानल भएको तर चुनाव सकिएपछि सबै एक भएर काम गर्ने बताउनु भयो । उहाँले आफूलाई विश्वास गरेर जिताएकोमा धन्यवाद दिँदै विश्वास टुट्न नदिने प्रतिबद्धता जनाउनु भयो । यस्तै, नेपाल उद्योग वाणिज्य महासङ्घको जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी हुनुभएको छ । जिल्ला नगर उपाध्यक्षमा विजयी वैघले ४३ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी दिनेश श्रेष्ठले ३४ र अरुणराज सुमार्गीले ३७ मत ल्याउनुभयो । वैद्य रामचन्द्र सङ्घाई पक्षका हुनुहुन्छ ।

त्यस्तै, वस्तुगत उपाध्यक्षमा विजयी ढकालले ६१ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी मनिषलाल प्रधानले ५२ र शकुन्तलाल हिराचनले ७ मत पाएका निर्वाचन समितिले जनाएको छ । ढकाल उमेशलाल श्रेष्ठ समूहका हुनुहुन्छ । वरिष्ठ उपाध्यक्ष पदको मतगणना भने सुरु भएको छैन । वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, रामचन्द्र सङ्घाई र अञ्जन श्रेष्ठ प्यानलसहित प्रतिस्पर्धामा हुनुहुन्छ । महासङ्घको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । यो व्यवस्था अनुसार अहिलेका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल स्वतः अध्यक्ष बन्नुहुनेछ। महासङ्घको ५७औँ वार्षिक साधारण सभाले आउँदो तीन वर्षका लागि नयाँ कार्यसमिति निर्वाचित गर्नेछ । महासङ्घको नयाँ नेतृत्व चयनका लागि हिजो मतदान भएको थियो ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6073 लेख
व्यू
आजको मिति
28
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2450 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1088 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 894 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 842 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 765 views

नयाँ समाचार

इन्द्रसरोवर गाउँपालिका ५ मा उज्यालो नेपाल पार्टीको संगठन…
1 hour पहिले
“सुन्ने होइन, गर्ने समयः आफ्नै घरबाट सुरु होस्…
12 hours पहिले
कोहलीको ९ हजार रनको कीर्तिमानसँगै आरसीबीको शानदार जित,…
12 hours पहिले
हेटौंडाको सिद्धार्थ माविमा १३ महिनादेखि समिति विहीनता: लापरबाहीको…
13 hours पहिले
हेटौडा–४ का वडाध्यक्ष नवीन सिग्देलको आक्रोश: “करबाट विकास…
1 day पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

इन्द्रसरोवर गाउँपालिका ५ मा उज्यालो नेपाल पार्टीको संगठन विस्तार, ३९ सदस्यीय समिति गठन

1 hour पहिले 32 views

“सुन्ने होइन, गर्ने समयः आफ्नै घरबाट सुरु होस् जवाफदेहिता” — सामाजिक अभियन्ता विशालराज महतको खबरदारी

12 hours पहिले 37 views

कोहलीको ९ हजार रनको कीर्तिमानसँगै आरसीबीको शानदार जित, दिल्ली ९ विकेटले पराजित

12 hours पहिले 41 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya