Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

हेटौडामा ड्राइभिङ लाइसेन्स ट्रायल प्रणाली सुधारको माग, पारदर्शिता र सेवाग्राही अधिकार सुनिश्चित गर्न ध्यानाकर्षण पत्र

सशान्त तामाङ
रिपोर्टर: सशान्त तामाङ
बैशाख १६, २०८३
54 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
हेटौडामा ड्राइभिङ लाइसेन्स ट्रायल प्रणाली सुधारको माग, पारदर्शिता र सेवाग्राही अधिकार सुनिश्चित गर्न ध्यानाकर्षण पत्र
1 मिनेट पढ्ने
अपडेट: बैशाख १६, २०८३
Advertisement

हेटौडा,बैशाख १६ गते । हेटौडास्थित यातायात व्यवस्था कार्यालयमा सञ्चालन हुँदै आएको सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को प्रयोगात्मक परीक्षा प्रणालीप्रति असन्तुष्टि जनाउँदै सामाजिक संस्था “सेवा सहयोग र आवाजमा हामी (SSAH)” ले श्रम, रोजगार तथा यातायात मन्त्रालय समक्ष ध्यानाकर्षण पत्र पेश गरेको छ।

संस्थाका अध्यक्ष तथा सामाजिक अभियन्ता विशालराज महत नेतृत्वको टोलीले आज उक्त पत्र बुझाउँदै ट्रायल परीक्षामा पारदर्शिता अभाव, सेवाग्राहीलाई अनावश्यक झन्झट र केही व्यवस्थाहरू अन्यायपूर्ण रहेको उल्लेख गरेको छ।

पत्रमा विशेषगरी ट्रायल परीक्षा स्थलमा जडान गरिएका सिसी क्यामेराको फुटेज कर्मचारीमै सीमित हुनु र सेवाग्राहीलाई हेर्न शुल्क लिनु पर्ने व्यवस्था प्रति आपत्ति जनाइएको छ। नेपालको संविधानको धारा २७ तथा सूचनाको हक सम्बन्धी ऐन २०६४ अनुसार सार्वजनिक निकायको काम कारबाही पारदर्शी हुनुपर्ने उल्लेख गर्दै संस्थाले ट्रायलको प्रत्यक्ष दृश्य सेवाग्राहीले देख्न सक्ने गरी सार्वजनिक मोनिटर राख्न तथा फुटेज हेर्दा लाग्ने शुल्क खारेज गर्न माग गरेको छ।

त्यसैगरी, ट्रायल परीक्षामा आफ्नै सवारी साधन प्रयोग गर्न नदिने प्रावधानलाई पनि अन्यायपूर्ण भन्दै संशोधन गर्न आग्रह गरिएको छ। दैनिक प्रयोगमा रहेको सवारी साधनमै परीक्षा दिन पाउँदा परीक्षा बढी यथार्थपरक र सहज हुने तर्क प्रस्तुत गरिएको छ।

यसका साथै, कार्यालय परिसरमै टिकट तथा निवेदन उपलब्ध हुने व्यवस्था नहुँदा सेवाग्राहीले अनावश्यक सास्ती भोग्नुपरेको उल्लेख गर्दै सहज सेवा प्रवाहका लागि टिकट घर स्थापना गर्नुपर्ने माग पनि गरिएको छ।

संस्थाले यी मागहरू यथाशीघ्र सम्बोधन नगरे थप आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी समेत दिएको छ। मन्त्रालयले जनचासोका विषयमा सकारात्मक र जिम्मेवार कदम चाल्ने अपेक्षा गरिएको संस्थाले जनाएको छ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

सशान्त तामाङ

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6083 लेख
व्यू
आजको मिति
29
April 2026
Wednesday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2450 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1088 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 894 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 842 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 765 views

नयाँ समाचार

हेटौडामा ड्राइभिङ लाइसेन्स ट्रायल प्रणाली सुधारको माग, पारदर्शिता…
2 hours पहिले
काठमाडौँमा नदी किनारका जोखिमपूर्ण बस्ती हटाइँदै, वैशाख १८…
2 hours पहिले
राप्ती–५ मा भूमिहीन तथा सुकुम्बासीको जग्गा यकिन गर्न…
3 hours पहिले
ओमानसँग नेपालको भारी हार, DLS का आधारमा १०२…
3 hours पहिले
स्मार्ट लाइसेन्स छपाइ तीव्र, १२ लाख तयार, थप…
3 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

काठमाडौँमा नदी किनारका जोखिमपूर्ण बस्ती हटाइँदै, वैशाख १८ बिहानदेखि एकैसाथ अभियान सुरु

2 hours पहिले 31 views

राप्ती–५ मा भूमिहीन तथा सुकुम्बासीको जग्गा यकिन गर्न १५ दिने सूचना जारी

3 hours पहिले 42 views

ओमानसँग नेपालको भारी हार, DLS का आधारमा १०२ रनले पराजित

3 hours पहिले 39 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya