Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

हेटौंडा १८ लाई पर्यो प्रधानमन्त्री कृषि आधुनिकी परियोजनाबाट १२ लाखको अनुदान , अन्य वडामा शुन्य

अम्बिका बस्नेत
रिपोर्टर: अम्बिका बस्नेत
असार १८, २०८०
290 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
हेटौंडा १८ लाई पर्यो प्रधानमन्त्री कृषि आधुनिकी परियोजनाबाट १२ लाखको अनुदान , अन्य वडामा शुन्य
1 मिनेट पढ्ने
अपडेट: असार १८, २०८०
Advertisement

हेटौंडा । धानवालीको रोपाईको समय सुरु भएसंगै कृषि क्षेत्रमा क्रियाशिल भएका किसानहरु धमाधम आफ्नो कृषि क्षेत्रको काममा व्यस्त हुन थालेका छन् । नेपालको विभिन्न ठाउँहरु जस्तै हेटौँडा उपमहानगरपालिका भित्र पनि किसानहरु बारीमा धमाधम धानको व्याड राख्ने तथा बर्खेबालि भित्र्याउने काम तिर जुठेका छन् । यो वर्ष समयमा वर्षा नभएका कारण धानको व्याड राख्न किसानहरुमा समस्या तथा चुनौति धपिएका छन् ।

हेटौंडा उपमहानगरपालिकाले भने यस बर्ष किसानहरुको लागि धानको बीउमा योजना ल्याएका छैनन् । अहिलो बर्ष २०७८(०७९ मा भने योजना ल्याईएको थियो । पालिकाले बर्सेनि धानको बिउ बिजन वितरणको लागि सेवा केन्द्र मार्फत वितरण गर्ने गरेको थियो ,भने सेवा केन्द्र नभएको हकमा वडा मार्फत वितरण कार्यलाई अघि बढाउने कार्य गरि रहेको थियो । धानको बढि मात्रामा उब्जनी हुने वडाहरु ६,७,१७,१६,१८,३ र १९ लाई योजना पर्ने गरेको थियो । त्यसै गरि धानको कम मात्रामा उत्पादन हुने १,२,४,५ र १० लाई भने योजना पर्ने गरेको थिएन । वडा मार्फत कृषि अ‍ैजारहरु वितरण गर्नको लागि एउटा किसानको हकमा अघिल्लो बर्ष बजेट ५ लाख छिट्याएको थियो ।

यस पटक संघिय सरकारले बाहिरी जिल्लाको बिक्रेता तोक्दिनाले कृषकहरुलाई असहज पर्न गएको छ । धानको बिउ लिन टाढा जानूपर्ने , समयको बचत नहुने जस्ता समस्याहरु देखिएको छ । बिउको लागि संघीय सरकारको ५० प्रतिशत र कृषकले ५० प्रतिशत रकम बोकेर जानूपर्ने रहेको छ । यस पटक भने संघीय सरकारले चितवन जिल्लालाई बिक्रेता तोकेको कृषि विकास महाशाखा प्रमुख गंगा चौलागाईले बताए । यसपालि भने प्रधानमन्त्री कृषि आधुनिकी परियोजनाबाट कृषि क्षेत्रको लागि बजेट १२ लाख आएको हो । धानबालि पकेट विकास कार्यक्रमको बजेट यस पटक हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ स्थित साना किसान कृषि सहकारी सस्था लिमिटेड हर्नामाडीलाई पर्न गएको छ । पकेट क्षेत्रको लागि १५ हेक्टर जग्गामा धानको बीउ लगाउनु पर्ने चौलागाईले बताए ।

साना किसान कृषि सहकारी सस्था लिमिटेड हर्नामाडीले दुई थरीको धान वितरण गरेको छ । १० बोरा रामधान र २९० बोरा वारधार वितरण गरिएको हो । त्यसै गरि सहकारी सदस्य ८७९ जना र १९ सय २१ घरधुरी गरि करिब ५०० घरधुरीले बीउ प्राप्त गरेको छ।सहकारीले ५० हेक्टर भन्दा बढि जग्गाको लागि बीउ वितरण गरेको हो । पालिकासगँ सिफारिस भए अनुसार किलोको दरले बीउ वितरणमा जोर दिईएको छ । हरेक घरधुरीलाई जग्गा हेरेर धेरै भएकोलाई ३५ किलो सम्म र थोरै भएको हकमा १५ किलो सम्म लाग्दो धानको बिउको व्यवस्थापन सहकारीले गरेको हो । बजारमा धानको बीउ किन्न जादा किसानको समय बढि खर्चनु पर्ने र महङ्गो शुल्क तिर्नु पर्ने थियो भने अहिले सहकारीबाट वितरण हुदा उनिहरुलाई धेरै सहज भएको छ । यस देखि अघिल्लो बर्ष सहकारीले आफैले बीउ उत्पादन गरे वितरण गर्ने गरेको थियो भने यस बर्ष किसानले बीउ पाउने तर उत्पादन आफैले गर्नु पर्ने भएको छ ।

उपमहानगरपालिकाबाट प्राप्त अनुदानबाट नपुगेको हकमा सहकारीले आफ्नो लगानीसमेत थप गरेर वितरण गरेको साना किसान कृषि सहकारी हर्नामाडिमा व्यवस्थापनक माधव प्रसाद पुडासैनीले बताए । त्यसै गरि मेसिनरी सामाग्रीमा विषादी हाल्ने पम्पसमेत करिब २०० जनालाई वितरण गरेको बताए । यस पटक ६० बोरा डिएपी मल र ९० बोरा युरिया मल पनि प्राप्त भएको बताए । किसानहरुलाई टोकन सिस्टम राखेर मल लिन बोलाउने गरेको छ । करिब ५५० ओटा टोकन बाडिसकेको पाईन्छ । हरेकलाई युरिया मल ७ किलो र डिएपी मल ५ किलोको दरले वितरण गरेको हो । पुडासैनी भने मल जग्गामा लाग्दो दिन मन थियो तर मलको मात्रामा कमि भएको हुनाले त्यो सम्भव हुन नसकेको बताए । अहिले भने फेरि पनि स्थानीय सरकारद्वारा ६० बोरा युरिया मल भागमा आएको छ , र मल लिन जान बाकी रहेको बताए ।

सोहि बिषयमा हेटौंडा १८ का एक किसान भन्छन् , यस बर्ष समयमा वर्षा नहुदा धानको व्याड राख्न समस्या आएको छ । तापक्रम बढि भएको हुनाले मकै बालिको पनि राम्रो उब्जनि हुन सकेन । यस्तो खडेरी लागेको बेलामा सहकारीबाट धानको बीउ पाउँदा केही समस्याहरु कम हुन गएको छ । मेरो अहिले लगभग डेर बिगा जमिन छ । यस जमिनको लागि सहकारीबाट लाग्दो धानको बीउ पाएको छु । ३५ किलो धानको बीउ सहकारीबाट पाएको हो । धानको बिउको समस्या हटेता पनि पानिको समस्याले भने मनमा चिन्ता भईरहेको छ । बोरिङबाट पानी निकाल्नु पर्यो भने २०० फिट तलसम्म जानू पर्ने हुन्छ । असार आग्दा सम्म पनि आकाशे पानिको केही भर नभएको उनले बताए । पञ्चकन्या सामुदायिक वन समितिद्वारा स्थानीय समुहलाई १ करोड बापत यस क्षेत्रका लागि १ लाख ५० हजार अनुदान आएको छ । अनुदान रकमबाट कृषकहरुको लागि बोरिङबाट पानीको व्यवस्थापन गर्ने भनेको छ । सोहि काम सुरु भईरहेको किसान तेजकुमारी न्यौपानीले बताईन । त्यसै गरि खेतिबालीको लागि मलको पनि अभाव रहेको छ । सहकारीबाट केही मात्रामा युरिया मल र डिएपि मल त आयो तर त्यो मल भने प्रयाप्त छैन् । डेर बिगा जमिनको लागि बाहिर बाहिर झर्किएको जस्तो मात्र हुने बताईन् । कृषिबाटै घर खर्च धान्ने आर्थिक कारोबारहरु गरि रहेको छु । मेरो घरमा परिवारमा हामी ४ जना सदस्यहरु छैं। कृषि गरेरै एउटा छोरा र एउटा छोरी गरि दूई वटा बच्चा पढाइ रहेको छु । श्रीमान पनि खेतबारीमा काम गर्नु हुन्छ । हामिहरु कृषिमा नै निर्भर रहेका छै । २ बर्ष अघि कृषिको लागि भनेर पालिकाबाट केही रमकहरु छुट्टाईएको थियो । अहिले सम्म किसानको हातमा पर्न सकेको छैन् । यस बिषयको कामहरु सबै टुङ्गो लागि सक्दा पनि रकम किसानको हातमा नपर्नु आपत्तिजनक रहेको उनले बताईन् ।

त्यसै गरि सोहि ठाउँका अर्का किसान हरि प्रसाद पुडासैनीले पनि हर्नामाडी १८ स्थित साना किसान कृषि सहकारीबाट २७ किलो धानको बीउ प्राप्त गरेका छन् । उनले अरुको बारी अध्यायमा लिएर खेति गर्न लागेका हुन् । उनी करिब १० बर्ष देखि कृषि क्षेत्रमा लागिरहेका छन् । उनको घर परिवारमा ९ जना सदस्यमध्ये जेठा छोरा, बुहारी र उनको छोरीसहित उनिहरु पोखरामा बसोबास गर्छन् । यस ठाउँमा अहिले उनका ६ जना परिवारका सदस्यहरु बसोबास गरिरहेका छन् । पुडासैनीले भने, सहकारीबाट जग्गामा लाग्दो धानको बीउ पाएको छु । यसपालि वर्षा नहुदा किसानहरुमा समस्या तथा चुनौति आई परेको बेला सहकारीले थप सहानुभुति प्रदान गरेको छ । यो बर्ष बर्खेबाली राम्रो हुन सकेन वर्षा नहुनाले मकैको बोट सबै सुकेर गयो । अझै पनि असार लागि सक्यो तर पनि राम्रोसगँ पानी पर्न सकेको छैन् । बीउ त प्राप्त गरे तर आकाशबाट पानी परेन भनी यसपालिको खेति दुखमात्र हुने उनले बताए । त्यसै गरि यस बर्ष मलको चरम अभाव भएको समयमा पनि सहकारीले ७ किलो मल किसानहरुलाई वितरण गरेको छ । यति मलले प्रयाप्त मात्रामा खेति गर्न पुग्दैन् तर पनि सहकारीले चरम अभावको बेलामा मल वितरण गरेकोमा उनले आभार प्रकट गरेका छन् ।

त्यस्तै हेटौंडा उपमहानगरपालिका ३ मा भने यस पटक अनुदान परेको छैन् । पुर्व पश्चिम राजमार्गका भित्र सडकखण्ड स्थित एक गाउँ खाडिदमारका किसान फुलमाया स्याङतान भन्छन् , अहिलेसम्म अनुदान भनेको थाहा नभएको र वडाबाट अनुदान लगाएत अन्य विषयमा पनि सुचना प्राप्त नभएको उनले बताए । आफ्नो व्यक्तिगत लगानीमा उनले अहिलेसम्म खेति गरि रहेका छन् । सुचना प्राप्त नभएको हुनाले अहिलेसम्म थाहा पनि नभएको र स्थानीय सरकार समक्षय पहल पनि नगरेको उनले बताईन् । उनी अहिले ४५ बर्षकी भएको छिन्। उनका श्रीमान एक्का बहादुर स्याङतान पनि ४२ बर्षका भएका छन् । उनको परिवारमा ३ जना परिवार रहेको छ । दुई छोरीको भने विवाह भईसकेको र छोरा भने कक्षा ५ मा पढिरहेको छ । उनको श्रीमान लेवर काम गरिरहेका छन् । करिब २३ बर्षदेखि उनले कृषि गरि रहेकी छिन् । उनले अनुदानबाट आएको मल ,बीउ बिजन लगाएत अन्य कृषि सामाग्रीहरु आएमा स्थानीय सरकारले अनिवार्य सुचना प्रवाह गर्नु पर्ने उनले बताईन् ।

सोहि ठाउँका किसान बिजय बल भन्छन् , वडामा अनुदान आउछ तर अनुदानको माग गर्न जादा झुल्लाउने कार्य हुन्छ । वडा न १९ र ३ को लागि एउटामात्र साना किसान कृषि सहकारी तोक्दिएको छ । संघीय सरकार मार्फत आएको अनुदान मल, धानको बीउ होस या अन्य कुनै हाम्रो हातमा पर्ने गरेको छैन् । मैले धेरै पटक अनुदानको माग गरिसके तर अहिलेसम्म परेको छैन् । युवा लक्षित योजनाहरु पालिकाले बनाएको हुन्छ तर धेरै पटक प्रयास गर्दा पनि नपरेको उनले बताए । उनी एक पटक बैदेशिक रोजगारमा गएर आफ्नौ गाउँघरमा केही गर्नु कृषिलाई अघि बढाउछु भनेर आएको बताउ छन् । कृषिमा कैयौं प्रयास पछि पनि मेहनत गरे अनुसारको फल प्राप्त नहुदा उनी फेरि बैदेशीक यात्रा तय गर्न लागेको बताउ छन् ।

अघिल्लो बर्ष २०८९र८० मा कृषि तथा पशुपंक्षि विकास महाशाखा हेटौंडाद्वारा किसानहरुलाई विभिन्न कार्यक्रम गरि कृषिक्षेत्रमा आवश्यक सामाग्रीहरु वितरण गरेको छ । त्यसै गरि यस पटकहेटौंडा उपमहानगरपालिका भित्रको कृषि क्षेत्रको लागि प्रदेश सरकारले २ करोड ८ लाख बराबरको बजेट छुट्टाएको छ । काउम्याट ४० जनालाई , पाडापाडि १५ समुहलाई,युवा लक्षित यन्त्र उपकरण २० जनालाई , माछा तथा हास पालन ९ जनालाई र बुन्गुर प्रबन्धक १७ जनालाई वितरण गरिएको थियोे । त्यस्तै गरि व्यवसायक प्रबन्धक कार्यक्रम मार्फत १० जनालाई १० लाख बराबरको रकम उपलब्ध गराइएको थियो । साथै व्यवसायी किसानहरलाई बुन्गुर पालन गर्नेलाई रकम ५ लाख , माछा प्रबन्धकलाई रकम ५ लाख , युवा लक्षितलाई २० लाख , पाडापाडि प्रबन्धकलाई रकम १० लाख , काउम्याट प्रबन्धकलाई रकम १० लाख , टडेल प्रबन्धकलाई १८ लाख ९० हजार , सिचाई प्रबन्धकलाई २७ लाख ५० हजार , महिला प्रोसाहनमा १० लाख , नसरी प्रबन्धकलाई ७ लाख र मधेम प्रबिधि युक्त तरकारी पकट क्षेत्रलाई १२ लाख लागत वितरण गरिएको छ । त्यसै गरि पछिल्लो आर्थिक बर्षमा योजना गरिएको कार्यक्रमलाई नै यस बर्ष पनि पुर्न सञ्चालन गर्ने र नसरी प्रबन्धकलाई भने यो बर्ष योजनामा समाबेश नगरिने हेटौंडा उपमहानगरपालिका कृषि तथा पशुपंक्षि विकास शाखा प्रमुख गंगा चौलागाईले बताए ।

 

 

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

अम्बिका बस्नेत

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6096 लेख
व्यू
आजको मिति
02
May 2026
Saturday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2455 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1091 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 898 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 845 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 767 views

नयाँ समाचार

तारकेश्वर–१० मा शंकास्पद तरल पदार्थ छरिँदा स्थानीय त्रसित,…
19 hours पहिले
सर्लाही अदालतद्वारा राम बहादुर बोम्जनलाई सफाइ, थुनामुक्त
19 hours पहिले
शिवम् सिमेन्टविरुद्ध आन्दोलनको घोषणा: “जनताको स्वास्थ्यसँग खेलवाड अब…
20 hours पहिले
प्रेस स्वतन्त्रता प्रवर्धनका लागि वैशाख २० मा माइतीघर…
20 hours पहिले
भीमेश्वरमा अपाङ्गमैत्री पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न, पहुँचयुक्त पर्यटकीय…
2 days पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

तारकेश्वर–१० मा शंकास्पद तरल पदार्थ छरिँदा स्थानीय त्रसित, स्वास्थ्य समस्या देखिन थाल्यो

19 hours पहिले 55 views

सर्लाही अदालतद्वारा राम बहादुर बोम्जनलाई सफाइ, थुनामुक्त

19 hours पहिले 49 views

शिवम् सिमेन्टविरुद्ध आन्दोलनको घोषणा: “जनताको स्वास्थ्यसँग खेलवाड अब सहिन्न” — विशालराज महत

20 hours पहिले 82 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya