Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

डोटी साहित्य उत्सव ३ असोजमा, पदमराज जोशी र निर्मलकुमार भण्डारी सम्मानित हुने

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
भदौ २६, २०८१
104 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
डोटी साहित्य उत्सव ३ असोजमा, पदमराज जोशी र निर्मलकुमार भण्डारी सम्मानित हुने
1 मिनेट पढ्ने
अपडेट: भदौ २६, २०८१
Advertisement

काठमाडौं । नेपाली लेखक संघ डोटी र डोटेली साहित्य प्रतिष्ठानले ३ असोजमा ‘डोटी साहित्य उत्सव-२०८१’ आयोजना गर्ने भएका छन्। संविधान दिवस पारेर उत्सव आयोजना गरिने लेखक संघ डोटीका अध्यक्ष फणीन्द्र साउदले बताए।

उत्सवमा सुदूरपश्चिमका ९ वटै जिल्लाका स्रष्टाको प्रस्तुति रहने उनको भनाइ छ। ‘उत्सवमा जनप्रतिनिधिसँग साहित्य, कला र संस्कृति संरक्षणमा स्थानीय सरकारको भूमिका विषयक बहस हुनेछ। वक्ता शिखर नगरपालिकाका मेयर दीर्घ बलायर र बोगटान गाउँपालिकाका अध्यक्ष कमल गड्सिला हुनुहुने छ। एक पालिका प्रमुखको टुंगो लाग्न बाँकी छ,’ उनले भने, ‘यसका साथै कविता उत्सव, गजल उत्सव, मातृभाषाका सिर्जना उत्सव र मुक्तक उत्सव हुनेछ।’

कविता उत्सवमा डडेल्धुराका कैलाशकुमार पाण्डेय, डोटीका हिकमत शाही र तोयनाथ भट्टको प्रस्तुति रहने बताइएको छ। गजल उत्सवमा अछामका नवीन चिराग, बझाङका लोकेन्द्र बोहरा ‘परिवर्तन’, डोटीका रामचन्द्र राणा र कुश्मा भट्टले रचना वाचन गर्ने छन्।

मातृभाषा सिर्जना उत्सवमा बैतडी जन्मथलो भई कञ्चनपुर बस्दै आएका कविराज भट्ट, बझाङका पूर्ण मल्ल, डोटीका डिलबहादुर महारा र तीर्थराज भट्टले रचना प्रस्तुत गर्ने छन्। विजय आउजी, दलदिपेस र सिता साउँदको मुक्तक प्रस्तुति रहने छ।

गायक गोपाल सूचिकार, शेर साउँद, राम साउँद र हरि सुदामाको प्रस्तुति पनि रहने आयोजकले जनाएको छ। गीता स्मृति कठायत, अमर खड्का, हेमा देउवा, हर्क खडायत, धनबहादुर ऐर, पदम स्मृति अवस्थी, भक्त रावललगायत स्रष्टाको पनि प्रस्तुति रहने छ।

डोटेली लोकसाहित्यमा योगदान पुर्‍याउने पदमराज जोशीलाई प्रा. डा. जयराज पन्त स्मृति डोटेली लोकसाहित्य पुरस्कार र कवि निर्मलकुमार भण्डारीलाई कवि पूर्णानन्द भट्ट स्मृति काव्य पुरस्कार प्रदान गरिने भएको छ। दुवै पुरस्कारको राशि जनही ११ हजार १११ रहेको छ।

कार्यक्रममा निर्मला बोगटी, हेमा देउवा, गडसेरी माइला, देवेन्द्र भट्ट, हर्क खडायतको पनि सहभागिता रहने साउदले जानकारी दिए।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6072 लेख
व्यू
आजको मिति
28
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2450 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1088 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 894 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 840 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 765 views

नयाँ समाचार

“सुन्ने होइन, गर्ने समयः आफ्नै घरबाट सुरु होस्…
1 hour पहिले
कोहलीको ९ हजार रनको कीर्तिमानसँगै आरसीबीको शानदार जित,…
2 hours पहिले
हेटौंडाको सिद्धार्थ माविमा १३ महिनादेखि समिति विहीनता: लापरबाहीको…
2 hours पहिले
हेटौडा–४ का वडाध्यक्ष नवीन सिग्देलको आक्रोश: “करबाट विकास…
16 hours पहिले
माइतीघर घटनामा निष्पक्ष छानबिनको माग, “पीडितमाथि दमन अस्वीकार्य”
22 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

“सुन्ने होइन, गर्ने समयः आफ्नै घरबाट सुरु होस् जवाफदेहिता” — सामाजिक अभियन्ता विशालराज महतको खबरदारी

1 hour पहिले 33 views

कोहलीको ९ हजार रनको कीर्तिमानसँगै आरसीबीको शानदार जित, दिल्ली ९ विकेटले पराजित

2 hours पहिले 36 views

हेटौंडाको सिद्धार्थ माविमा १३ महिनादेखि समिति विहीनता: लापरबाहीको रहस्य खुलासा, तत्काल गठनको माग

2 hours पहिले 38 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya