Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

पश्चिम अस्ट्रेलियामा नेपाल महोत्सव सम्पन्न

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
भदौ ३१, २०८१
72 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
पश्चिम अस्ट्रेलियामा नेपाल महोत्सव सम्पन्न
1 मिनेट पढ्ने
अपडेट: भदौ ३१, २०८१
Advertisement

पर्थ (अस्ट्रेलिया) । अष्ट्रेलियाकै सबैभन्दा ठूलो राज्य पश्चिम अस्ट्रेलियामा नेपाल महोत्सव सम्पन्न भएको छ । नेपाली कला संस्कृति, परम्परा तथा पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले प्रत्येक राज्यमा हरेक दुई वर्षमा गैर आवासिय नेपाली संघ अष्ट्रेलयाले नेपाल महोत्सवको आयोजना गर्दै आएको छ ।

पर्थ शहरको मुटु  सुप्रिम कोर्ट पार्कमा आयोजना गरिएको कार्यक्रममा करिब १२ हजार बढी नेपाली सहभागी भएका थिए । नेपाली कला संस्कृति झल्कने झाँकीसहित नेपाली पोशाकमा सजिएका हजारौ नेपाली तथा स्थानीयवासीले करिब ५ किलोमिटर शहरी पदयात्रा गरेका थिए ।

एकाबिहानै निकालिएको पदयात्रालाई ब्यवस्थित पार्न सयौंको संख्यामा स्वयमसेवक  स्थानीय प्रहरीले सुरक्षा प्रदान गरेको थियो । महोत्सवमा नेपाल हाउस अन्तर्गत राखिएको धरहरा, सगरमाथा, ढुंगेधारा, ढिकी, जाँतो, बौद्ध स्तुपा आकर्षणको केन्द्र बनेका थिए । यस्तै महोत्सवस्थलमा  नेपाली खानाका बिभिन्न स्टलहरु समेत राखिएको थियो।

महोत्सवमा सहभागी पश्चिम अस्ट्रेलियाका नागरिकता, शिक्षा तथा बहुसांस्कृतिकमन्त्री टोनी बुटीले नेपाल कला संस्कृतिमा धनी भएको भन्दै अस्ट्रेलियालाई सफल बहुसांस्कृतिक देश बन्न महत्वपूर्ण भूमिका खेलेको बताए ।

उनले बढ्दो नेपाली समुदायलाई शुभकामना दिदै सांस्कृतिक विविधताबारे खुलेर प्रशंसा गर्दै सरकारको तर्फबाट सहयोग गर्ने बचनसमेत दिए । कार्यक्रमलाई सम्बोधन गर्दै गैर आवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष बद्री केसीले यस फेस्टिभलले अष्ट्रेलियामा रहेका नेपालीहरूको सांस्कृतिक एकता र परिचयलाई बलियो बनाउँदै, नेपाली समुदायलाई एकत्रित गर्ने महत्वपूर्ण भूमिका निभाएको बताए ।

उनले नेपाली संस्कृति र परम्परालाई प्रोत्साहित गर्दै अष्ट्रेलियामा नेपाली पहिचानलाई यस्ता महोत्सवले मजबुत बनाउन मद्दत पुर्‍याएको दोहोर्याए ।

यस्ता कार्यक्रमले नेपाली समुदायलाई एकत्रित गर्ने मात्र होइन, प्रवासमा नेपाली संस्कृति र परंपरालाई प्रोत्साहित गर्ने महत्वपूर्ण भूमिका निभाएको दाबी गरे। अष्ट्रेलियाबाट सुरुवात भएको नेपाल फेष्टिभल सबै राज्यमा विस्तार भएको थाहा पाउँदा खुशी लागेको केसीले बताए ।

अध्यक्ष केसीले गैरआवासीय नेपालीहरुले प्राप्त गरेको नागरिकतामा केही समय समस्या आएको स्वीकार गर्दै नेपाल सरकारसँग यस विषयमा छलफल गरिसकेको जानकारीसमेत दिए । ‘नागरिकताको विषयमा केही समस्या देखिएको छ, आगामी गैरआवासीय नेपाली नेपाली दिवस अघि नै नागरिकतामा देखिएका समस्याहरु समाधान हुन्छ’, उनले भने ।

कार्यक्रम संयोजक तथा एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष शेखर घिमिरेले कार्यक्रम सफल भएको दाबी गर्दै सबैको समान सहभागिता र मेहनतको प्रसंशा गरे । उनले फेस्टिभलले पश्चिम अष्ट्रेलियामा रहेका नेपालीहरूलाई आफ्नो सांस्कृतिक र ऐतिहासिक धरोहर सम्झन र मान्न एक अद्भुत अवसर प्रदान गरेको बताए।

कार्यक्रममा सहभागी हुन अष्ट्रेलियाका नेपाली राजदूतावासका प्रतिनिधि, वेस्टर्न अष्ट्रेलिया राज्य सरकारका अधिकारी, सिड्नीबाट न्यूसाउथवेल्सका महावाणिज्यदूत सञ्जीव शर्मा, एनआरएन क्षेत्रीय संयोजक दिनेश पोखरेल, सहसंयोजक कोमल पाठक, एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष विनोद कुँवर, आईसिसी सदस्यलगायत सहभागी थिए। यस्तै मेलबर्नबाट प्रवक्ता बबिन मिश्र लगायत सहभागी भएका थिए ।

यस्तै क्वीन्सल्याण्डबाट महासचिव सन्तोष कुँवर, डार्विनबाट सञ्जीव ढकाल लगायत नेपाली समुदायका विभिन्न अगुवाहरूको उपस्थिति थियो । नेपाल फेस्टिभलमा नेपालका चर्चित लोकदोहोरी गायक बद्री पंगेनी, गायिका आस्था राउत र शिव मुखियासहितको द एक्स ब्यान्डले दर्शकलाई रमाइलो मनोरञ्जन प्रदान गरेको थियो । नेपाल फेष्टिभल पर्थमा पहिलो पटक १० मिनेट लामो आतिशबाजीसमेत गरिएको थियो ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6072 लेख
व्यू
आजको मिति
28
April 2026
Tuesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2450 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1088 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 894 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 840 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 765 views

नयाँ समाचार

“सुन्ने होइन, गर्ने समयः आफ्नै घरबाट सुरु होस्…
6 hours पहिले
कोहलीको ९ हजार रनको कीर्तिमानसँगै आरसीबीको शानदार जित,…
6 hours पहिले
हेटौंडाको सिद्धार्थ माविमा १३ महिनादेखि समिति विहीनता: लापरबाहीको…
7 hours पहिले
हेटौडा–४ का वडाध्यक्ष नवीन सिग्देलको आक्रोश: “करबाट विकास…
21 hours पहिले
माइतीघर घटनामा निष्पक्ष छानबिनको माग, “पीडितमाथि दमन अस्वीकार्य”
1 day पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

“सुन्ने होइन, गर्ने समयः आफ्नै घरबाट सुरु होस् जवाफदेहिता” — सामाजिक अभियन्ता विशालराज महतको खबरदारी

6 hours पहिले 36 views

कोहलीको ९ हजार रनको कीर्तिमानसँगै आरसीबीको शानदार जित, दिल्ली ९ विकेटले पराजित

6 hours पहिले 39 views

हेटौंडाको सिद्धार्थ माविमा १३ महिनादेखि समिति विहीनता: लापरबाहीको रहस्य खुलासा, तत्काल गठनको माग

7 hours पहिले 42 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya