Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

‘ वेलकम टु हेम्जाकोट ’ बाट डेब्यु गर्दै चितवनका प्रेविल कंडेल

रेडियो भराेसा अनलाइन
रिपोर्टर: रेडियो भराेसा अनलाइन
जेष्ठ १०, २०८०
110 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
‘ वेलकम टु हेम्जाकोट ’ बाट डेब्यु गर्दै चितवनका प्रेविल कंडेल
0 मिनेट पढ्ने
अपडेट: जेष्ठ १०, २०८०
Advertisement

चितवन । चितवनका प्रेविल कंडेलले चलचित्र ‘ वेलकम टु हेम्जाकोट ’ बाट डेब्यु गर्दै छन । यश डेब्यु चलचित्रबाट प्रेबिल कंडेल उत्साहित बनेका छन । केही दिनअघि मात्रै यस वर्षको प्रतिक्षित चलचित्र ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर ओएसआर डिजिटलमार्फत सार्वजनिक भएको छ, भने यसले अहिले चौतर्फी चर्चा कमाएको छ । वैदेशिक रोजगारी, वेरोजगारीले निम्त्याउने समस्या, अन्तरजातिय प्रेममा आउने उताब /चडाब लगायतका विषयवस्तुमा आधारित चलचित्र क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । जेठ २६ मा देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै चलचित्रप्रति दर्शकको उत्साह बढेको छ । ट्रेलरमा एउटा यस्ता अभिनेता देखिन्छन्, जसको यतिबेला चर्चा चुलिएको छ । चितवनको शारदानगरका स्थानिय प्रेविल कंडेलको नमस्ते गर्दै ट्रेलर मा जुन किसिमको इन्ट्रि देखिन्छ त्यसले दर्शकमा अर्कै किसिमको एक्साइटेड गराउँछ । उनी चलचित्रमा म्यानपावर कम्पनी चलाउने युवाको भुमिकामा रहेको दर्शकले महशुस गर्न सक्छन् , तर उनी आफै भने यस विषयमा खासै खुलाएका छैनन् ।

हामीसँगको संक्षिप्त वार्तामा उनले भने, ‘यो मेरो डेब्यु चलचित्र हो, तर यसले मलाई असाध्यै धेरै आशा र भरोसा दिएको छ । ट्रेलरबाट पाएको दर्शकको समिक्षाले चलचित्र उद्योगमा करिअर बनाउनुपर्छ भन्ने उत्साह पलाएको छ ।’ प्रेविल हालै अर्को एक चलचित्रमा साइन गर्ने अन्तिम तयारीमा छन । स्क्रिप्ट पढेर फाइनल भइसकेको र केही दिनमा साइन गर्ने तयारीमा रहेको उनले बताए । तेज प्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की, सुमन खड्काको लगानीमा निर्माण भएको यो चलचित्र सरोज पौडेलको लेखन तथा निर्देशनमा तयार भएको हो । चलचित्रमा प्रेविलसँगै बुद्धी तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, प्रदिप ढकाल, सन्दिप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सीना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदिव राई, स्व।जयनन्द लामा लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

यो चलचित्र केही समय अघि राजधानी काठमाडौंमा सम्पन्न ‘ चौथो नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिवल ’ मा उत्कृष्ट नेपाली चलचित्रको अवार्ड जितेको थियो, त्यहाँ उपस्थित अतिथीले उत्कृष्ट प्रतिक्रिया दिएका थिए । त्यस्तै, यसअघि सार्वजनिक चलचित्रका कन्टेन्ट आइटम डान्स ‘ मायाको रेडियो ’, तिहार सम्बन्धित गीत ‘ सेलको बासना चलेको ’ लगायले दर्शकको ध्यान तानेको थियो । मिलन श्रेष्ठको एक्सन, मित्र डि गुरुङको सम्पादन रहेको चलचित्रका डिओपी दिर्घ गुरुङ हुन् । कविराज गहतराज, गम्भिर विष्टको संयुक्त करियोग्राफी, शास्वत श्रेष्ठको व्याकग्राउण्ड म्युजिक रहेको चलचित्रका गीतहरुमा इन्दिरा जोशी, शान्तिश्री परियार, अस्मिता अधिकारी, राज सागर, राजन इशान, उदेश श्रेष्ठ लगायतका चर्चित गायकहरुको आवाज सुन्न सकिन्छ । गीतका म्युजिक डिरेक्टर राज सागर हुन् । चलचित्रलाई सुनिल मानन्धरले नेपालभरका लागि वितरणको जिम्मा लिएका छन् , भने विदेश राइट्स भ्वाइस अफ नेपालका संचालक राज सागरले किनेका हुन् ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भराेसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6040 लेख
व्यू
आजको मिति
21
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2440 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1078 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 885 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 828 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 756 views

नयाँ समाचार

महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली…
18 hours पहिले
“मिडिया ट्रायल र प्रायोजित हल्लाबाट डरिँदैनौं” – गृहमन्त्री…
18 hours पहिले
“२ करोडभन्दा बढी सम्पत्ति खुलाएकाले लुकाउने प्रश्नै उठ्दैन”…
18 hours पहिले
दलित महिला सशक्तिकरण विधेयकमा जोड: हेटौंडाकी मेयर मिना…
19 hours पहिले
गृहमन्त्री माथि उठेका आरोपमा निष्पक्ष छानबिनको माग: जेन…
1 day पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली गर्न अन्तिम चेतावनी, अटेर गरे कानुनी कारबाही हुने

18 hours पहिले 93 views

“मिडिया ट्रायल र प्रायोजित हल्लाबाट डरिँदैनौं” – गृहमन्त्री सुधन गुरुङ

18 hours पहिले 46 views

“२ करोडभन्दा बढी सम्पत्ति खुलाएकाले लुकाउने प्रश्नै उठ्दैन” – गृहमन्त्री सुधन गुरुङको स्पष्टीकरण

18 hours पहिले 39 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya