Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

सैनिक पक्राउ प्रकरणमा सर्वोच्च अदालतले दिएको आदेशमा सेनाले दिए झुटो जवाफ

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
फाल्गुन २९, २०७९
66 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
सैनिक पक्राउ प्रकरणमा सर्वोच्च अदालतले दिएको आदेशमा सेनाले दिए झुटो जवाफ
0 मिनेट पढ्ने
अपडेट: फाल्गुन २९, २०७९
Advertisement

सैनिक विद्रोहको कसूर गरेको अभियोगमा पक्राउ परेका सैनिक अधिकृतलाई ३ दिनभित्र उपस्थित गराउन भन्दै सर्वोच्च अदालतले दिएको आदेशमा नेपाली सेनाले झुटो जवाफ पेश गरेको छ । अदालतमा नेपाली सेनाका तर्फबाट प्राड विवाकका सहायक रथी जीवनप्रसाद दाहालले पेश गरेको जवाफमा प्रमुख सेनानी कुलदीप तिमसिना र महासेनानी महेन्द्रजंग शाहलाई थुनामै नराखिएको दाबी गरिएको छ ।

जबकि, १० फागुनमा तत्कालीन सैनिक सचिव गौरवकुमार केसीले शाह कार्यरत मानवअधिकार निर्देशनालय र तिमसिना कार्यरत पूर्व पृतनाको प्राड शाखालाई उनीहरुलाई उपस्थित गराउन भन्दै पत्राचार गरेको अदालतमै पेश कागजातमा देखिन्छ । र, कागजातहरुमा उपरथी प्रेम शाही समेत संलग्न सैनिक कसूर विद्रोहको कसूरमा दुवै अभियुक्त भएको उल्लेख छ । कार्यालय पोशाकमा १४ फागुन बिहान ११ बजे उनीहरुलाई जंगीअड्डाको पशुपति कक्षमा उपस्थित गराउन पत्रमा भनिएको छ ।

उपरथी प्रेम शाही समेत भएको ‘सैनिक विद्रोहको कसूर गरेको’ भन्ने मुद्दामा पुर्पक्ष गर्न भन्दै बोलाइएका उनीहरुलाई त्यसदिन सैनिक प्रहरी गणले नियन्त्रणमा राखेको तिमसिना निकट स्रोतले अनलाइनखबरलाई बतायो । स्रोतका अनुसार १४ फागुनमै नियन्त्रणमा राखिएको भएपनि तीन दिनपछि मात्रै उनीहरुलाई थुनामा राखिएको सार्वजनिक भएको थियो । जंगीअड्डाभित्रै सैनिक प्रहरी गणको थुनुवा कक्षमा एकअर्कालाई समेत भेट्न नदिने र परिवारसँग समेत सम्पर्क गर्न नदिने गरी राखेको थाहा भएपछि सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता भएको थियो ।

अदालतमा निवेदन दर्ता भएपछि मात्रै शाही जोडिएको घटनामा थप दुई सैनिक अधिकृतसमेत पक्राउ परेको खुलासा भएको थियो । निवेदन परेको १७ फागुनमै सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले मुद्दाको मुख्य कागजातहरुको प्रमाणित प्रतिलिपी र बन्दीसहित लिखित जवाफ पेश गर्न भनेको थियो । तर, जंगीअड्डाका तर्फबाट प्राड विवाक (सेनाको कानूनी मामिला हेर्ने विभाग) का सहायक रथी जीवनप्रसाद दाहालले अदालतमा जवाफ बुझाउँदा मुद्दासम्बन्धी कागजहरु समेत बुझाएका छैनन् ।

अदालतका कर्मचारी र थुनामा राखिएका दुई सैन्य अधिकारीका आफन्त १८ फागुनमा अदालतको आदेश लिएर जंगीअड्डा पुग्दा दिनभर पत्र बुझ्न मानेका थिएनन् । बरु आदेशबारे जानकारी पाएलगत्तै जंगीअड्डामा उपरथी ताराध्वज पाण्डे नेतृत्वको समरी जनरल सैनिक अदालतले मुद्दामा आकस्मिक रुपमा आदेश सुनाएको थियो । दिनभर अदालतका कर्मचारी र आफन्तलाई जंगीअड्डा छिर्न नदिएको सेनाले साँझ उपरथी प्रेम शाहीलाई बर्खास्त र दुई सैन्य अधिकारीलाई दुई वर्ष बढुवा रोक्का गर्ने आदेश सुनायो र तिनै जनालाई थुनामुक्त गर्‍यो । आदेश सुनाउँदा समेत दुई सैनिक अधिकृतको कसुरबारे स्पष्ट उल्लेख गरिएको थिएन ।

‘दुई कर्साबको पक्षमा अदालतबाट फैसला नआएको भए शाही जर्साबको सर्वोच्चबाट पूर्ण फैसला नआउञ्जेल थुन्ने नियत रहेछ’, जागिरबाट हटाइएका शाही निकट स्रोत भन्छ, ‘तर, अदालतबाट चुनौती दिएपछि तिनै जना छाडिए, पहिल्यै रिट नदिँदा जर्साबले व्यर्थ दुई महिना दुःख पाउनुपर्‍यो ।’ अदालतको आदेश आएलगत्तै शाहीलाई जंगी अड्डाले थुनामा राखेपछि सेनाको नियतमाथि प्रश्न उठेको थियो ।

रिट निवदेनमा तिमसिनालाई बयानका क्रममा कुनै प्रश्न नै नसोधिएको सैनिक विद्रोहसम्बन्धी मुद्दा लगाइएको भन्दै त्यसविषयमा कुनै जवाफ दिन र प्रतिरक्षा दिन नपाएको जिकिर गरेका थिए । ‘सो मुद्दासँग सम्बन्धित सम्पूर्ण कागजात तथा प्रमाणहरुको नक्कल उपलब्ध गराइपाउँ भनेर निवेदन लिएर निज गएका थिए’, रिट निवेदनमा भनिएको छ । प्राड विवाकका सहयाक रथी दाहालले अदालतलाई बुझाएको जवाफमा सैनिक अदालत नियमावली, २०६४ को नियम ४४ बमोजिम नक्कल दिनका लागि प्राड विवाकमा पत्राचार गर्दा ‘निजले नक्कल नबुझेको भन्ने सेना प्राड विवाकको चलानी किताबमा स्पष्ट रहेको’, दाबी गरिएको छ ।

तर, उनका कानून व्यवसायीहरुका अनुसार त्यसबेला मात्र होइन, हालसम्म पनि सेनाले मुद्दाको सम्पूर्ण कागजात उपलब्ध गराइएको छैन । स्रोतका अनुसार जंगीअड्डाले सम्बन्धी प्रतिवादीलाई नै कागजात उपलब्ध गराउने भन्दै अरुलाई कागजात दिन अस्वीकार गरेको छ भने आरोपी दुवै सैनिक अधिकृतलाई जंगीअड्डाले पूर्व र पश्चिमतिर काज सरुवा गराइदिइसकेको छ । सैनिक सचिव विभागको १९ फागुनको पत्रानुसार तिमसिनालाई सुदूरपश्चिमको दिपायल र शाहलाई संखुवासभा पठाइएको छ । उनीहरुलाई भूतपूर्व सैनिकहरुको पिरमर्का बुझेर प्रतिवेदन पेश गर्न निर्देशन दिइएको स्रोतको दाबी छ ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6040 लेख
व्यू
आजको मिति
21
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2439 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1078 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 884 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 827 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 755 views

नयाँ समाचार

महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली…
16 hours पहिले
“मिडिया ट्रायल र प्रायोजित हल्लाबाट डरिँदैनौं” – गृहमन्त्री…
16 hours पहिले
“२ करोडभन्दा बढी सम्पत्ति खुलाएकाले लुकाउने प्रश्नै उठ्दैन”…
16 hours पहिले
दलित महिला सशक्तिकरण विधेयकमा जोड: हेटौंडाकी मेयर मिना…
17 hours पहिले
गृहमन्त्री माथि उठेका आरोपमा निष्पक्ष छानबिनको माग: जेन…
23 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली गर्न अन्तिम चेतावनी, अटेर गरे कानुनी कारबाही हुने

16 hours पहिले 90 views

“मिडिया ट्रायल र प्रायोजित हल्लाबाट डरिँदैनौं” – गृहमन्त्री सुधन गुरुङ

16 hours पहिले 46 views

“२ करोडभन्दा बढी सम्पत्ति खुलाएकाले लुकाउने प्रश्नै उठ्दैन” – गृहमन्त्री सुधन गुरुङको स्पष्टीकरण

16 hours पहिले 39 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya