Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

बिपदबाट हुने क्षतिको न्यूनिकरणको लागि सशस्त्र प्रहरी वलद्वारा मकवानपुरमा डेमो प्रर्दशन

रेडियो भराेसा अनलाइन
रिपोर्टर: रेडियो भराेसा अनलाइन
जेष्ठ ८, २०८०
117 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
बिपदबाट हुने क्षतिको न्यूनिकरणको लागि सशस्त्र प्रहरी वलद्वारा मकवानपुरमा डेमो प्रर्दशन
0 मिनेट पढ्ने
अपडेट: जेष्ठ ८, २०८०
Advertisement

हेटौंडा । बिपदबाट हुन सक्ने क्षतिको न्यूनिकरणको लागि पूर्व तयारी स्वरुप सशस्त्र प्रहरी वल नेपाल नं १४ गण मकवानपुरद्वारा डेमो प्रर्दशन गरेको छ । सोमबार हेटौडा ११ स्थित राप्तीखोलामा रहेको झोलुङ्गे पुल मुनि विपद्ले पुन्याउने क्षतिलाई न्यूनिकरण गर्न सकिने उपायहरुका लागी जल बिपद उद्धार सम्बन्धी अभ्यासहरु प्रस्तुत गरीएको थियो । प्रकोप पश्चात उद्धार सुरक्षकर्मीहरुको भुमिका कस्तो रहने र सुचना प्रबाहमा कसरी ध्यान दिने भन्ने कुरा सशस्त्र प्रहरीहरुद्धारा अभ्यास प्रस्तुत गरीएको थियो । अभ्यास पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै हेटौडा उपमहानगरपालीकाका मेयर मिना कुमारी लामाले विपद्को बेलामा हतोत्साहित नभईकन स्थानिय श्रोत साधनको सही तरिकाले उपभोग गर्न सकेमा आफु सुरक्षित रहनुका साथै समुदायका अन्य व्यक्तिहरुलाई समेत सोही विधिको प्रयोगद्वारा सुरक्षित पार्न सकिने सन्देश दिन यस्ता अभ्यासहरुले चेतना फैलाउने बताउनु भयो ।उहाँले बिपदबाट बचाउने प्राबिधिक सामाग्रीहरु खरिद्धका लागी उपमहानगरले थालनी गरीसकेको बताउदै बिपद आउनुपुर्वनै यसबाट सचेत रहन नागरीकहरुलाई आग्रह गर्नु भयो । सशस्त्र प्रहरी बलले हेटौडामा बिभिन्न समयमा आईपरेका बिपदका घट्नामा खेलेको भुमिकाबारे प्रसंसा गर्दै उपमहानगर हरेक कार्यमा सहयोग गर्न तयारी रहेको बताउनु भयो ।यस्तै आन्तरीक मामिला तथा कानुन मन्त्रालयका सचिब धुर्व गैडाले सशस्त्र प्रहरीद्धारा सचेतनाका लागी बिपदबाट बच्न देखाईएको प्रत्यक्ष अभ्यासले पनि जनधन क्षतिहुनबाट कम हुने बताउनु भयो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेब पाण्डेले बिपदका बेला सबैभन्दा पहिला मानबिय क्षतिबाट बच्ने उपायहरु अबलम्बन गर्न यस्ता अभ्यासहरुले सहयोग पुग्ने बताउनु भयो । जोखिमका बेला आत्तिएर भन्दा पनि आफै चनाखो भएर सुरक्षा निकायको सहयोग लिन तर्फ लाग्न जोड दिनु भयो ।कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं १४ गण हेडक्वाटर मकवानपुरका गणपति अनिल कार्कीले सशस्त्र प्रहरी बल नेपालको स्थापनाकाल देखि नै विभिन्न किसिमका प्रकोपहरू भुकम्प, सडक दुर्घटना, बाढीपहिरो, आगलागी जस्ता मानविय तथा प्रकृतिक प्रकोपहरुमा उद्धार कार्य तथा जोखिम न्यूनीकरणका लागीे काम गर्दै आएको बताउनु भयो । नेपालमा वर्षेनी जल उत्पन्न प्रकोपकै कारण धेरै जनधनको क्षति हुने गरेको बताउदै गणपती कार्कीले कुनै पनि विषद् र विपद्सँग सम्बन्धित जनचेतना अभिवृद्धि तथा विपद् पश्चात तत्काल उद्धार कार्य गर्न सक्षम, कुशल एवं तालीम प्राप्त दक्ष जनशक्ति उत्पादनका साथ साथै विभिन्न किसिमका प्रकोपका घटनाहरुबाट जनधनको क्षतिबाट बचाउन सचेतना सहित यो कार्यक्रमको आयोजना गरीएको बताउनु भयो । अभ्यासमा उद्वारकहरुले पानी जन्य विषद् बाट बच्नको लागि स्थानिय स्तरमा प्राप्त हुने स्रोत साधनहरुवाट विभिन्न उपकरणहरु तयार पारी प्रदर्शन गरेका थिए । बिपदबाट बच्न प्लाष्टिकको बोतललाई मालामा जोडेर कम्मरमा बाँधी पानिमा सजिलैसंग तैरिन सकिने, केराको थामलाई काठ तथा डोरीको सहायताले एक अर्कामा जोडेर प्रयोग गर्न सकिे,घरमा रहेको म्याट्रेसलाई सही तरिकाले प्रयोग गरी नदी तथा तलाउमा पौडीकला नभएका व्यक्तिहरु पनि सजिलैसंग पानीमा तैरिन सकिने लगाएतका प्रयोगहरु देखाईएको थियो ।कार्यक्रममा नेपाली सेना गोरखबहादुर गणका गणपति गोविन्दराज घिमिर,जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक वामदेव गौतम,राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालय मकवानपुरका उपअनुसन्धान निर्देशक पप्पू शर्मा पौडेल,विभिन्न वडाका वडा अध्यक्षहरु, बिभिन्न संघ संस्था, क्लब तथा टोल विकास संस्थाका प्रतिनिधिहरु,विभिन्न स्कुलबाट पाल्नु भएका शिक्षक एवं विद्यार्थीहरु तथा स्थानीय बासिन्दाहरुले कार्यक्रम अवलोकन गर्नु भएको थियो ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भराेसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6040 लेख
व्यू
आजको मिति
21
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2440 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1078 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 885 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 828 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 756 views

नयाँ समाचार

महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली…
19 hours पहिले
“मिडिया ट्रायल र प्रायोजित हल्लाबाट डरिँदैनौं” – गृहमन्त्री…
19 hours पहिले
“२ करोडभन्दा बढी सम्पत्ति खुलाएकाले लुकाउने प्रश्नै उठ्दैन”…
20 hours पहिले
दलित महिला सशक्तिकरण विधेयकमा जोड: हेटौंडाकी मेयर मिना…
21 hours पहिले
गृहमन्त्री माथि उठेका आरोपमा निष्पक्ष छानबिनको माग: जेन…
1 day पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली गर्न अन्तिम चेतावनी, अटेर गरे कानुनी कारबाही हुने

19 hours पहिले 93 views

“मिडिया ट्रायल र प्रायोजित हल्लाबाट डरिँदैनौं” – गृहमन्त्री सुधन गुरुङ

19 hours पहिले 46 views

“२ करोडभन्दा बढी सम्पत्ति खुलाएकाले लुकाउने प्रश्नै उठ्दैन” – गृहमन्त्री सुधन गुरुङको स्पष्टीकरण

20 hours पहिले 40 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya