Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

जर्मनीको घरेलु मैदानमा भएको खेलमा बेल्जियमले जर्मनीलाई ३-२ गोलको अन्तरले हरायो

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
चैत्र १५, २०७९
76 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
जर्मनीको घरेलु मैदानमा भएको खेलमा बेल्जियमले जर्मनीलाई ३-२ गोलको अन्तरले हरायो
1 मिनेट पढ्ने
अपडेट: चैत्र १५, २०७९
Advertisement

बेल्जियमले मैत्रीपूर्ण खेलमा जर्मनीमाथि सहज जित निकालेको छ। जर्मनीको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली बेल्जियम ३-२ गोल अन्तरमा विजयी भएको हो। युरो २०२४ को आयोजक जर्मनीलाई हराउने क्रममा बेल्जियमका लागि यानिक क्यारास्को, रोमेलु लुकाकु र डे ब्रुइनले गोल गर्दा जर्मनीका लागि निक्लास फुलक्रग र सर्ज गनाब्रीले एक-एक गोल गरे।

खेलको पहिलो ९ मिनेट भित्र २ गोल गर्दै बेल्जियमले घरेलु टोलीलाई दबाबमा राखेको थियो। उसका लागि छैटौं मिनेटमा क्यारास्कोले गोल गर्दा नवौं मिनेटमा रोमेलु लुकाकुले अग्रता दोब्बर पारे। तर खेलको ४४ औं मिनेटमा निक्लास फुलक्रगले पेनाल्टीमा गोल गर्दै पहिलो हाफमा २-१ को स्थितिमा ल्याए।

दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गरेको जर्मनीले गोल गर्ने केही राम्रा मौका गुमायो। खेलको ७८ औं मिनेटमा डे ब्रुइनले गोल गर्दै बेल्जियमलाई ३-१ को अग्रा दिलाए। खेलको अन्त्यतिर गनाब्रीले गोल गरेपनि घरेलु टोलीलाई हारबाट जोगाउन सकेनन्। यो सँगै नयाँ प्रशिक्षक डोमेनिको टेडेस्कोको नेतृत्वमा रहेको बेल्जियमले पछिल्ला २ खेलमा शतप्रतिशत जित हात पारेको छ।

यसअघि शुक्रबार युरो २०२४ को छनोट खेलमा लुकाकुले ह्याट्रिक गरेपछि स्वीडेनमाथि ३-० को सहज जित निकालेको थियो। बेल्जियमको यो चार दिनमा दोस्रो जित हो। बेल्जियमले सन् १९५४ पछि पहिलो पटक जर्मनीमाथि जित निकालेको हो।

कतारमा भएको विश्वकपबाट बाहिरिएपछिको पहिलो अन्तर्राष्ट्रिय खेलमा शनिबार पेरुलाई २-० ले हराएको जर्मनलेले घरेलु मैदानमा बेल्जियमसँग हार व्यहोर्‍यो।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6083 लेख
व्यू
आजको मिति
29
April 2026
Wednesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2450 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1088 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 894 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 842 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 765 views

नयाँ समाचार

हेटौडामा ड्राइभिङ लाइसेन्स ट्रायल प्रणाली सुधारको माग, पारदर्शिता…
5 hours पहिले
काठमाडौँमा नदी किनारका जोखिमपूर्ण बस्ती हटाइँदै, वैशाख १८…
5 hours पहिले
राप्ती–५ मा भूमिहीन तथा सुकुम्बासीको जग्गा यकिन गर्न…
5 hours पहिले
ओमानसँग नेपालको भारी हार, DLS का आधारमा १०२…
6 hours पहिले
स्मार्ट लाइसेन्स छपाइ तीव्र, १२ लाख तयार, थप…
6 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

हेटौडामा ड्राइभिङ लाइसेन्स ट्रायल प्रणाली सुधारको माग, पारदर्शिता र सेवाग्राही अधिकार सुनिश्चित गर्न ध्यानाकर्षण पत्र

5 hours पहिले 56 views

काठमाडौँमा नदी किनारका जोखिमपूर्ण बस्ती हटाइँदै, वैशाख १८ बिहानदेखि एकैसाथ अभियान सुरु

5 hours पहिले 34 views

राप्ती–५ मा भूमिहीन तथा सुकुम्बासीको जग्गा यकिन गर्न १५ दिने सूचना जारी

5 hours पहिले 44 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya