Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

सुडानमा दुई सैनिक समूहबीच भइरहेको लडाइँमा कम्तीमा १८५ मानिसको मृत्यु

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
बैशाख ५, २०८०
73 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
सुडानमा दुई सैनिक समूहबीच भइरहेको लडाइँमा कम्तीमा १८५ मानिसको मृत्यु
1 मिनेट पढ्ने
अपडेट: बैशाख ५, २०८०
Advertisement

त्तरपूर्वी अफ्रिकी मुलुक सुडानमा गत शनिबारदेखि दुई सैनिक समूहबीच भइरहेको लडाइँमा कम्तीमा १८५ मानिसको मृत्यु भएको छ भने झन्डै १८ सय जना घाइते भएका छन् । सुडानका सैनिक शासक अब्देल फताह अल-बुरहान र अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) का कमाण्डर मोहम्मद हामडान डागालोले एक-अर्काका क्याम्पहरूमाथि आक्रमण गरिरहेका छन्।

अन्तर्राष्ट्रिय विमानस्थल, राष्ट्रपति भवन, सैनिक मुख्यालयजस्ता महत्वपूर्ण ठाउँ आफ्नो नियन्त्रणमा राख्न अहिले दुबै पक्षले संघर्ष गरिरहेका छन्। राजधानी बाहिरका सहरहरूमा पनि उनीहरूले एक-अर्काका क्याम्पमा आक्रमण गरेका छन् । सोमबार राजधानी खार्तुमका अस्पतालहरूमा पनि आक्रमण भएका छन्। सुडानका लागि युरोपियन युनियनका राजदूतलाई उनकै निवासमा छिरेर दुर्व्यवहार गरिएको छ।

दुई सैनिक समूहले एक-अर्कालाई आक्रमण गर्न थालेपछि खार्तुमको जनजीवन प्रभावित भएको छ। अस्पतालमा अक्सिजनलगायत अत्यावश्यक कुराको आपूर्ति हुन सकेको छैन । नागरिकको जीवन अस्तव्यस्त र देशको भविष्य अनिश्चित पार्ने गरी लडाइँ गरिरहेका दुई सैनिक जनरल कुनै बेलाका सहयोगी हुन्। बुरहान र डागालो,सन् २०१९ सम्म एकदमै मिलेका थिए। ठूला ठूला प्रदर्शन हुन थालेपछि त्यही वर्ष उनीहरूले राष्ट्रपति ओमार अल बसिरलाई हटाउनलाई उनीहरूले भूमिका खेलेका थिए।

तीन दशक सुडानको बागडोर सम्हालेका बसिरले डार्फर क्षेत्रमा विद्रोहीलाई दबाउन आरएसएफ गठन गरेका थिए। सुरूमा आरएसएफका प्रमुख डागालो बसिरप्रति पूर्ण बफादार थिए। पछि उनले बसिरको साथ छोडेका थिए । बसिरको बहिर्गमनसँगै सुडानमा सैनिक र नागरिक सम्मिलित सरकार बनेको थियो।

सन् २०२१ उक्त सरकारलाई अपदस्त गर्दै सेना प्रमुख बुरहानले सत्ता हत्याएका थिए । त्यसपछि यी दुई जनरलबीच द्वन्द्व सुरू भएको हो। भित्रभित्रै सल्किरहेको द्वन्द्व गत शनिबारदेखि सतहमा आएको हो। जतिबेला उनीहरूले एक-अर्काका क्याम्पमा आक्रमण गर्न थाले । नागरिक शासन पुनर्स्थापनाका लागि अर्ध सैनिक बल आरएसएफलाई सेनामा समायोजन गर्ने विषयमा को हाबी हुने भन्ने विषय अहिलेको लडाइँको प्रमुख कारण हो।

बुरहानले आरएसएफ एक विद्रोही समूह भएको र आफूलाई गिरफ्तार गरेर मार्न चाहिरहेको बताएका छन् । सुडानमा सेनाको संख्या २ लाख २० हजार जति छ भने आरएसएफको संख्या ७० हजारको हाराहारीमा छ। यो लडाइँ कहिले सकिन्छ भन्ने स्पष्ट छैन । संयुक्त राष्ट्रसंघ, युरोपेली युनियन, अमेरिकालगायतले दुबै पक्षलाई संयमता अपनाउन र युद्धविराम गर्न आग्रह गरेका छन्।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6040 लेख
व्यू
आजको मिति
21
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2440 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1078 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 885 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 828 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 756 views

नयाँ समाचार

महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली…
18 hours पहिले
“मिडिया ट्रायल र प्रायोजित हल्लाबाट डरिँदैनौं” – गृहमन्त्री…
18 hours पहिले
“२ करोडभन्दा बढी सम्पत्ति खुलाएकाले लुकाउने प्रश्नै उठ्दैन”…
18 hours पहिले
दलित महिला सशक्तिकरण विधेयकमा जोड: हेटौंडाकी मेयर मिना…
20 hours पहिले
गृहमन्त्री माथि उठेका आरोपमा निष्पक्ष छानबिनको माग: जेन…
1 day पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली गर्न अन्तिम चेतावनी, अटेर गरे कानुनी कारबाही हुने

18 hours पहिले 93 views

“मिडिया ट्रायल र प्रायोजित हल्लाबाट डरिँदैनौं” – गृहमन्त्री सुधन गुरुङ

18 hours पहिले 46 views

“२ करोडभन्दा बढी सम्पत्ति खुलाएकाले लुकाउने प्रश्नै उठ्दैन” – गृहमन्त्री सुधन गुरुङको स्पष्टीकरण

18 hours पहिले 39 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya