Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

गाँजा खुला गर्न परमादेशको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
चैत्र २, २०७९
56 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
गाँजा खुला गर्न परमादेशको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर
0 मिनेट पढ्ने
अपडेट: चैत्र २, २०७९
Advertisement

नेपालमा गाँजा खुला गर्न परमादेशको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । नेपाल फार्म व्यवसायी संघको तर्फबाट बिहीबार अधिवक्ता सरोज अधिकारी र ऋगेन्द्र गिरीले सरकारलाई विपक्षी बनाउँदै रिट दायर गरेका हुन् । रिट निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कृषि तथा पशुपंक्षी मन्त्रालय, स्वास्थ्य मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, सहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय समेतलाई विपक्षी बनाइएको छ ।

दायर रिटमाथि छलफलका लागि फागुन ६ गतेका दिन पेशी तोकिएको छ । सार्वजनिक सरोकारको विषय अन्तर्गत दायर गरिएको सो रिटमा औषध (नियन्त्रण) ऐन, २०३३ मा भएको व्यवस्था बमोजिम नियमावली बनाई गाँजालाई नियन्त्रण एवं नियमन गर्नु गराउनु भनी विपक्षीहरूको नाउँमा परमादेश लगायतको जो चाहिने उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गर्न माग गरिएको छ । गाँजाका प्रत्येक अंशको फरक फरक फाइदा रहेको र यो बेकामे नहुने भन्दै गाँजाबाट विभिन्न औषधी, लत्ताकपडा लगायत अन्य निर्माण सामाग्रीहरू बनाई प्रयोग भइरहेको जनाउँदै नशाको रूपमा हुने दुर्व्यसन रोक्दै अन्य प्रयोजनका लागि गाँजा खुला गर्न माग गरिएको छ ।

रिट निवेदनमा गाँजाबाट बन्ने औषधिबाट क्रोनिक रोगहरू, आँखा रोग, अल्जाइमर, ट्राइकासाइट, माइग्रेन, इपिलेप्सी, अपाचन, अनिद्रा, छाती दुख्ने, ज्वरो आउने, श्वासप्रश्वासमा असहजता, हैजा, झाडापखाला, ट्राड्कुलाइजर, एक्युटिक डिस्अर्डर, महिनावारी, ट्यूमर, शरीरको दुखाई, पार्किन्सन, मल्टिपल स्क्लेरोसिस, यौन दुर्बलता जस्ता घातक र कम घातक रोगहरू समेत गरी करिब २५० भन्दा बढी मानवमा लाग्ने रोगहरूको प्राकृतिक तथा वैज्ञानिक उपचारको लागि औषधीय गुण सम्भव रहेको जनाइएको छ । सो रिटमा गाँजाबाट हुने फाइदाहरू ४० प्रकारका औषधी, खाना, औद्योगिक उत्पादन बाहेक गाँजाका बोटहरूले वातावरण संरक्षणको लागि पनि निकै भूमिका हुने कुरा औँल्याइएको छ ।

रिट निवेदनमा परिवर्तित विश्वले गाँजालाई लागु औषधबाट नियन्त्रित औषधीय, खाद्य पदार्थ तथा अन्य उत्पादनका सामाग्रीका रूपमा उत्पादन तथा बिक्री वितरणको व्यवस्थापन गरी असीमित लाभका लागि खुला गर्दै लगेको उल्लेख गरिएको छ । ऐन निर्माण हुँदाकै बखत गाँजाको खेती, उत्पादन, तैयारी, बिक्री वितरण, निकासी, पैठारी, सञ्चय वा ओसार पसारको कार्यलाई पूर्णरुपमा खुला गरेको, देशको जमिनहरूमा देखिएको उत्पादकत्व ह्रास तथा ग्रामीण भेगका जमिनहरू बाँझा रहेको परिप्रेक्ष्यलाई समेत मध्यनजर गर्दै ऐनद्वारा प्रत्यायोजित विधायन बमोजिम आवश्यक पर्ने नियम बनाई तथा अन्य आवश्यक काम गर्न तथा सो सम्बन्धी वातावरण तयार पार्ने लगायतको कार्य गर्न विपक्षीहरूका नाउँमा संविधानको धारा १३३ (२) र (३) बमोजिम आवश्यक आदेश जारी गर्न माग गरिएको छ ।

ऐनको दफा ४ को प्रतिबन्धात्मक वाक्यांश १ बमोजिम चरेश उत्पादन, सञ्चय, ओसार पसार, सेवन तथा बिक्री वितरणलाई नियमन गर्न आवश्यक पर्ने नियम तत्काल बनाई लागू गर्न गराउन विपक्षीहरूको नाउँमा परमादेशको आदेश जारी गर्न माग गरिएको छ । यस्तै ऐनको दफा ५ को खण्ड क बमोजिम औषधोपचारको निमित्त गाँजाको खरिद बिक्री गर्नको लागि अनुमति प्रदान गर्न र सेवन गर्न नियमावली बनाउने परमादेश जारी गर्न, ऐनको दफा ५ को खण्ड ‘ख’ लाई सम्मानित अदालतबाट सार्वजनिक सरोकारको बृहत्तर हित हेरी आदेश गर्न माग गरिएको छ । धार्मिक कार्यक्रममा गाँजाको प्रयोग गर्ने, उमेर पुगेका व्यक्तिले निश्चित मात्रामा रक्सी जसरी मनोरञ्जनको लागि गाँजा सेवन गर्ने, थाइल्यान्डमा झैँ पर्यटन प्रबद्र्धनका लागि निश्चित क्षेत्रहरूमा गाँजा सेवन गर्न गराउन दिने लगायतका सम्बन्धमा उचित कानुनी व्यवस्था गर्ने गराउन विपक्षीहरूको नाउँमा परमादेशको माग गरिएको छ ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6040 लेख
व्यू
आजको मिति
21
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2440 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1078 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 885 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 828 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 756 views

नयाँ समाचार

महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली…
19 hours पहिले
“मिडिया ट्रायल र प्रायोजित हल्लाबाट डरिँदैनौं” – गृहमन्त्री…
19 hours पहिले
“२ करोडभन्दा बढी सम्पत्ति खुलाएकाले लुकाउने प्रश्नै उठ्दैन”…
19 hours पहिले
दलित महिला सशक्तिकरण विधेयकमा जोड: हेटौंडाकी मेयर मिना…
21 hours पहिले
गृहमन्त्री माथि उठेका आरोपमा निष्पक्ष छानबिनको माग: जेन…
1 day पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली गर्न अन्तिम चेतावनी, अटेर गरे कानुनी कारबाही हुने

19 hours पहिले 93 views

“मिडिया ट्रायल र प्रायोजित हल्लाबाट डरिँदैनौं” – गृहमन्त्री सुधन गुरुङ

19 hours पहिले 46 views

“२ करोडभन्दा बढी सम्पत्ति खुलाएकाले लुकाउने प्रश्नै उठ्दैन” – गृहमन्त्री सुधन गुरुङको स्पष्टीकरण

19 hours पहिले 40 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya