Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

आज मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने तयारी गरे पनि त्यो सफल हुन सकेन

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
चैत्र ८, २०७९
52 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
आज मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने तयारी गरे पनि त्यो सफल हुन सकेन
0 मिनेट पढ्ने
अपडेट: चैत्र ८, २०७९
Advertisement

मकवानपुर – बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राप्रपाले सरकार छोडेको एक महिना पुग्नभन्दा अगाडि नै विश्वासको मत लिएर ढुक्कसँग बस्ने योजना बनाउनुभएकाे थियाे । यही चैत १३ गते प्रदेश सरकारबाट राप्रपाले समर्थन फिर्ता लिएको एक महिना पुग्दै छ । तर त्यसभन्दा अगाडि नै मुख्यमन्त्री जम्कट्टेलले आफ्नो अनुकूलतामा विश्वासको मत लिने तयारी गरे पनि त्यो आज सफल हुन सकेन । प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने समयमा काठमाण्डौमा कांग्रेसले अर्को बैठक राखेर मुख्यमन्त्रीले तोकेको समयमा विश्वासको मत नदिने गरी रणनीति लिएको हो ।

प्रदेशका मुख्यमन्त्रीसँग प्याकेजमा सहमति गरेरमात्र विश्वासको मत दिने नेपाली कांग्रेसका संसदीय दलका नेता बहादुरसिंह लामाको तयारी छ । एमालेसँगको सहमतिमा साढे दुई वर्षमात्र मुख्यमन्त्री चलाउने सहमति गरेपछि अब कांग्रेसको सहकार्यमा पनि प्रदेश सरकार बन्दा त्यो सहमति कांग्रेससँग पनि हुनुपर्ने माग नेता लामाले राख्नुभएकाे छ । विना सहमति र सर्तमा, सहमति नभएसम्म मुख्यमन्त्री जम्कट्टेललाई विश्वासकाे मत नदिने कांग्रेस नेताहरू बताउँछन् ।

नेकपा एमालेले पनि माओवादी नेतृत्वको सरकार छोड्दा प्रदेश सभा बैठकमा सम्बोधन गरेरमात्र सरकार छोड्ने अर्को सर्त राखेको छ । राष्ट्रपति र उपराष्ट्रपति चुनावका लागि केन्द्रमा बनेको राजनीतिक समीकरणका आधारमा बाग्मती प्रदेश सरकारमा हेरफेरको तयारी भइरहँदा सत्तामै रहेको एमालेले सरकारबाट बाहिरिनका लागि सर्त अघि सारेको हो । बाग्मती प्रदेश सभा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले आफूहरू प्रदेश सरकारबाट हट्न तयार रहेको तर प्रदेश सभा बैठकमा आफ्ना धारणा राखेरमात्र बाहिरिने प्रस्ट पार्नुभयाे ।

‘हामी सरकारमै बसिरहने भन्ने होइन’, उहाँले भन्नुभयाे, ‘हामी राजीनामा दिन तयार छौँ तर प्रदेश सभा बैठकमा आफ्नो कुरा राख्न चाहन्छाैँ ।’ नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले भने मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सरकारबाट एमाले हटेपछि मात्र विश्वासको मतलगायतका प्रक्रिया अघि बढाउन दबाब दिएका छन् । एमालेले भने प्रदेश सभा बैठकमा आफ्नो कुरा राख्न पाउनुपर्ने, त्यसपछि मात्र सरकारबाट बाहिरिने सर्त राखेको हो । थपलियाले भन्नुभयाे, ‘प्रदेश सभा बैठक जहिले बोलाउँछन्, त्यही बेला हामी आफ्ना कुरा राखेर राजीनामा दिन्छौँ । प्रदेश सभा बैठक आजै बसेमा आजै राजीनामा दिन तयार छौँ ।’

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6052 लेख
व्यू
आजको मिति
23
April 2026
Thursday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2444 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1079 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 887 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 831 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 758 views

नयाँ समाचार

अपाङ्गता भएका महिलाको सशक्तीकरणका लागि २० दिने झोला…
16 hours पहिले
राइड सेयरिङ चालकद्वारा अपशब्दसहितका भिडियो पोष्ट नगर्न प्रहरीको…
16 hours पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा
24 hours पहिले
विद्यार्थीलाई सार्वजनिक सवारीमा ४५ प्रतिशत छुट सुविधा उपलब्ध…
1 day पहिले
सुनसरीमा नेपालकै पहिलो सर्पदंश औषधि उत्पादन उद्योग सञ्चालनमा
1 day पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

अपाङ्गता भएका महिलाको सशक्तीकरणका लागि २० दिने झोला तथा ब्याग बनाउने तालिम सम्पन्न

16 hours पहिले 44 views

राइड सेयरिङ चालकद्वारा अपशब्दसहितका भिडियो पोष्ट नगर्न प्रहरीको चेतावनी

16 hours पहिले 41 views

गृहमन्त्री सुदन गुरुङद्वारा नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा

24 hours पहिले 39 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya