Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

पशुपतिनाथको जलहरी प्रकरणमा ओलीलाई जोडनु उचित होईन : प्रधानमन्त्री प्रचण्ड

रेडियो भराेसा अनलाइन
रिपोर्टर: रेडियो भराेसा अनलाइन
जेष्ठ १३, २०८०
156 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
पशुपतिनाथको जलहरी प्रकरणमा ओलीलाई जोडनु उचित होईन : प्रधानमन्त्री प्रचण्ड
0 मिनेट पढ्ने
अपडेट: जेष्ठ १३, २०८०
Advertisement

काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पशुपतिनाथको जलहरी प्रकरणमा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई जोडेर संसदमा अभिव्यक्ति दिनु उचित नभएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा दाहालले पशुपतिनाथको जलहरीलगायतका विषयमा काम गर्ने क्षेत्राधिकार पशुपति विकास कोषको भन्दै यसमा सोही संस्थाले काम गरेको विषयमा कुनै विवाद नभएको प्रष्टीकरण दिए ।

प्रधानमन्त्रीले यो विषय अख्तियारमा छानबिन गरिरहेको उल्लेख गर्दै छानबिनमा सरकारले सघाउने बताए ।

शनिबार प्रतिनिधिसभा बैठक सूरू हुनेवित्तिकै एमाले सांसदहरूले उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले त्यसबारे जवाफ दिन प्रधानमन्त्री दाहाललाई समय दिएका थिए । प्रधानमन्त्री दाहालले सो प्रकरणबारे पार्टीका सांसद दाहालले बोलेको कुरा संसदका रेकर्डबाट हटाउन सकिने प्रचलन गरेको पनि स्मरण गरे ।

‘पशुपतिनाथ मन्दिरको जलहरीलगायतका विषयमा काम गर्ने क्षेत्राधिकार पशुपति विकास कोषको हो । र, सोही संस्थाले काम गरेको विषयमा कुनै विवाद छैन । जलहरीका केही विषयबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निवेदन परी छानबिन, अनुसन्धान भइसकेको छ । स्वतन्त्र एवम् निष्पक्ष छानबिन गर्ने नै छ । यसमा सरकारको सहयोग रहनेछ’, प्रधानमन्त्रीले भने, ‘पशुपति विकास कोषसँग सम्बन्धित पशुपतिनाथको जलहरीसम्बन्धी विषयमा प्रमुख प्रतिपक्षको नेतालाई जोडेर सम्मानित सदनमा विचार व्यक्त हुनु उचित होइन । यस्ता विषय संसदको रेकर्डबाट हटाउने प्रचलन पनि रहेकै छ ।’

संसद्को जेठ १० गते बसेको प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले केपी शर्मा ओली नेतृत्वको सरकारले पशुपतिनाथ मन्दिरको जलहरी सुनको भनेर पित्तलको लगाई भ्रष्टाचार गरेको आरोप लगाएका थिए।

दाहालको अभिव्यक्ति फिर्ता नभएसम्म संसद् चल्न नदिने भन्दै शुक्रवार एमालेले संसद् अवरोध गरेपछि आज ४ बजेका लागि बैठक बोलाइएको थियो।

शनिवार बिहान शीर्ष तीन दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको छलफलले सदन सुचारु गर्ने सहमति भएको थियो।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भराेसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6096 लेख
व्यू
आजको मिति
02
May 2026
Saturday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2454 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1090 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 897 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 844 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 766 views

नयाँ समाचार

तारकेश्वर–१० मा शंकास्पद तरल पदार्थ छरिँदा स्थानीय त्रसित,…
16 hours पहिले
सर्लाही अदालतद्वारा राम बहादुर बोम्जनलाई सफाइ, थुनामुक्त
17 hours पहिले
शिवम् सिमेन्टविरुद्ध आन्दोलनको घोषणा: “जनताको स्वास्थ्यसँग खेलवाड अब…
17 hours पहिले
प्रेस स्वतन्त्रता प्रवर्धनका लागि वैशाख २० मा माइतीघर…
18 hours पहिले
भीमेश्वरमा अपाङ्गमैत्री पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न, पहुँचयुक्त पर्यटकीय…
2 days पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

तारकेश्वर–१० मा शंकास्पद तरल पदार्थ छरिँदा स्थानीय त्रसित, स्वास्थ्य समस्या देखिन थाल्यो

16 hours पहिले 54 views

सर्लाही अदालतद्वारा राम बहादुर बोम्जनलाई सफाइ, थुनामुक्त

17 hours पहिले 48 views

शिवम् सिमेन्टविरुद्ध आन्दोलनको घोषणा: “जनताको स्वास्थ्यसँग खेलवाड अब सहिन्न” — विशालराज महत

17 hours पहिले 77 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya