Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा निकै समस्या परेको दाङका कारागार प्रशासनको भनाइ

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
चैत्र १, २०७९
58 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
क्षमताभन्दा बढी कैदीबन्दी हुँदा निकै समस्या परेको दाङका कारागार प्रशासनको भनाइ
0 मिनेट पढ्ने
अपडेट: चैत्र १, २०७९
Advertisement

सय जना कैदीबन्दी क्षमता रहेको कारागार कार्यालय घोराहीमा अहिले ३ सय ९३ जना कैदीबन्दी छन् । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा उनीहरुलाई बसोबासमा निकै समस्या परेको कारागार प्रशासनको भनाइ छ । कारागार कार्यालयका घोराहीमा कैदी १४६ जना र बन्दी २४७ जना छन् । साँघुुरो संरचना, दिनानु दिन कैदीबन्दीको संख्या थपिँदै जानुुले व्यवस्थापनमा समस्या बढ्दै गएको छ ।

कारागारका चौकीदार आनन्द कुमार शाहले भने, ‘कारागारको क्षमताभन्दा तेब्बर कैदीबन्दी हुुँदा कैदीबन्दीहरुले कारागारभित्रको सानो टिनको छाप्रो मुनिको भुइँमा दिनरात बिताउनुु परेको छ ।’कैदीबन्दीहरु छाप्रो मुनि दिनरात बिताउँदा घामपानी छल्न गाह्रो हुनका साथै भुुसुना, मच्छरले समेत सताउने गरेको उनी बताउँछन् । उनले थपे, ‘भित्र टिनको छाप्रोमा बस्नु पर्दा हिउँदमा चिसोले कठ्याङ्ग्रिने, गर्मीमा टिनले पोल्ने गर्छ ।’ जसले गर्दा स्वास्थ्यमा पनि समस्या हुने गरेको उनको भनाइ छ ।

क्षमताभन्दा बढी कैदीबन्दी भएकाले दैनिक नुुहाइ–धुुवाइ तथा सरसफाईमा समेत निकै समस्या हुने गरेको उनले सुनाए । उनले रातोपाटीसँग भने, ‘शौचालय जान समेत लाइन बस्नुुपर्ने बाध्यता छ ।’तर राज्यले कैदीबन्दीहरुको समस्यालाई समस्याका रुपमा नलिई सजायका रुपमा लिँदा आफूहरुका लागि काराबासको सजाय कष्टकर बनिरहेको उनले सुनाए । कारागार प्रशासनका अनुुसार न्याय सम्पदानको काम छिटो छरितो नहुुँदा कारागारमा कैदीबन्दीको संख्या बढ्दै गएको हो ।

कारागार कार्यालयका घोराहीका जेलर लक्ष्मणसिंह राठोरले भने, ‘अदालतले न्याय सम्पादनलाई तीब्र तुल्याउन सके कैदीबन्दीहरुको चाप घट्ने थियो । तर कहिलेकाही महिनौंसम्म पनि बन्दीहरुको पेसी चढ्दैन, फैसला हुुन पनि महिनौं लाग्छ ।’जसका कारण सीमित संरचनामा लामो समयसम्म कैदीबन्दीलाई व्यवस्थापन गर्नुुपर्ने बाध्यता रहेको उनले सुनाए । दिनानु दिन कैदीबन्दीको संख्या थपिँदै गए पनि कारागार परिसरभित्र सीमित संरचना छन् । संरचना निर्माणको काम राज्यले गर्न नसक्दा टहरा, छाप्रो व्यवस्थापन गरी कैदीबन्दीहरुलाई राख्नुपर्ने बाध्यता रहेको जेलर राठोर बताउँछन् ।

भौगोलिक सुुगमताका कारण पनि कारागार कार्यालय घोराही अन्य कारागारभन्दा सुविधा सम्पन्न मानिन्छ । तर संरचना निर्माणको अभावका कारण कैदीबन्दीहरुको बसोबास कष्टकर बनिरहेको उनी बताउँछन् ।उनले भने, ‘संरचना निर्माणको काम थप आवश्यक छ । त्यो भन्दा पनि समुदायस्तरमा हुुने कानुुन विपरीतका काम नियन्त्रण तथा न्युनीकरणका लागि सामाजिक सचेतनाको विकास निकै आवश्यक छ ।’

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6040 लेख
व्यू
आजको मिति
21
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2439 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1078 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 884 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 827 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 755 views

नयाँ समाचार

महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली…
16 hours पहिले
“मिडिया ट्रायल र प्रायोजित हल्लाबाट डरिँदैनौं” – गृहमन्त्री…
16 hours पहिले
“२ करोडभन्दा बढी सम्पत्ति खुलाएकाले लुकाउने प्रश्नै उठ्दैन”…
16 hours पहिले
दलित महिला सशक्तिकरण विधेयकमा जोड: हेटौंडाकी मेयर मिना…
17 hours पहिले
गृहमन्त्री माथि उठेका आरोपमा निष्पक्ष छानबिनको माग: जेन…
23 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली गर्न अन्तिम चेतावनी, अटेर गरे कानुनी कारबाही हुने

16 hours पहिले 90 views

“मिडिया ट्रायल र प्रायोजित हल्लाबाट डरिँदैनौं” – गृहमन्त्री सुधन गुरुङ

16 hours पहिले 46 views

“२ करोडभन्दा बढी सम्पत्ति खुलाएकाले लुकाउने प्रश्नै उठ्दैन” – गृहमन्त्री सुधन गुरुङको स्पष्टीकरण

16 hours पहिले 39 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya