Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

टिष्टुङ कुवापानीमा नगर प्रमुख बिष्टद्वारा पानीट्याङ्की उद्वघाटन

रेडियो भराेसा अनलाइन
रिपोर्टर: रेडियो भराेसा अनलाइन
जेष्ठ ४, २०८०
97 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
टिष्टुङ कुवापानीमा नगर प्रमुख बिष्टद्वारा पानीट्याङ्की उद्वघाटन
0 मिनेट पढ्ने
अपडेट: जेष्ठ ४, २०८०
Advertisement

हेटौंडा । मकवानपुरको टिष्टुङ कुवापानीका स्थानीय एका विहानै कुवामा पुग्नैपर्ने, नपुगे दिनभरी घरमा ‘थोप्पो’ पानी हुँदैन थियो । रातभरी कुवामा जम्मा भएको पानी विहान भेला भएका महिलाहरु मग (पानी उभाउने भाँडो) ले भाग लगाउँथे । कसैको घरमा पाहुना आएको भए एक/दुई मग थपिदिन्थे । परिवार संख्या अनुसार पानीको बाँडफाँड हुन्थ्यो । वर्षौसम्म खानेपानीको अभाव खेपेका मकवानपुर टिष्टुङ कुवापानीले धेरै पुस्ता फेर्यो । गाउँको नामै कुवापानी । गाउँमा प्रतिनीधि निर्वाचित भएर आएपछि खानेपानी घरघरमा पुर्‍याउन योजना बन्यो, उपभोक्ता उत्साहित भए । कुवापनीसंगै थाहा नगरपालिका वडा नम्बर ११ टिष्टुङकै कालोपानी ठाडोखोलामा पनि घरैपिच्छे शुद्ध खानेपानीसहित धारा पुर्‍याउने योजना थपियो ।

कुवापानीले अहिले मुहार फेरेको छ । मगले पानी भाग लगाउने दिनको अन्त्य भएको छ । निरन्तरको प्रयासपछि कुवापनी गाउँका २८ वटै घरमा धारा जडान भएको छ । धारामा नियमित पानी आउँछ, कुवापानीकी निरा घिसिङले भनिन् । ‘खानेपानी बोक्न जाँदा बालबालिकालाई समयमै खाना बनाउन नभ्याएर कतिपटक गाउँलेहरुले स्कूलसम्म पठाउन भ्याउँदैन थिए’ निराले पुराना दिन सम्झिइन् । खानेपानी लिनकै लागि जंगलमा रहेको कुवामा पुग्न कुवापानीबासीलाई डेढ घण्टासम्म लाग्थ्यो ।

थाहा नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष दिनेश तामाङले भने–‘अन्नको भन्दा नि दुःख पानीको थियो, अहिले दुःख तोडियो नागरिकहरु खुशी छन् ।’ विकासका कामसंगै घरघरमा धारा पुर्‍याउन निकै खुशी लागेको वडाध्यक्ष तामाङले बताए । ‘नागरिकको लागि काम गर्ने हामी प्रतिनीधिलाई नागरिकको आवश्यकता पूरा गर्न पाउँदा खुशी लाग्ने रहेछ’–उनको प्रतिक्रिया थियो। विद्युतको सहायताले मुहानदेखि २२ सय मीटर माथि लिफ्टीङ गरी वस्ती भन्दा माथि निर्माण गरिएको पानीट्याङ्कीबाट अहिले कुवापानीबासीलाई खानेपानी वितरण भइरहेको छ ।

खानेपानी आयोजनाका लागि स्थानीय सरकारको मात्र लगानीले पुगेन । यसका लागि उपभोक्ताहरु कम्मर कसेर लागे । खानेपानीको अभाव टार्न २८ परिवारले ५३ लाख जुटाए । उनीहरु महिनौसम्म श्रमदानमा जुटेर यति धेरै लगानी गरेका हुन् । गाउँका लागि आएको योजनामा श्रमदान गर्दा योजनाको मायाँ पनि हुने र दीगोपना आउने भएपछि उपभोक्ताहरु उत्साहित भएको वडाध्यक्ष तामाङले सुनाए । कुवापानी खानेपानी आयोजनाका लागि थाहा नगरपालिकाले २० लाख, गैरसरकारी संस्था च्वाइस नेपालले २५ लाख लगानी गरेका छन् । बाँकी श्रमदानबाटै योजना निर्माण भएको हो । ‘आयोजनाको लागि अझै ८५ हजारजति अपुग छ’–वडाध्यक्ष तामाङले भने । उनले नपुग रकमको लागि स्रोत जुटाउन लागिपर्ने प्रतिवद्धता व्यक्त गरे । यस योजनामा ६/६ हजारको दुईवटा र एउटा १० हजार लिटरको गरी तीनवटा खानेपानी ट्याङ्की रहेका छन् ।

कुवापानीबासीका जस्तै खानेपानीका लागि अभाव झेलीरहेका थाहा नगरपालिका वडा नम्बर ११ टिष्टुङकै फलाँटे, भट्टीडाँडा, तल्लो देउराली, माथ्लो देउरालीलगायतका क्षेत्रका बासिन्दाहरुको पनि घरघरमा खानेपानी धारा जडान भएको छ । यि दुवै आयोजनाको विधिवत् रुपमा ३ जेठमा उद्घाटन भएको छ । थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टले आयोजनाको उद्घाटन गरेका हुन् । ‘खानेपानी आयोजनामा टिष्टुङका उपभोक्ताको लगाव र लगानी उदाहरणीय छ, श्रमदानमा भएको उत्साह अतुलनीय छ’, नगर प्रमुख विष्टले भने । थाहा नगरपालिकाको विभिन्न किसिमका विकास र आयआर्जनको क्षेत्रमा समेत साँझेदारी गर्दै आएको च्वाइस नेपालको लगानी थाहानगरका लागि सहयोगी सावित भएको नगर प्रमुख विष्टले बताए । नागरिकसंग प्रत्येक्ष सरोकार राख्ने योजनामा पालिका साँझेदार बन्ने विष्टको भनाइ थियो । १ सय ६७ घरमा पानी पुर्‍याउनकाे लागि यस योजनामा मुख्य ५० हजार लिटरसहितको ३ वटा पानीट्याङ्की रहेको छ । टिष्टुङको यस योजनामा ‘एक घर, एक धारा’ अभियानलाई कार्यान्वयनमा ल्याइएको छ ।

कालोपानी ठाडोखोला खानेपानी आयोजनाका लागि थाहा नगरपालिकाको ४५ लाख लगानी छ । उक्त योजनाका लागि गैरसरकारी संस्था च्वाइस नेपालले ८० लाख र स्थानीय उपभोक्ताले ५६ लाख बराबरको श्रमदान जुटाएका छन् । कुल १ करोड ८१ लाख कुल लागत रहेको योजनाको काम सकिएको छ । उपभोक्ताहरुले प्रतिवद्धताको साथ काम गरेकोले योजना सम्पन्न भइ घरघरमा धारा पुर्‍याउन  सफल भएको वडा कार्यालयले जनाएको छ । यस आयोजनामा उपभोक्ताहरुले कार्यालय भवन समेत बनाएका छन् । उनीहरुले खानेपानी सेवालाई व्यवस्थित गर्न इस्टिमेट बाहेकको श्रमदान गरी भुईतले कार्यालय भवन निर्माण गरेका हुन् । भवनको लागत करिब २० लाख रहेको छ । खानेपानी आयोजना सम्पन्न भई घरघरमा पानी थाप्न पाएपछि स्थानीय ठूली स्याङ्तानले खुशी व्यक्त गरिन् । ‘टाढाबाट बोकेर पानी खाइन्थ्यो, अब घरमै धारामा थापेर खाइन्छ’ स्याङ्तानले हर्षित हुँदै भनिन् । उनले यस आयोजना सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् ।

थाहानगरको ११ नम्बर वडामा निर्माण सकिएको दुवै खानेपानी आयोजना शुल्कमा आधारित बनाई यसको दीगोपना दिइने वडाध्यक्ष दिनेश तामाङले बताए । योजनाको ३० वैशाखमा सार्वजनिक सुनुवाई गरी आम नागरिकलाई हिसाबकिताब सार्वजनिक गरिएको र ३ जेठमा आयोजनाको उद्घाटन गरिएको हो । केही समय परीक्षणका रुपमा खानेपानी वितरणसंगै आम उपभोक्ता भेला आयोजना गरिने वडाध्यक्ष तामाङले बताए । भेलाले महशुल दर तोक्ने, आयोजना निरन्तर संचालन गर्ने लगायतका विषयमा कार्ययोजना निर्माण गरी अघि बढ्ने उनको भनाइ छ । यसका लागि उपभोक्ता, थाहा नगरपालिका र सहयोगी संस्था च्वाइस नेपालको अभिभावकत्व सँधै आवश्यक रहने तामाङको भनाइ छ ।

खानेपानी उद्घाटन कार्यक्रममा नगर प्रमुख विष्णु बहादुर विष्ट, उपप्रमुख भरत गोपाली, वडाध्यक्ष दिनेश तामाङ, च्वाइस नेपालका कन्ट्री डाइरेक्टर प्रतीक शर्मा, पालुङ कार्यालयका कुल प्रसाद तिवारी, प्रताप घिमिरे, जनप्रतिनीधिहरु, स्थानीय संघसंस्थाका प्रमुख तथा प्रतिनीधिहरु, उपभोक्ताहरु लगायतकाको उल्लेख्य उपस्थिती रहेको थियो ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भराेसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6040 लेख
व्यू
आजको मिति
21
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2440 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1078 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 885 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 828 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 756 views

नयाँ समाचार

महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली…
19 hours पहिले
“मिडिया ट्रायल र प्रायोजित हल्लाबाट डरिँदैनौं” – गृहमन्त्री…
19 hours पहिले
“२ करोडभन्दा बढी सम्पत्ति खुलाएकाले लुकाउने प्रश्नै उठ्दैन”…
20 hours पहिले
दलित महिला सशक्तिकरण विधेयकमा जोड: हेटौंडाकी मेयर मिना…
21 hours पहिले
गृहमन्त्री माथि उठेका आरोपमा निष्पक्ष छानबिनको माग: जेन…
1 day पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली गर्न अन्तिम चेतावनी, अटेर गरे कानुनी कारबाही हुने

19 hours पहिले 93 views

“मिडिया ट्रायल र प्रायोजित हल्लाबाट डरिँदैनौं” – गृहमन्त्री सुधन गुरुङ

19 hours पहिले 46 views

“२ करोडभन्दा बढी सम्पत्ति खुलाएकाले लुकाउने प्रश्नै उठ्दैन” – गृहमन्त्री सुधन गुरुङको स्पष्टीकरण

20 hours पहिले 40 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya