Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

स्ववियु निर्वाचनमा सभापतिमा अखिल क्रान्तिकारीका छोइसाङ लामा बिजय

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
चैत्र ६, २०७९
110 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
स्ववियु निर्वाचनमा सभापतिमा अखिल क्रान्तिकारीका छोइसाङ लामा बिजय
1 मिनेट पढ्ने
अपडेट: चैत्र ६, २०७९
Advertisement

मकवानपुर बहुमुखी क्याम्पस हेटौंडामा एमाले निकट अखिलको विरासत भत्किएको छ । सधैं अखिल विजयी भएको क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनबाट सभापतिमा अखिल क्रान्तिकारीका छोइसाङ लामा अध्यक्ष निर्वाचित भएका छन् । सोमबार बिहान प्राप्त अन्तिम मतपरिणामअनुसार उनले ८१३ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी अनेरास्ववियुका नवराज शर्मा पौडेलले ६८२ मत प्राप्त गरे ।

यसअघिका सबै स्ववियु चुनावमा अनेरास्ववियुले नेतृत्व गर्दै आएको मकवानपुर बहुमुखी क्याम्पसमा पहिलोपटक अखिल क्रान्तिकारीले अनेरास्ववियुको विरासत भत्काएको छ । भर्खरै नेकपा एमालेको सचेतकको जिम्मेवारी पाएका महेश बर्तौला यही क्याम्पसमा २०६२ र २०६५ सालमा स्ववियु अध्यक्ष निर्वाचित भएका थिए । मकवानपुर जिल्लाका ८ वटा क्याम्पसमा भएको स्ववियु निर्वाचनमा कांग्रेस निकट नेविसंघ, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र राप्रपा निकट राप्रविसले प्यानल बनाएका थिए ।

यो प्यानलले निर्वाचनको माध्यमबाट मकवानपुर बहुमुखी क्याम्पस र वन विज्ञान अध्ययन संस्थान हेटौंडामा स्ववियु नेतृत्व लिन सफल भएको छ ।थाहानगरको पालुङ बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका पुस्कल श्रेष्ठ यसअघि नै सर्वसम्मत अध्यक्ष भएका थिए । एमाले निकट अनेरास्ववियुको प्यानलमा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू र विप्लवको अखिल (क्रान्तिकारी) विप्लव थिए ।

मकवानपुरका क्याम्पसहरुमा भएको स्ववियु निर्वाचनअन्तर्गत हेटौंडा-१६ को जनप्रिय बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी) विप्लवकी मुना गोले, मनहरी बहुमुखी क्याम्पसमा अनेरास्ववियूका कुमार घिसिङ, निर्मल बहुमुखी क्याम्पसमा अनेरास्ववियुका सरोज अर्याल, हेटौंडा क्याम्पसमा अनेरास्ववियुका अभि मैनाली, वंशगोपाल बहुमुखी क्याम्पसमा अनेरास्ववियूका दिवस सिलवाल र वनविज्ञान अध्ययन संस्थानमा नेविसंघका दीपेन्द्र कंडेल अध्यक्षमा निर्वाचित भएका छन् ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6040 लेख
व्यू
आजको मिति
21
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2438 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1077 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 883 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 826 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 754 views

नयाँ समाचार

महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली…
14 hours पहिले
“मिडिया ट्रायल र प्रायोजित हल्लाबाट डरिँदैनौं” – गृहमन्त्री…
14 hours पहिले
“२ करोडभन्दा बढी सम्पत्ति खुलाएकाले लुकाउने प्रश्नै उठ्दैन”…
14 hours पहिले
दलित महिला सशक्तिकरण विधेयकमा जोड: हेटौंडाकी मेयर मिना…
16 hours पहिले
गृहमन्त्री माथि उठेका आरोपमा निष्पक्ष छानबिनको माग: जेन…
22 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

महेन्द्र राजमार्ग क्षेत्रमा २५ मिटर सडक सीमा खाली गर्न अन्तिम चेतावनी, अटेर गरे कानुनी कारबाही हुने

14 hours पहिले 84 views

“मिडिया ट्रायल र प्रायोजित हल्लाबाट डरिँदैनौं” – गृहमन्त्री सुधन गुरुङ

14 hours पहिले 44 views

“२ करोडभन्दा बढी सम्पत्ति खुलाएकाले लुकाउने प्रश्नै उठ्दैन” – गृहमन्त्री सुधन गुरुङको स्पष्टीकरण

14 hours पहिले 37 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya