Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

चितवन खबर पत्रिकाले मनायो काठमाडौंमा १२ औं वार्षिकोत्सव

निराज रानाभाट
रिपोर्टर: निराज रानाभाट
असार १३, २०८०
184 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
चितवन खबर पत्रिकाले मनायो काठमाडौंमा १२ औं वार्षिकोत्सव
0 मिनेट पढ्ने
अपडेट: असार १३, २०८०
Advertisement

काठमाडौं । चितवनको सञ्चार क्षेत्रमा अग्रणी स्थान ओगट्न सफल मोफसल कै चर्चित चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाले आफ्नो गौरवमय १२ औं वार्षिकोत्सव काठमाडौंमा एक भब्य कार्यक्रम गरेर मनाएको छ । छापा पत्रकारिताको दुनियाँमा १ दशकदेखि अनवरत रूपमा प्रकाशनमा आएको चितवनबाट प्रकाशित पहिलो र एक मात्र रंगिन साप्ताहिक पत्रिका हो । छापासँगै अहिले इचितवन खबर अनलाइन प्रकाशन पनि हुँदै आएको छ । काठमाडौंमा एक कार्यक्रमका बीच विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको आतिथ्यतामा शुभकामना आदान प्रदान गरिएको थियो ।वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि सुशील कोइराला मेमोरियल फाउण्डेशनका सदस्य सचिव ई। अतुल कोइरालाले विभिन्न चुनौतीका बीच पत्रकारितालाई नियमित गरेको भन्दै चितवन खबर पत्रिकाको उच्च प्रशंसा गरेका थिए । समाजलाई सकारात्मक रुपान्तरणका लागि मिडियाको महत्वपूर्ण भुमिका हुने भएकाले चितवन खबर पत्रिकाको थप सफलताको शुभकामना व्यक्त गरे ।

उक्त कार्यक्रमको विशिष्ट अतिथि नेपाली चलचित्र जगतकी पहिलो महिला विशिष्ट हाँस्य कलाकार बसुन्धरा भुषालले नियमित प्रकाशनमा रहेको चितवन खबर पत्रिकाको थप निरन्तरताको लागि शुभकामना दिइन् । त्यसैगरी, नेपाली चलचित्र जगतका चर्चित अभिनेता तथा निर्देशक सरोज खनालले मिडियाले कला र कलाकारलाई सधैं माया गर्दै आएको भन्दै मिडिया र कलाकारिता बीच सधैं नङ र मासुको जस्तै सम्बन्ध हुनुपर्ने बताए । उनले विगत १ दशकदेखि देशको समग्र आर्थिक, सामाजिक, राजनैतिक रूपान्तरण खेलेको भूमिका अतुलनीय र अविस्मरणीय रहेको बताए । आगामी दिनमा पत्रिकाले सामाजिक उत्तरदायित्वका साथै आवाज विहीनको आवाजको रूपमा सदैव स्थापित हुने विश्वास व्यक्त गरे । नेपाली चलचित्र जगतका चर्चित सदावहार अभिनेत्री करिश्मा मानान्धरले पत्रकारिताको माध्यमबाट चितवन खबरले समाजलाई सुसूचित गरेको भन्दै प्रशंसा गरे। उनले आगामी दिनमा पत्रिकाले विकृति विसङ्गतिलाई चिर्दै समाजको ऐनाको रूपमा भूमिका निर्वाह गरेर अघि बढ्नुपर्ने भन्दै पत्रिकाको उत्तरोत्तर प्रगतिको कामना गरे ।

यसैगरी, नेपाली सांगितिक क्षेत्रका चर्चित बरिष्ठ गायक आनन्द कार्कीले पत्रिकालाई शुभकामना दिँदै पत्रकारिताको जगतबाट चितवन खबरले समाजमा पुर्याएको योगदान प्रशंसा गरे । उक्त कार्यक्रममा समाजसेवी नारायण अधिकारीलाई सम्मान गरिएको छ । अधिकारीले नेपालका विभिन्न क्षेत्रमा सामाजिक कामका लागि सहयोग गर्दै आएका छन । आर्थिक अवस्था कमजोर भएकाहरुलाई र असक्त वृद्धवृद्धाहरुका लागि अधिकारीले विभिन्न समयमा सहयोग गर्दै आएका छन । उक्त कार्यक्रमको सभापति एवम् पत्रिकाका निर्देशक गोबिन्द राज पाण्डेले आगामी दिनमा सबैको सल्लाह  सुझाव अनुसार नै पत्रिकालाई अझ परिष्कृत र परिमार्जन गर्दै लैजाने र पत्रिकालाई यहाँसम्म ल्याई पुर्‍याउने समस्त पाठक, शुभेच्छुक विज्ञापनदाता प्रति पाण्डेले आभार प्रकट गरे । निर्देशक गोबिन्द राज पाण्डेले जस्तोसुकै विषम परिस्थितिमा पनि पत्रिकाले आफ्नो व्यावसायिक धर्म निर्वाह गर्दै आएको बताए । उक्त कार्यक्रममा लक्की मिडिया हाउस चितवनको टिम लगायत नागरिक अगुवा, पत्रकार, शुभेच्छुक, विज्ञापनदाता लगायतको उपस्थिति रहेको थियो । चितवन खबर पत्रिका सँगै अनलाइन संस्करण इ चितवन खबर डट कम मार्फत पनि सूचना समाचार सम्प्रेषण गर्दै आएको छ ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

निराज रानाभाट

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6040 लेख
व्यू
आजको मिति
21
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2440 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1078 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 885 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 828 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 756 views

नयाँ समाचार

महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली…
18 hours पहिले
“मिडिया ट्रायल र प्रायोजित हल्लाबाट डरिँदैनौं” – गृहमन्त्री…
18 hours पहिले
“२ करोडभन्दा बढी सम्पत्ति खुलाएकाले लुकाउने प्रश्नै उठ्दैन”…
18 hours पहिले
दलित महिला सशक्तिकरण विधेयकमा जोड: हेटौंडाकी मेयर मिना…
19 hours पहिले
गृहमन्त्री माथि उठेका आरोपमा निष्पक्ष छानबिनको माग: जेन…
1 day पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली गर्न अन्तिम चेतावनी, अटेर गरे कानुनी कारबाही हुने

18 hours पहिले 93 views

“मिडिया ट्रायल र प्रायोजित हल्लाबाट डरिँदैनौं” – गृहमन्त्री सुधन गुरुङ

18 hours पहिले 46 views

“२ करोडभन्दा बढी सम्पत्ति खुलाएकाले लुकाउने प्रश्नै उठ्दैन” – गृहमन्त्री सुधन गुरुङको स्पष्टीकरण

18 hours पहिले 39 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya