Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

हेटौंडामा एक दिवसीय आमा सेमिनार हुने

जमुना थिङ
रिपोर्टर: जमुना थिङ
अशोज ५, २०८०
67 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
हेटौंडामा एक दिवसीय आमा सेमिनार हुने
1 मिनेट पढ्ने
अपडेट: अशोज ५, २०८०
Advertisement

धर्तीमै छ सबै चिज खोजे मिल्छ घरी घरी
तर जन्मदिने आमा बाबा पाइँदैन कसै गरी

हेटौंडा । मानवसेवा आश्रमले आफ्नो मानवता प्रवद्र्धधन कार्यक्रम अन्तर्गत आमा सेमिनार कार्यक्रम आयोजना गरिरहेको छ । सोही क्रममा बागमती प्रदेशको राजधानी हेटौंडामा एक दिवसीय आमा सेमिनार कार्यक्रम हुने भएको छ । आउँदो असोज १४ गते आइतबार हेटौंडाको ओम्याक्स सिनेमा हलमा ३ बजेदेखि बेलुका ६ बजेसम्म आमा सेमिनार कार्यक्रम हुने बताएको छ ।

मानवता, राष्ट्रियता, परोपकार, राष्ट्र प्रेम र आफूलाई जन्मदिने मातापिताको महत्त्व बोध गराई प्रेम, सद्भाव, करुणालाई जनजनमा, मनमनमा पु¥याउने उद्देश्यले कार्यक्रम हुन लागिएको हेटौंडा–९, मयुरधापस्थित मानवसेवा आश्रमका अभियान्ता होमनाथ पौडेलले जानकारी दिनुभयो । सहयोगापेक्षी सडक आश्रित मानव मुक्त राष्ट्र निर्माणको परिकल्पनालाई पुरा गर्ने आधार तयार गर्न राष्ट्रव्यापी रुपमा मानवता प्रवद्र्धनको कार्यक्रम आयोजना गरिरहेको छ ।

गत भदौ २० गतेदेखि असोज १२ गतेसम्म (२२ दिन) बेलायतका विभिन्न सहरमा आमा सेमिनार कार्यक्रम सम्पन्न गरी मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीको गृह जिल्ला मकवानपुरको हेटौंडामा कार्यक्रम गर्न लागेका हुन । देशलाई नै सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणको परिकल्पना गरी सेवा गरिरहेका आश्रमले यो सेमिनार मकवानपुर जिल्लालाई केन्द्र बनाई जिल्लास्थित सम्पूर्ण जनप्रतिनिधिहरुलाई कार्यक्रममा सहभागी गराइने छ ।

कार्यक्रममा आमा समुह, टोल विकास समिति, युवा समुह वा क्लब, शिक्षकशिक्षिका, विद्यार्थी, कर्मचारी, धार्मिक तथा आध्यात्मिक संघ संस्थाको प्रतिनिधिहरु, गैरसरकारी संस्थाका प्रतिनिधिहरु, महिला स्वास्थ्य स्वयमसेविकाहरु, सञ्चारकर्मीहरु गरी ४ सय जनाको सहभागिता हुनेछ । जनजनमा सकारात्मक सोच, सृजनशीलता, रचनात्मकता, मानवीयता र सामाजिक भावनासहितको असल, आत्म संयमित, विवेकशील र आत्मनिर्भर बनाउने उद्देश्यले विभिन्न शीर्षकमा कार्यक्रम हुने पौडेलले जानकारी दिनुभयो ।

सामाजिक तथा पारिवारिक भावना जगाई जिम्मेवार र कर्तव्यनिष्ठ नागरिक बनाउने, आमा बाबाको महत्त्व र महिमा बोध गराउँदै राष्ट्र, राष्ट्रियता र मातृभूमिप्रतिको सम्मान बढाउने, म, मलाई र मेरो परिवार भन्दामाथि मानवीय सेवाको लागि प्रेरित गर्न आमा सेमिनार कार्यक्रमले सहयोग पुग्ने छ । यसैगरी व्यक्तिमा सृजनशीलता, रचनात्मकता, सामाजिक मूल्यमान्यताहरुसहित सकारात्मक सोचको विकासका लागि पथ प्रदर्शन गर्ने, अहङ्कार, रिस, घमन्ड, लोभ जस्ता नकारात्मक मानवीय संवेगहरुलाई कम गरी दया, प्रेम, स्नेह, करुणा, अनुशासन जस्ता सकारात्मक आचरण विकासका लागि प्रेरित गर्दै सामाजिक व्यक्तित्व निर्माणमा सहयोग गर्न सहयोग पुग्दछ ।

पारिवारिक सम्बन्धमा बढेको तिक्ततालाई न्यूनीकरण गरी सम्बन्ध सुमधुर बनाउने, सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र नेपालको लक्ष्य प्राप्तिका लागि आधार तय गर्न सहयोगका लागि आमा सेमिनार हुने बताएको छ । यस्तै हेटौंडापछि आउँदो असोज २० गते कास्की पोखरा, २७ गते मेचीनगर झापामा हुने छ । गत साउन १३ गते पर्सा वीरगन्जको टाउन हलमा आयोजना गरिएको कार्यक्रममा ७ सय जनाको सहभागिता रहेको थियो । देश तथा विदेशमा ख्यातिप्राप्त मानवसेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीले उक्त कार्यक्रममा प्रशिक्षण दिनुहुनेछ ।

 

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

जमुना थिङ

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6098 लेख
व्यू
आजको मिति
03
May 2026
Sunday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2458 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1091 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 899 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 846 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 768 views

नयाँ समाचार

सुकुम्बासी बस्तीमा ‘डोजर आतंक’ विरुद्ध एमाले बागमतीको कडा…
15 hours पहिले
राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी, स्वास्थ्य, विश्वविद्यालय र सार्वजनिक…
16 hours पहिले
तारकेश्वर–१० मा शंकास्पद तरल पदार्थ छरिँदा स्थानीय त्रसित,…
2 days पहिले
सर्लाही अदालतद्वारा राम बहादुर बोम्जनलाई सफाइ, थुनामुक्त
2 days पहिले
शिवम् सिमेन्टविरुद्ध आन्दोलनको घोषणा: “जनताको स्वास्थ्यसँग खेलवाड अब…
2 days पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

सुकुम्बासी बस्तीमा ‘डोजर आतंक’ विरुद्ध एमाले बागमतीको कडा आपत्ति, वैकल्पिक आवासको तत्काल माग

15 hours पहिले 69 views

राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी, स्वास्थ्य, विश्वविद्यालय र सार्वजनिक पदाधिकारी सम्बन्धी कानुन संशोधन

16 hours पहिले 43 views

तारकेश्वर–१० मा शंकास्पद तरल पदार्थ छरिँदा स्थानीय त्रसित, स्वास्थ्य समस्या देखिन थाल्यो

2 days पहिले 61 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya