Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

नेपालमा खाना पकाउने ग्याँसको आयात घटे

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
चैत्र ८, २०७९
49 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
नेपालमा खाना पकाउने ग्याँसको आयात घटे
0 मिनेट पढ्ने
अपडेट: चैत्र ८, २०७९
Advertisement

नेपालमा खाना पकाउने ग्याँसको आयात घटेको छ । नेपाल आयल निगमका अधिकारीहरुकाअनुसार गत वर्षको तुलनामा झण्डै ६ प्रतिशतले ग्याँस आयातमा गिरावट देखिएको हो । बिजुली प्रयोगमा उपभोक्ताहरु अभ्यस्त हुँदै जाँदा ग्याँसको प्रयोग घट्न थालेको हुनसक्ने निगमको अनुमान छ ।विभागले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष (आव) को ८ महिनाको तथ्यांकअनुसार गत वर्षको तुलनामा १ करोड ९२ लाख किलोले खाना पकाउने ग्याँसको आयात घटेको हो । जसलाई सिलिण्डरमा हिसाब गर्दा करिब १३ लाख ५२ हजार ११२ गोटा सिलिण्डर हुन आउँछ ।

भन्सार विभागकाअनुसार चालु आवको फागुनसम्म ३८ अर्ब ७२ करोड रुपैयाँको ३४ करोड ८ लाख ५६ हजार किलो खाना पकाउने ग्याँस आयात भएको छ । गत वर्ष समीक्षा अवधिमा ४० अर्ब ६४ करोड रुपैयाँको ३६ करोड ३४ हजार किलो ग्याँस आयात भएको थियो । यस वर्ष गत वर्षको तुलनामा एक अर्ब ९१ करोड ५३ लाख रुपैयाँले ग्याँसको आयातमा संकुचन आएको हो । नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायकाअनुसार ग्याँसको आयात करिब ६ प्रतिशतले घटेको छ । सम्भवतः शहरमा धेरै मात्रामा खपत हुने ग्याँसलाई विद्युतीय चुल्होले विस्थापित गरेको हुनसक्ने उनले बताए ।

‘यसबारे अध्ययन गर्नु पर्ने देखिन्छ, सम्भवतः पहिलो पटक ग्याँसको आयात कम भएको हो,’ प्रवक्ता उपाध्ययले भने, ‘विद्युतीय चुल्होको प्रयोगमा मानिसहरु अभ्यस्त भएको पनि हुनुपर्छ ।’निगमकाअनुसार देशभर १ करोड २१ लाख ग्याँसको सिलिण्डर छन् । दैनिक एक सिलिण्डर सरदर ग्याँस बिक्री भइरहेका छन् । तर, कोभिड–१९ महामारीमा समेत नघटेको ग्याँसको आयात यसपाली घट्नु चाहिँ अचम्म भएको निगमका अधिकारीहरु बताउँछन् ।

ग्याँस बिक्रेता व्यवसायीहरु पनि शहरमा ग्याँसको खपत वृद्धिमा रोक लागेको बताउँछन् । पहिलेको तुलनामा शहरमा ग्याँसको खपत वृद्धिमा कमी भएको नेपाल ग्याँस उद्योग संघका निवर्तमान अध्यक्ष गोकुल भण्डारी बताउँछन् । तर, तराई र पहाडी क्षेत्रमा बढेको ग्याँसको खपत र फैलावटका कारण समग्र आयात नै खस्किएको हुनसक्नेतर्फ भने उनले आशंका व्यक्त गरे । ‘गत जनवरी महिनामा मात्रै नेपालमा ४७ हजार २५० मेट्रिकटन ग्याँस आयात भएको छ, यो निकै ठूलो परिमाण हो,’ भण्डारीले भने, ‘नेपालको शहरी क्षेत्रको भन्दा गाउँ र तराईमा ग्यासमा फैलावट उच्च छ, त्यसकारण पनि आयातै घट्यो भनिहाल्न कठिन छ ।’

बढ्दो इन्डक्सन आयात

ग्याँसको आयात घट्नु र इन्डक्सनको आयात बढ्नुले कतै न कतै नेपालीहरु बिद्युतीय चुल्होमा अभ्यस्त हुन खोजेको संकेत मिल्छ । चालु आर्थिक वर्षको ८ महिनामा नेपालले गतवर्ष भन्दा एक लाख ४ हजार ९१२ थान बढी इन्डक्सन हिटर तथा इन्फ्रारेड चुल्हा खरिद गरेको छ । चालु आवको समीक्षा अवधिमा ३२ करोड ५९ लाख ९ हजार रुपैयाँको एक लाख ६२ हजार २३५ थान इन्डक्सन र इन्फ्ररेड चुल्हो नेपाल भित्रिएको छ । गत वर्ष यही अवधिमा ११ करोड ६५ लाख ७३ हजार रुपैयाँ बराबरको ७५ हजार ३२३ थान यस्ता विद्युतीय चुल्हो नेपाल भित्रिएको थियो ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6052 लेख
व्यू
आजको मिति
23
April 2026
Thursday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2444 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1079 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 887 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 831 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 758 views

नयाँ समाचार

अपाङ्गता भएका महिलाको सशक्तीकरणका लागि २० दिने झोला…
15 hours पहिले
राइड सेयरिङ चालकद्वारा अपशब्दसहितका भिडियो पोष्ट नगर्न प्रहरीको…
16 hours पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा
23 hours पहिले
विद्यार्थीलाई सार्वजनिक सवारीमा ४५ प्रतिशत छुट सुविधा उपलब्ध…
1 day पहिले
सुनसरीमा नेपालकै पहिलो सर्पदंश औषधि उत्पादन उद्योग सञ्चालनमा
1 day पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

अपाङ्गता भएका महिलाको सशक्तीकरणका लागि २० दिने झोला तथा ब्याग बनाउने तालिम सम्पन्न

15 hours पहिले 44 views

राइड सेयरिङ चालकद्वारा अपशब्दसहितका भिडियो पोष्ट नगर्न प्रहरीको चेतावनी

16 hours पहिले 41 views

गृहमन्त्री सुदन गुरुङद्वारा नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा

23 hours पहिले 39 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya