Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

काम अन्तिम चरणमा पुग्दा ठेकेदार सम्पर्क बिहिन हुँदा पूर्वका ३ ठूला आयोजना अलपत्र

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
चैत्र १, २०७९
49 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
काम अन्तिम चरणमा पुग्दा ठेकेदार सम्पर्क बिहिन हुँदा पूर्वका ३ ठूला आयोजना अलपत्र
1 मिनेट पढ्ने
अपडेट: चैत्र १, २०७९
Advertisement

विराटनगर – विराटनगर महानगरपालिका– ४ र ५ मा पर्ने जामुनगाछी चोक आसपासका सर्वसाधारण एक वर्षयता आन्दोलरत छन् । हुलाकी राजमार्ग अन्तर्गत पर्ने जामुनगाछी खण्डमा काम नभएका कारण सडक धुलाम्मे छ । ठेकेदार कम्पनी भागेपछि स्थानीयले सडक निर्माणको माग गर्दै विरोध गरिरहेका छन् । सडक निर्माण नभएपछि स्थानीयले गत मंसिरको चुनावमा नेता निषेध अभियानै चलाएका थिए । कोशी राजमार्गको मोरङ–सुनसरी जोड्ने ६ लेन सडकको बुढीखोला पुलको निर्माण अलपत्र भएको एक वर्ष हुन लाग्यो । दुई पटकसम्म ठेक्का अवधि म्याद थप गरेर पुल निर्माण सक्नुपर्ने अवधि २०८० असारसम्म पुर्याएको छ । काम अन्तिम चरणमा पुगेको छ तर ठेकेदार सम्पर्कमा छैन ।

विराटनगरस्थित कोशी अस्पतालको अत्याधुनिक भवन निर्माणका लागि हालिएको जगका रडमा खिया लागिसकेको छ । जग हालेपछि काम रोकिएको एक वर्ष भइसक्दा पनि काम हुन सकेको छैन । अस्पताल प्रशासनले ताकेता गरिरहे पनि ठेकेदार सम्पर्कविहीन छ । तीन वटा आयोजनासँग जोडिएको ठेकेदार कम्पनी भूमि इन्फ्रास्टक्चर प्रालि हो । एक वर्षयता कम्पनी सम्पर्क बिहीन भएपछि ती आयोजनाको काम रोकिएको छ । त्यसबाहेक भूमिले ठेक्का लिएका अन्य विकास निर्माणका काम पनि अलपत्र छन् ।

हुलाकी सडक आयोजना कार्यालय इटहरीका सूचना अधिकारी इन्जिनियर प्रमोद खतिवडाका अनुसार कार्यालय मातहतका आयोजनाको २ वटा खण्डमा भूमि इन्फ्रास्टक्चरले अन्य ठेकेदार कम्पनीसँग मिलेर ठेक्का पारेको छ । हुलाकी राजमार्गको जामुनगाछीदेखि पश्चिम केसलिया खोलासम्म चार किलोमिटर र सुनसरी खण्डमा इनरुवादेखि कप्तानगञ्जसम्मको २२ किलोमिटर सडक निर्माणको ठेक्का भूमिले ज्वाइन्ट भेन्चरमा पाएको थियो । यी दुबै खण्डको काम अहिले रोकिएको छ ।

जामुनगाछी खण्डको सडक निर्माणको ठेक्का देव एण्ड सायर/भूमि जेभीले २०७८ जेठमा पाएको थियो । यसको अवधि १ साउन २०८० मा सकिदैछ । १८ करोड ८ लाख रुपैयाँको यो खण्डको काम बाँकी अवधिमा सकिने सम्भावना छैन । इनरुवादेखि कप्तानगञ्जसम्मको लिङ्क रोडको काम गौरी पार्वती/देव एण्ड सायर/भूमिले संयुक्त रुपमा पाएका थिए । ५७ करोड ३१ लाख रुपैयाँको यो सडक खण्डको काम २०८१ साउनसम्म गरिसक्नुपर्ने हो ।

दुवै आयोजना हेर्ने जिम्मा स्थानीय साझेदारको रुपमा भूमि इन्फ्रास्टक्चरले लिएको थियो । तर भूमिका सञ्चालक सम्पर्कविहीन भएपछि जामुनगाछीमा देव एण्ड सायर र इनरुवा–कप्तानगञ्ज खण्डमा गौरी पार्वतीले काम सुरु गर्ने तयारी गरेको इन्जिनियर खतिवडाले बताए ।
पटक पटक ताकेता गर्दा काम गरिरहेको ठेकेदार भूमि सम्पर्कमा नआएपछि कार्यालयले संयुक्त रुपमा ठेक्का लिएको अर्काे कम्पनीलाई काम सुरु गर्न लगाएको हो । ‘पटक–पटक ताकेता गर्दा सुरुका केही महिना त काम अघि बढेन’, खतिवडाले भने, ‘भूमि सम्पर्कमा नआएपछि अरु पार्टनर काम गर्न आएका छन् ।’

कोशी राजमार्गको ६ लेन सडक आयोजनामध्ये बुढीखोला पुलको ठेक्का सपना/देव एण्ड सायर/भूमि इन्फ्रास्टक्चर जेभीले पाएको थियो । ६ लेन सडक आयोजना प्रमुख दानकुमार शाक्यका अनुसार जेभीमा ठेक्का पाए पनि भूमिले काम गर्नुपर्ने थियो । कार्यालयले ताकेता गर्दा भूमि सम्पर्कमा नआएपछि अर्काे साझेदार देव एण्ड सायरलाई काम सुरु गर्न लगाइएको उनले बताए । सो पुल २०७४ साल फागुन २३ गते २४ करोड रुपैयाँमा ठेक्का लागेको पुल निर्माणको अवधि दुई पटक थप भइसकेको छ । पछिल्लो पटक थपिएको मिति २०८० असारमा सकिदैछ । यो अवधिमा काम पूरा हुने अवस्था छैन ।

पुल निर्माणको ठेक्का लिएका जेभी (ज्वाइट भेन्चर) मध्ये भूमिले स्थानीय साझेदारको रुपमा काम सुरु गरेको थियो । तर विराटनगर महानगरपालिका– ३ मा कार्यालय रहेको कम्पनीका सञ्चालक कृष्ण बोहोरा सम्पर्क बिहीन भएपछि काम अलपत्र परेको थियो । भूमि इन्फ्रास्ट्रक्चर बोहराको एकल स्वामित्वको कम्पनी हो । ठेक्का लिएको काम अलपत्र पारेपछि काम गर्न आउन भूमिलाई सरकारी निकायले पटक पटक ताकेता गरेको थियो । भूमिको तर्फबाट जवाफ नआएपछि हुलाकी र ६ लेन सडक आयोजनाले साझेदार कम्पनीलाई काम गर्न लगाएको हो ।

कोशी अस्पतालको भवन निर्माणका लागि २०७८ असार २३ गते रमन/भूमि इन्फ्रास्टक्चर/भूमि कन्ट्रक्सन (बिसिपिएल) ले संयुक्त रुपमा ठेक्का लिएको थियो । तीन साझेदारमध्ये भूमि इन्फ्रास्ट्रक्चर प्रालिले काम सुरु गरेको थियो । ३३ करोड २२ लाख ४८ हजार रुपैयाँमा ठेक्का लिएको कम्पनीले २०८० पुस २२ गते काम सक्नुपर्ने सम्झौता छ । तर भूमि सम्पर्कबिहीन भएपछि जग उठाउने काम नै रोकिएको छ । अस्पताल भवनको रोकिएको काम गर्न ठेकेदार कम्पनीको अर्काे साझेदार आउने आएको अस्पताल विकास समितिका सदस्य मुकेश बुढाथोकीले बताए । ‘भूमि भागेपछि अर्काे साझेदार आएर काम गर्ने भनेका छन्’, उनले भने, ‘१–२ दिनमा काम सुरु होला ।’

कोशी अस्पतालको भवन निर्माणमा भूमि इन्फ्रास्ट्रक्चरको साझेदार कम्पनी बीसीपीएल ( भूमि कन्ट्रक्सन) का प्रोजेक्टर म्यानेजर रमेशकुमार झा जिम्मेवारी पाएको कम्पनीले काम नगरेपछि आफूहरुले काम सुरु गरेको बताए । ‘भूमि इन्फ्रास्ट्रक्चरले काम सुरु गरेन, सञ्चालक सम्पर्कविहीन छन्’, झाले भने, ‘भूमि इन्फ्रास्ट्रक्चरले काम नगरेपछि रमन कन्स्ट्रक्सन मार्फत काम सुरु गरेका छौं ।’उनका अनुसार भूमि इन्फ्रास्ट्रक्चरका सञ्चालक सम्पर्कमा नरहेका कारण कोशी अस्पताल भवनको काम रोकिएको हो । भूमि इन्फ्रास्ट्रक्चरका सञ्चालक कृष्ण बोहरा के कारण सम्पर्कविहीन भए र उनी कहाँ छन् भन्ने खुलेको छैन ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6040 लेख
व्यू
आजको मिति
21
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2440 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1078 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 885 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 828 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 756 views

नयाँ समाचार

महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली…
17 hours पहिले
“मिडिया ट्रायल र प्रायोजित हल्लाबाट डरिँदैनौं” – गृहमन्त्री…
18 hours पहिले
“२ करोडभन्दा बढी सम्पत्ति खुलाएकाले लुकाउने प्रश्नै उठ्दैन”…
18 hours पहिले
दलित महिला सशक्तिकरण विधेयकमा जोड: हेटौंडाकी मेयर मिना…
19 hours पहिले
गृहमन्त्री माथि उठेका आरोपमा निष्पक्ष छानबिनको माग: जेन…
1 day पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली गर्न अन्तिम चेतावनी, अटेर गरे कानुनी कारबाही हुने

17 hours पहिले 93 views

“मिडिया ट्रायल र प्रायोजित हल्लाबाट डरिँदैनौं” – गृहमन्त्री सुधन गुरुङ

18 hours पहिले 46 views

“२ करोडभन्दा बढी सम्पत्ति खुलाएकाले लुकाउने प्रश्नै उठ्दैन” – गृहमन्त्री सुधन गुरुङको स्पष्टीकरण

18 hours पहिले 39 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya