Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

गुणस्तरीय सेवा प्रवाह गर्न र विकासका काममा कुनै कन्जुस्याई नगर्ने:नगर प्रमुख विष्णु बहादुर विष्ट

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
बैशाख ६, २०८०
86 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
गुणस्तरीय सेवा प्रवाह गर्न र विकासका काममा कुनै कन्जुस्याई नगर्ने:नगर प्रमुख विष्णु बहादुर विष्ट
0 मिनेट पढ्ने
अपडेट: बैशाख ६, २०८०
Advertisement

मकवानपुर थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टले नागरिकलाई गुणस्तरीय सेवा प्रवाह गर्न र विकासका काममा कुनै कन्जुस्याई नगर्ने बताएका छन् । नागरिकको सेवा व्यवस्थित गर्न र पालिकाको सर्वाङ्गिण विकासका लागि निर्वाचित पदाअधिकारी हरदम प्रतिवद्ध रहेको बताउँदै कुनै गुनासो भए त्यसलाई सम्बोधन गरेर अघि बढ्ने नगर प्रमुख विष्टले प्रतिवद्धता जनाए ।

थाहा नगरपालिकाको आयोजनामा ६ नम्बर वडा कार्यालय बज्रवाराहीमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका जिज्ञासा र प्रश्नहरुको जवाफ दिदै विष्टले यस्तो बताएका हुन् । एसएमएस मिडिया प्रालिको संयोजनमा बज्रवाराहीमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पशु, लैङ्गिक समानता, पूर्वाधार विकास, अनुगमन व्यवस्थापन, प्रशासनिकलगायतको सवालहरुमा नागरिकहरुले पालिका र वडा समिति लक्षित प्रश्न गरेका थिए ।

कार्यक्रममा नगर प्रमुख विष्टले पालिकाको आर्थिक वर्ष २०७८÷०७९ को लेखापरीक्षण प्रतिवेदनमा बेरुजु बढेको प्रसंग उल्लेख गर्दै बेरुजू भन्ने वित्तिकै यसलाई खाइमासेको रुपमा नलिन नागरिकहरुलाई आग्रह गरे । विष्टले बेरुजु, यसका किसीम र बेरुजु हुनुको कारणको विषयमा समेत नागरिकहरुलाई सुझाएका थिए । एकीकृत रुपमा पालिकाको विकास र प्रगतीमा जनप्रतिनिधीहरु उत्तरदायी हुने र नागरिकहरु कर्तव्यनिष्ट भएर काम गर्न सके सफलता हाम्रै सामु रहेको प्रमुख विष्टले उल्लेख गरे ।

यसअघिको पहिलो जननिर्वाचित कार्यकालको स्मरण गर्दै विष्टले भने–‘बेरुजु कम हुनु, सेवा प्रवाह, सूचना प्रविधिको प्रयोगलगायतको क्षेत्रगत रुपमा संघीय सरकारदेखि जिल्ला समन्वय समितिसम्मको तहबाट पुरस्कृत थाहा नगरपालिकाको साख कायम राख्न जनप्रतिनीधि, कर्मचारी र नागरिकको पनि उत्तिकै भूमिका हुन्छ, म तपाइहरुबाट यहि चाहान्छु ।’ कार्यसम्पादनको क्रममा केही त्रुटि भए त्यसलाई सुधारेर जनमुखी काम गर्न थाहा नगरपालिका सँधै तयार रहेको उनको भनाइ थियो ।

थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले पालिकामा न्यायिक कार्यसम्पादनका कार्यहरु निरन्तर भैरहेको कार्यक्रममा जानकारी गराए । मेलमिलापकर्ताहरुको गुनासो समेत सम्बोधन गर्दै उपप्रमुख गोपालीले वडास्तरमा गठित मेलमिलाप केन्द्रलाई वडाकै एक बलियो अंगको रुपमा स्थापित गर्न वडाध्यक्षहरुलाई निर्देशन दिए । पालिकाबाट हुने योजनालगायतको अनुगमनको कार्यमा नागरिकलाई समेत सहयोग गर्न आग्रह गरे । पालिका र वडा संयन्त्रबाट भएको अनुगमनमा के त्रुटि गर्छ भनेर बस्नुभन्दा पनि कुनै समस्या भए हाकाहाकी आफूलाई भेटेर वा फोनमै पनि नागरिकले भन्न सकिने उपप्रमुख गोपालीको भनाइ थियो ।

योजना तर्जुमा, संचालन, फरफारकको क्रममा प्रक्रिया र कागजात पुगेको खण्डमा कुनै कर्मचारीबाट दुःख दिन खोजे त्यसको रिपोटिङ आफूलाई सिधै गर्न समेत आम नागरिकहरुलाई आग्रह गरे । बजार अनुगमन, सचेतनालगायतका कार्यक्रमहरुमा पनि पालिका प्रतिवद्ध रहेको गोपालीको भनाइ रहेको थियो । पालिकाको सेवा प्रवाह र विकास कार्य मजबुद बनाउन कर्मचारीहरुको पनि महत्वपूर्ण भूमिका हुने बताउँदै थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले उनीहरुको क्षमता अभिवृद्धिमा ध्यान दिएको बताए ।

नगरको आन्तरिक आय वृद्धि गर्न सके पालिकाले सोचेका नवीनतम कार्य गर्न सकिने बताउँदै यस कार्यमा नागरिकहरुले कर्तव्य निर्वाह गर्ने सवालहरुमा गम्भीर हुन आग्रह गरे । ग्रामिण भेगको नगरपालिका भएकोले भौगोलिक रुपमा सेवाका कुनै ढिलासुस्ती भए त्यसलाई सच्याउन पालिका तयार रहेको उल्लेख गर्दै रिक्त दरबन्दी पदपूर्तिका लागि लोकसेवा आयोगसंग कर्मचारी माग गरिने उनको भनाइ थियो । आफू भर्खर थाहामा सरुवा भई आएको बताउँदै प्रमुख प्रशासकीय अधिकृत गिरीले नगरपालिकाको विकास, सेवा प्रवाह, सुशासन र पारदर्शी कार्यको लागि आफू प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा उठेका सवालहरुमा थाहा नगरपालिका शिक्षा शाखा प्रमुख माधव विक्रम मल्ल, योजना महाशाखा प्रमुख डम्बर बहादुर विश्वकर्मा, कृषि विकास शाखा प्रमुख संजय तिवारी, स्वास्थ्य शाखा प्रमुख मेघराज बलामी, डाक्टर शक्ति चौरसिया, लेखा अधिकृत हरि बहादुर खपाङ्गी मगर, सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, वडाध्यक्षहरु हेरमान गोपाली, राजेन्द्रभक्त श्रेष्ठ, हिरा बहादुर गमाललगायतले उत्तर दिएका थिए । सो अवसरमा सार्वजनिक सुनुवाई सम्बन्धी कार्यविधिको अनुसूचीमा आधारित सर्वेक्षण प्रतिवेदन, सेवा प्रवाहको सूचक समेटिएको प्रतिवेदनहरुको समेत प्रस्तुतिकरण गरिएको थियो ।

थाहा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष राजेन्द्रभक्त श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा इन्जिनियर सन्तोष बोहरा, रोजगार संयोजक कुमार नेगी, ५ नम्बर वडा अध्यक्ष विष्णु बहादुर गुरुङ, ९ नम्बर वडाध्यक्ष राजकुमार बलामी, पशु विकास शाखा प्रमुख राघवेन्द्र मिश्र, सूचना अधिकारी सुरज कुमार भुजेल, योजना शाखा प्रमुख प्रकाश कुमार लामा, ६ नम्बर वडा सचिव सुनिल लामिछाने तथा वडा र नगरपालिकाका कर्मचारी तथा जनप्रतिनीधिहरुको सहभागिता रहेको थियो ।

सार्वजनिक सुनुवाइ कार्यक्रम थाहा नगरपालिका वडा नम्बर १, ५, ६, ९ र १० को संयुक्त रुपमा आयोजना गरिएको हो । यस किसिमका कार्यक्रम बाँकी वडाहरुलाई समेत समेटेर आगामि दिनमा आयोजना गर्ने नगरपालिकाको योजना रहेको छ । कार्यक्रमको सहजीकरण एसएमएस मिडिया प्रा.लि.का कृष्ण सारु मगरले सहजीकरण गरेका थिए ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6040 लेख
व्यू
आजको मिति
21
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2439 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1078 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 884 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 827 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 755 views

नयाँ समाचार

महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली…
16 hours पहिले
“मिडिया ट्रायल र प्रायोजित हल्लाबाट डरिँदैनौं” – गृहमन्त्री…
16 hours पहिले
“२ करोडभन्दा बढी सम्पत्ति खुलाएकाले लुकाउने प्रश्नै उठ्दैन”…
16 hours पहिले
दलित महिला सशक्तिकरण विधेयकमा जोड: हेटौंडाकी मेयर मिना…
17 hours पहिले
गृहमन्त्री माथि उठेका आरोपमा निष्पक्ष छानबिनको माग: जेन…
23 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली गर्न अन्तिम चेतावनी, अटेर गरे कानुनी कारबाही हुने

16 hours पहिले 90 views

“मिडिया ट्रायल र प्रायोजित हल्लाबाट डरिँदैनौं” – गृहमन्त्री सुधन गुरुङ

16 hours पहिले 46 views

“२ करोडभन्दा बढी सम्पत्ति खुलाएकाले लुकाउने प्रश्नै उठ्दैन” – गृहमन्त्री सुधन गुरुङको स्पष्टीकरण

16 hours पहिले 39 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya